चलचित्र ‘निर्जला’को ‘भाले मोटर’ सार्वजनिक

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
४० पटक हेरिएको
Shares
चलचित्र ‘निर्जला’को ‘भाले मोटर’ सार्वजनिक

सारांश

  • काठमाडौं, १८ साउन ।
  •  चलचित्र ‘निर्जला’को गीत ‘भाले मोटर’ सार्वजनिक  भएकाे छ ।
  • मंगलबार एक कार्यक्रमको आयोजना गर्दै राजु गिरीद्वारा निर्देशित  चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो।

काठमाडौं, १८ साउन । चलचित्र ‘निर्जला’को गीत ‘भाले मोटर’ सार्वजनिक  भएकाे छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै राजु गिरीद्वारा निर्देशित  चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो।

गित सार्वजनिक गर्दै  गिरीले चलचित्र  ‘निर्जला’ विगतका आफ्ना चलचित्रभन्दा फरक रहेको बताए। ‘यो गाउँले परिवेशको आर्गनिक चलचित्र हो’, उनले भने । चलचित्रका निर्माता प्रकाशचन्द्र न्यौपानेले निर्जला आम नेपाली नारीको कथा बोल्ने बताए । सार्वजनिक गीत भाले मोटरलाई सलिल सुन्दर तुलाधर र सवनम आचार्यले गाएका हुन् । गीतको भिडियोमा नायिका शुभेच्छा थापा, नायक किशोर खतिवडा र निक शर्माले नृत्य गरेका छन् ।

कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र चलचित्र निर्माता संघ नेपालका अध्यक्ष नवल खड्काले निर्जलालाई सफलताको शुभकामना दिएका थिए । प्रकाश चन्द्र न्यौपाने प्रस्तुतकर्ता रहेको यो चलचित्र नायिका शुभेच्छाथापाकाे कथा रहेकाे छ । रबि कोइरालाको छायाँकन रहेको चलचित्रलाई तारा थापाले सम्पादन गरेका हुन् ।

चलचित्र आउँदो असोज १९ गतेबाट देशभरका सिनेमाघरमा आउने तयारीमा छ ।चलचित्रमा किशोर खतिवडा, शुभेच्छा थापा र निम शर्माका अलवा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, बाले तामाङ, अन्जली घिसिङ प्रेम पौडेल, बालकलाकार सागर गिरीलगायतका कलाकारको अभिनय रहेको बताइएकाे छ । बाबुल गिरीको शब्द र सङ्गीत रहेको गीतको कोरियोग्राफी क्रान्ति केसीले गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको निर्णयले कांग्रेसकै पूर्वसांसद खनाल आश्चर्यचकित
सरकारको निर्णयले कांग्रेसकै पूर्वसांसद खनाल आश्चर्यचकित
नेपाल लोकतान्त्रिक फोरम प्रदेश नं ४ को पुर्नगठन ,पोखराका अमन कोषाध्यक्ष
नेपाल लोकतान्त्रिक फोरम प्रदेश नं ४ को पुर्नगठन ,पोखराका अमन कोषाध्यक्ष
हात्ती नियन्त्रणका लागि करेन्टको जथाभावी प्रयोगले झापामा ४० को मृत्यु
हात्ती नियन्त्रणका लागि करेन्टको जथाभावी प्रयोगले झापामा ४० को मृत्यु
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
प्रदर्शनीमा सीमित हुँदै माटोका भाँडा बनाउने सीप
प्रदर्शनीमा सीमित हुँदै माटोका भाँडा बनाउने सीप
पाकिस्तानद्धारा हवाई आकाश बन्द,थाइल्याण्डमा यात्रु अलपत्र
पाकिस्तानद्धारा हवाई आकाश बन्द,थाइल्याण्डमा यात्रु अलपत्र
इन्टरनेटबाट महिलामाथि यसरी हुन्छन् हिंसा
इन्टरनेटबाट महिलामाथि यसरी हुन्छन् हिंसा
पोखरामा १० लाख ५८ हजार नगदसहित ९ जना जुवाडे पक्राउ
पोखरामा १० लाख ५८ हजार नगदसहित ९ जना जुवाडे पक्राउ
आज फेरि बढ्यो सुुनको भाउ, तोलाको कति पुग्यो ?
आज फेरि बढ्यो सुुनको भाउ, तोलाको कति पुग्यो ?
राजपाका दुई प्रभाबशाली नेता द्वारा बिद्रोह , एमाले प्रवेश गर्दै ।
राजपाका दुई प्रभाबशाली नेता द्वारा बिद्रोह , एमाले प्रवेश गर्दै ।