अमेरिकाको मन्दिरलाई छ लाख डलरको प्रतिबद्धता

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ३१, २०८०
|
|
६० पटक हेरिएको
Shares
अमेरिकाको मन्दिरलाई छ लाख डलरको प्रतिबद्धता

सारांश

  • काठमाडों ।
  • टेक्ससको युलेस सिटीमा निर्माण भएको पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तूपको बाँकी चरणका काम पूरा गर्न दाताहरूले छ लाख डलरको प्रतिबद्धता गरेका छन् ।
  • शनिबार साँझ आयोजना गरिएको कार्यक्रममा ड्यालस फोर्टवर्थमा बस्ने र स्टेट बाहिरका नेपालीमूलका ५१ परिवारले उक्त रकमको प्रतिबद्धता गरेका हुन् ।

काठमाडों । टेक्ससको युलेस सिटीमा निर्माण भएको पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तूपको बाँकी चरणका काम पूरा गर्न दाताहरूले छ लाख डलरको प्रतिबद्धता गरेका छन् ।

शनिबार साँझ आयोजना गरिएको कार्यक्रममा ड्यालस फोर्टवर्थमा बस्ने र स्टेट बाहिरका नेपालीमूलका ५१ परिवारले उक्त रकमको प्रतिबद्धता गरेका हुन् । फोर्टवर्थका शैलेन्द्र मानन्धर र विकल ढकालको परिवारले एकरएक लाख डलर दिने प्रतिबद्धता गरेका छन् । एक लाख डलर सहयोग गर्नेलाई मन्दिरले ‘वाल अफ अनर’ ले सम्मान गर्ने चलन छ ।

युलेसको जग्गामा अहिले पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तूप निर्माणको पहिलो चरणको काम सम्पन्न भएको छ । पहिलो चरणअन्तरगत सामुदायिक भवन र मन्दिरको अस्थायी संरचना निर्माण भएको छ ।

दोस्रो चरणमा पशुपतिनाथकै आकारप्रकारको मन्दिर र बौद्ध स्तूपको निर्माण हुनेछ । यो योजना निर्माणको चरणमा प्रवेश भएको छ । पशुपतिनाथ मन्दिर र बौद्ध स्तूपका लागि ४० लाख डलर बजेट लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रममा मन्दिरको विगत, वर्तमान र भविष्यका योजनाका बारेमा संस्थापक डा मुरली अधिकारी तथा हालका बोर्ड अफ ट्रष्टी उपाध्यक्ष डा प्रेम अधिकारीले प्रकाश पारेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरवासी भन्छन् :  साथी भएन ‘प्रहरी मेरो साथी’ अभियान !!!
नगरवासी भन्छन् : साथी भएन ‘प्रहरी मेरो साथी’ अभियान !!!
ललितपुर मेयर कप : एपीएफ क्लब लिग चरणका खेलमा अपराजित
ललितपुर मेयर कप : एपीएफ क्लब लिग चरणका खेलमा अपराजित
भित्री बस्त्रको प्रयोग गर्दा ध्यान दिनैपर्छ यी कुरा
भित्री बस्त्रको प्रयोग गर्दा ध्यान दिनैपर्छ यी कुरा
क्यासिनो प्यालेसद्वारा गुण्डा र प्रहरीलाई प्रयोग गरेर मजदुरमाथि निरन्तर प्रहार
क्यासिनो प्यालेसद्वारा गुण्डा र प्रहरीलाई प्रयोग गरेर मजदुरमाथि निरन्तर प्रहार
सरकारको बद्नाम गर्नेको प्रतिवाद गर्न दाहालको अपील
समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ :  प्रम ओली
समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ : प्रम ओली
सुनको मुल्य ह्वात्तै बढ्यो, हेर्नुहोस् आजको मूल्य
सुनको मुल्य ह्वात्तै बढ्यो, हेर्नुहोस् आजको मूल्य
हेडसरले नै छात्रबृत्तिसमेत खाएपछि भ्रष्टाचार मुद्दा
हेडसरले नै छात्रबृत्तिसमेत खाएपछि भ्रष्टाचार मुद्दा
सशस्त्र प्रहरीले महिलामाथि बुट र लाठी बजारे पछि….
सशस्त्र प्रहरीले महिलामाथि बुट र लाठी बजारे पछि….
प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान
प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान

तपाईंले छुटाउनुभयो कि?