पप्पु कन्स्ट्रक्सनले कमला नदीमा पुल नसकेपछि अनसन शुरु
सारांश
- काठमाडौं ।
- धनुषाको कमला नदीमा समयमा पुल नबनेपछि निर्माणका लागि दबाब दिन जनकपुरमा रिले अनशन सुरु भएको छ ।
- हुलाकी सडक संघर्ष समितिद्वारा रिले अनशन मंगलबारदेखि शुरु भएको हो ।
काठमाडौं । धनुषाको कमला नदीमा समयमा पुल नबनेपछि निर्माणका लागि दबाब दिन जनकपुरमा रिले अनशन सुरु भएको छ । हुलाकी सडक संघर्ष समितिद्वारा रिले अनशन मंगलबारदेखि शुरु भएको हो ।
तराई मधेशको मेरुदण्ड मानिने हुलाकी सडकमा पर्ने कमला नदीको पुल निर्माण गर्न २०६८ सालमा शर्मा पप्पु लुम्बिनी जेभीले २८ करोड १५ लाख ९७ हजार रुपैयामा ठेक्का लिएको थियो । साढे तीन वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता गरे पनि अहिलेसम्म काम पूरा हुन सकेको छैन ।
कमला र बलान नदीमा गत २०६८ सालमै पुल निर्माणको काम शुरु गरिएको थियो । ७ वर्षसम्म पनि पुल बनिनसकेको भन्दै सरकारलाई दबाब दिन अनशन शुरु गरिएको संघर्ष समितिका संयोजक रामरिझन यादवले जानकारी दिए । यसअघि पुस १७ गतेदेखि सिराहामा शुरु गरिएको २४ घण्टे रिले अनशन जारी छ ।
सिरहा र सप्तरीलाई जोड्ने बलान नदीमा पुल बनाउन २०६८ साल चैत १५ गते २४ करोड १२ लाखमामा शर्मा पप्पु जेभीले ठेक्का लिए पनि अहिलेसम्म काम सम्पन्न गर्न सकेको छैन । पुल निर्माणका लागि हालसम्म १५ करोड ५८ लाख भुक्तानी लिइसके पनि ५० प्रतिशत काम पनि हुन नसकेको स्थानीयवासीको गुनासो छ ।
आज अनसनको दोस्रो दिनसमेत रिले अनसन शुरु भएको छ । मंगलबार पहिलो दिन रामबालक यादव, विनयकुमार शर्मा, मनोज पासवान, रामेश्वर यादव अनशन बसे ।
कमला र बलान नदीमा अलपत्र अवस्थामा छाडिएको पुलको काम ६ महिनाभित्र सक्ने सरकारले प्रतिबद्धता नजनाएसम्म अनसनलगायत संघर्षका कार्यक्रम नरोकिने संयोजक यादवले बताए ।
प्रतिक्रिया