महिलालाई आत्मनिर्भर बनाउन व्यावसायिक तालिम

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ २६, २०८०
|
|
६४ पटक हेरिएको
Shares
महिलालाई आत्मनिर्भर बनाउन व्यावसायिक तालिम

सारांश

  • गोरखा ।
  • गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन व्यावसायिक तालिम प्रदान गरेको छ ।
  • गाउँपालिकाले स्थानीय स्रोत र साधनको उपयोग गरी महिलालाई उद्यमी बनाउँदै आर्थिक आयआर्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले मुढा बुन्ने तालिम प्रदान गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन व्यावसायिक तालिम प्रदान गरेको छ । गाउँपालिकाले स्थानीय स्रोत र साधनको उपयोग गरी महिलालाई उद्यमी बनाउँदै आर्थिक आयआर्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले मुढा बुन्ने तालिम प्रदान गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

गरिबी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम (मेड्पा)अन्तर्गत प्राविधिक सीप विकास तालिममार्फत महिलाका लागि एकमहिने मुढा बुन्ने तालिम दिइएको उनले बताए । गाउँपालिका–४ स्थित देवी महिला लद्युउद्यमी समूहमा आबद्ध ११ महिलाले तालिम लिएर व्यावसायिक उद्यम सुरु गरेका अध्यक्ष भट्टको भनाइ छ ।

“तालिम लिएका सबै महिलाले अहिले व्यावसायिकरुपमा मुढा बुन्ने पेसा सुरु गरिसकेका छन्”, उनले भने, “तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्नसके आर्थिक आम्दानीका साथै जीविकोपार्जनमा पनि सहज हुन्छ भन्ने कुरा उनीहरुले थालेको उद्यमबाट पुष्टि भएको छ ।”

समूहले उत्पादन गरेको मुढा प्रतिव्यक्ति रू १० हजारसम्ममा गाउँपालिकाले खरिद गरिदिएको गाउँपालिका अध्यक्ष भट्टले बताए । “नव उद्यमीको प्रोत्साहनका लागि समूहले पहिलो चरणमा उत्पादन गरेको मुढा पालिकाले खरिद गरेको छ”, उनले भने, “एघार जनाको समूहलाई प्रतिव्यक्ति रू १० हजार पर्ने गरी सोही बराबरको मुढा खरिद गरिएको हो ।”

समूहमा आबद्ध सबै महिलाले समूहमार्फत मुढा उत्पादन सुरु गरेको समूहकी अध्यक्ष सुनिता गुरुङले बताए । तालिमबाट आफूहरुलाई दैनिक आयआर्जनका लागि बाटो खुलेको उनको भनाइ थियो । “स्थानीय स्रोत र साधनको प्रयोग गरेर घरमै बसीबसी आम्दानी गर्नसक्ने अवस्था मुढा बुन्ने तालिमले प्रदान गरेको छ”, अध्यक्ष गुरुङले भने, “यसबाट हामी समूहमा आबद्ध महिला उत्साहित भएका छौँ ।” उनले उत्पादित सामग्री बजार व्यवस्थापनका लागि समस्या हुनेमा चिन्ता व्यक्त गरे ।

गाउँपालिकाले “महिलालाई उद्यमसँग जोड्दै दैनिक आयआर्जन गर्नसक्ने बनाउने काम थालेको छ । महिलाले सीप सिकेर व्यवसाय सुरु गरेसँगै पालिकास्तरमा स्वरोजगारको विकासमा मद्दत पुग्छ”, अध्यक्ष गुरुङले भने । पालिकाले महिलाका लागि उद्यमसँग जोड्ने अन्य उपयोगी तालिम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

बारपाक सुलिकोट गाउँपालिका पालिकाभित्र युवायुवतीलाई स्वरोजगार बनाउनका लागि प्लम्बिङलगायत अन्य तालिमसमेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवकाश नदिए कर्मचारीहरु अदालत जाने धम्की
अवकाश नदिए कर्मचारीहरु अदालत जाने धम्की
कटारी नगरपालिका का तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकालविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा
कटारी नगरपालिका का तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकालविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा
एकता बारे निर्णायक वार्ताका लागि प्रचण्ड बालुवाटारमा !
चलचित्र “हिरोज” को टिजर रिलिज : टिजरमा करिश्मा देखि पुर्णिमा सम्म
चलचित्र “हिरोज” को टिजर रिलिज : टिजरमा करिश्मा देखि पुर्णिमा सम्म
कञ्चनपुरकि निर्मला पन्त बोकेर हिड्ने यी बाईकहरु !
कञ्चनपुरकि निर्मला पन्त बोकेर हिड्ने यी बाईकहरु !
पालमुनि रहेका बालबच्चा र टुहुराहरुलाई पढाउन र पालनपोषण गर्न चाहान्छु ब्यवसायि; केशब अधिकारि’
पालमुनि रहेका बालबच्चा र टुहुराहरुलाई पढाउन र पालनपोषण गर्न चाहान्छु ब्यवसायि; केशब अधिकारि’
पदमुक्त प्रधानन्यायाधिश बाट राष्ट्रपतिले लिएको सपथबारे सर्वोच्चमा बहस !
पदमुक्त प्रधानन्यायाधिश बाट राष्ट्रपतिले लिएको सपथबारे सर्वोच्चमा बहस !
कांग्रेसमा पदाधिकारी विवाद टुंगियो, पदाधिकारी संख्या आठ
कांग्रेसमा पदाधिकारी विवाद टुंगियो, पदाधिकारी संख्या आठ
अन्नपूर्ण पदमार्गमा राेक, वैकल्पिक बाटाहरूबारे छलफल भइरहेकाे छ : सिडिअाे पाैडेल
अन्नपूर्ण पदमार्गमा राेक, वैकल्पिक बाटाहरूबारे छलफल भइरहेकाे छ : सिडिअाे पाैडेल
Dr. Hathi Of Taarak Mehta Ka Ooltah Chashmah Is Dead
Dr. Hathi Of Taarak Mehta Ka Ooltah Chashmah Is Dead

तपाईंले छुटाउनुभयो कि?