फेरि रोकियो उपत्यकाको फोहर व्यवस्थापन

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण १, २०८०
|
|
६० पटक हेरिएको
Shares
फेरि रोकियो उपत्यकाको फोहर व्यवस्थापन

सारांश

  • काठमाडौं ।
  • पटक–पटक रोकिँदै आएको काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन आजदेखि पुनः रोकिएको छ ।
  • अन्तिम फोहर व्यवस्थापनस्थल आसपासका बासिन्दाको अवरोधका कारण आज काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुन नसकेको हो ।

काठमाडौं । पटक–पटक रोकिँदै आएको काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन आजदेखि पुनः रोकिएको छ ।

अन्तिम फोहर व्यवस्थापनस्थल आसपासका बासिन्दाको अवरोधका कारण आज काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुन नसकेको हो ।

यसअघि काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यन्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका केही बासिन्दाले अवरोध गरेकाले आज उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन नसकेको हो ।

धुनीबेँसी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङ्का अनुसार सहमति भएको एकवर्ष वितिसक्दासम्म महानगरले स्थानीयवासीको मागप्रति व्यवास्ता गरेकाले आजदेखि फोहर व्यवस्थापनमा रोक लगाइएको हो ।

उनले भने, ‘फोहर र मानिससँगै बस्नै सक्दैन, की फोहरलाई अन्यत्र व्यवस्थापनका लागि प्रबन्ध गर्नुपर्यो की उक्त स्थानका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्यो, अन्यथा फोहर व्यवस्थापनमा समस्या आइरहन्छन् ।’

आज बिहान फोहर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका गाडी स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडा र सिसडोलको बीचमै रोकिएको पनि वडाध्यक्ष तामाङले जानकारी दिए ।

फोहर बोकेका करिब ५० वटा गाडी रोकिएका थिए । स्थानीयवासीले सहमतिका नाममा आफूहरुलाई झुक्याएको आरोप लगाएका छन् । कामपाले यसअघि कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर कुहिने फोहर मात्र व्यवस्थापन गर्नेलगायत सहमति ल्याण्डफिल्ड साइट पीडित क्षेत्रका बासिन्दासँग गरेको थियो ।

यता कामपाको पूर्वाधार सल्लाहकार सुनिल लम्सालले यसअघि स्थानीयवासीसँग भएको सम्झौताअनुसार नै काम भइरहेको भन्दै फोहर व्यवस्थापनमा रोक लगाउनु राम्रो नभएको बताए ।

उनले भने, ‘स्थानीयवासीको मुख्य माग आसपासका तीन हजार रोपनी जग्गा अतिग्रहण गरिदिनुपर्यो भन्ने हो कामपाले मात्र गर्न सक्दैन त्यसका लागि केन्द्र सरकारसँग छलफल भइरहेको छ ।’

विगतका वर्षमा पनि स्थानीयवासीकै अवरोधका कारण उपत्यकाको फोहर महिनौँ सडकमै थुप्रने गरेको थियो । कामपाले यसवर्ष वर्ष फोहर व्यवस्थापनमा कुनै समस्या हुदैन भने पनि साउन महिना लागेसँगै फोहर रोकिन थालेको छ ।

यसअघि सिसडोलमा व्यवस्थापन हुदैँ आएको उपत्यकोको फोहर गत भदौ सातदेखि बञ्चरेडाँडामा व्यवस्थापन हुदैँ आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लालबाबु पण्डितले सोधे, “जनकपुरमा नेपालको झण्डा बिगार्ने को हो ?”
लालबाबु पण्डितले सोधे, “जनकपुरमा नेपालको झण्डा बिगार्ने को हो ?”
निर्माण व्यवसायी महासंघको २०औं साधारण असोज ४ देखी काठमाडौं मा
निर्माण व्यवसायी महासंघको २०औं साधारण असोज ४ देखी काठमाडौं मा
कहाँ कहाँबाट थपिए आजै ९ जना कोरोना संक्रमित ?
कहाँ कहाँबाट थपिए आजै ९ जना कोरोना संक्रमित ?
आजको मौसमः कोशी, बागमती र गण्डकीमा मौसम बदली हुने
आजको मौसमः कोशी, बागमती र गण्डकीमा मौसम बदली हुने
नेपालको नक्सामा नयाँ दिल्ली !
नेपालको नक्सामा नयाँ दिल्ली !
माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना
माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना
कांग्रेस बैठकः अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा
कांग्रेस बैठकः अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा
सिंहदरबारमा भएको गठबन्धन बैठकमा माधव नेपाल अनुपस्थित
सिंहदरबारमा भएको गठबन्धन बैठकमा माधव नेपाल अनुपस्थित
गोसाइँकुण्डमा जनैपूर्णिमा मेला : भक्तजनको सुविधाका लागि होटलदेखि शौचालयसम्म तयारी
गोसाइँकुण्डमा जनैपूर्णिमा मेला : भक्तजनको सुविधाका लागि होटलदेखि शौचालयसम्म तयारी
चिनीको मूल्य नबढाउन सरकारलाई निर्देशन

तपाईंले छुटाउनुभयो कि?