वार्षिक नीति तथा कार्यक्रम पेस

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ १०, २०८०
|
|
५७ पटक हेरिएको
Shares
वार्षिक नीति तथा कार्यक्रम पेस

सारांश

  • विराटनगर ।
  • विराटनगर महानगरपालिका नगरसभाको १२औँ अधिवेशनमा आज आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम पेस भएको छ ।
  • सभामा उपप्रमुख शिल्पा निरौँला कार्कीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरलाई समृद्ध बनाउने सन्दर्भमा स्थानीयस्तरमा रहेका सीमित स्रोत र साधनलाई अधिकत्म प्रयोग गरी नगरवासीको आकांक्षालाई पूरा गर्ने बताइन् ।

विराटनगर । विराटनगर महानगरपालिका नगरसभाको १२औँ अधिवेशनमा आज आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम पेस भएको छ ।

सभामा उपप्रमुख शिल्पा निरौँला कार्कीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरलाई समृद्ध बनाउने सन्दर्भमा स्थानीयस्तरमा रहेका सीमित स्रोत र साधनलाई अधिकत्म प्रयोग गरी नगरवासीको आकांक्षालाई पूरा गर्ने बताइन् ।

‘हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ बनाउने मुख्यम सोचका साथ आव २०८०/८१ को लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरिएको उनले जानकारी दिइन् ।

“स्थानीय तहको अधिकार क्षेत्र बढ्दै जाँदा नागरिकलाई पु-याउने सेवा प्रवाहका लागि आवश्यक जनशक्ति व्यवस्थापन, प्रशासनिक व्यवस्थापनलगायत विषयमा बजेट छुट्याउँदा विकास निर्माणमा चाप पर्ने गरेको छ”, उपप्रमुख कार्कीले भनिन् ।

महानगरको सीमित स्रोत साधनबाट मात्र नगरको विकास निर्माणलगायत सेवा प्रवाह गर्न नसकिने भएकाले नागरिक समाज, निजी क्षेत्र, सङ्घ संस्थालगायत सबैको साथ र सहयोगको अपेक्षासहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको उनको भनाइ थियो ।
  
नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, पन्ध्रौँ योजनाको दीर्घकालीन अवधारणा, प्रदेशको प्रथम आवधिक योजना, राष्ट्रिय योजना आयोगको बजेट तर्जुमासम्बन्धी मार्गदर्शन, सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त मार्ग निर्देशन, स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन र विषयगत समिति, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज तथा सङ्घ संस्थाको सल्लाह र सुझावलाई वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
  
आर्थिक विकास क्षेत्रतर्फ कृषि, पशुपक्षी विकास, सहकारी, पर्यटन, उपभोक्ता हित संरक्षण, उद्यमशीलता, उद्यम र रोजगार, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, सामुदायिक विकास, महिला तथा बालबालिका, साहित्य, ज्येष्ठ नागरिक, अपाङ्गता, पञ्जीकरण तथा सामाजिक सुरक्षा, पूर्वाधार विकास, विद्युत् ऊर्जा, वन वातावरण तथा सरसफाइ, विपद् व्यवस्थापन, सरसफाइ व्यवस्थापन, आर्थिक प्रशासन, सामान्य प्रशासन, राजस्व प्रशासन, सूचना र प्रविधि, कानुन न्याय जस्तामा अधिकतम लगानी, सेवा र विकास गर्ने लक्ष्यसहित बनाइएको नीति तथा कार्यक्रम उपप्रमुख शिल्पा निराला कार्कीले प्रस्तुत गरेकी छिन् ।
  
नगरसभा बैठक महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा सञ्चालन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालीमाटीमा जारी किसान सञ्जालको धर्ना स्थगित
कालीमाटीमा जारी किसान सञ्जालको धर्ना स्थगित
कम्बोडियासँग नेपालको हवाई सम्झौता, हप्तामा १४ / १४ पटक उडान गर्न पाउने
कम्बोडियासँग नेपालको हवाई सम्झौता, हप्तामा १४ / १४ पटक उडान गर्न पाउने
सभापति लामिछानेले भने : संसद्लाई बन्धक बनाउन मिल्दैन
सभापति लामिछानेले भने : संसद्लाई बन्धक बनाउन मिल्दैन
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
श्री ५ ज्ञानेन्द्र अमर रहनु, राजा आउ देश बचाउ भन्दै धरान मा नारा
श्री ५ ज्ञानेन्द्र अमर रहनु, राजा आउ देश बचाउ भन्दै धरान मा नारा
नारायणगढ–मुग्लिन सडक खण्ड आज र भोली बन्द हुने
नारायणगढ–मुग्लिन सडक खण्ड आज र भोली बन्द हुने
इमान्दारीको नमूना : नगदसहित भेट्टाइएको झोला फिर्ता १
इमान्दारीको नमूना : नगदसहित भेट्टाइएको झोला फिर्ता १
तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
हिन्दुराष्ट्र र राजतन्त्रपछिको १२ वर्षमा के पायौँ ? अब समीक्षा गर्नुपर्छ : कमल थापा
हिन्दुराष्ट्र र राजतन्त्रपछिको १२ वर्षमा के पायौँ ? अब समीक्षा गर्नुपर्छ : कमल थापा
कृषिको आधुनिकीकरणका उपाय खोज्दै नेपाल–भारतका अधिकारी
कृषिको आधुनिकीकरणका उपाय खोज्दै नेपाल–भारतका अधिकारी

तपाईंले छुटाउनुभयो कि?