इमरान खानलाइ जेलमा बिष खुवाउन सक्ने आशंका, जेल परिवर्तन गर्न माग

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र ३, २०८०
|
|
५७ पटक हेरिएको
Shares
इमरान खानलाइ जेलमा बिष खुवाउन सक्ने आशंका, जेल परिवर्तन गर्न माग

सारांश

  • इस्लामबाद।
  • पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानकी पत्नी बुशरा बीबीले आफ्ना श्रीमानकाे सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै उनलाई अटक जेलमा विष खुवाउन सकिने बताएकी छन्।
  • पाकिस्तानी मिडियाका अनुसार बुशरा बीबीले पञ्जाबका गृह सचिवलाई पत्र पठाएर अदालतले आफ्ना पतिलाई रावलपिंडीको अडियाला जेलमा सार्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनु पर्ने बताएकी छिन्।

इस्लामबाद। पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानकी पत्नी बुशरा बीबीले आफ्ना श्रीमानकाे सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै उनलाई अटक जेलमा विष खुवाउन सकिने बताएकी छन्।

पाकिस्तानी मिडियाका अनुसार बुशरा बीबीले पञ्जाबका गृह सचिवलाई पत्र पठाएर अदालतले आफ्ना पतिलाई रावलपिंडीको अडियाला जेलमा सार्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनु पर्ने बताएकी छिन्।

उनले भनिन्, ‘मेरा श्रीमान् विना कारण अट्टक जेलमा थुनिएका छन्। कानुनबमोजिम मेरो श्रीमानलाई अडियाला जेलमा सार्नुपर्छ।’

पूर्व प्रधानमन्त्री इमरान खानलाई यस महिनाको सुरुमा गिरफ्तार गरिएको थियो, जब उनको प्रधानमन्त्रीको कार्यकालमा विदेशी प्रतिष्ठित व्यक्तिहरूबाट प्राप्त सरकारी उपहारहरू बिक्रीसँग सम्बन्धित तोशाखाना मुद्दामा अदालतले दोषी करार भए पछि तीन वर्षको जेल सजाय सुनाइएको थियो।

पीटीआई प्रमुखलाई अक्सफोर्ड स्नातक तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान भएकाले सामाजिक र राजनीतिक हैसियतअनुसार कारागारमा ‘बी’ श्रेणीको सुविधा दिनुपर्ने बुशराबीबीले माग गरेकी छिन्।

यसैबीच बुशरा बीबीले विगतमा पनि दुई पटक खानको हत्याको प्रयास भइसकेको भएपनि संलग्न अभियुक्तलाइ पक्राउ नगरेको बताइन् । ‘उनको जीवन अझै खतरामा छ र मेरो श्रीमानलाई एटक जेलमा विष खुवाउने डर छ,’ उनले पत्रमा भनिन्। मिडिया रिपोर्टका अनुसार उनले देशको पूर्वप्रधानमन्त्री भएकाले आफ्ना श्रीमानलाई जेलमा घरमा पकाएको खाना खान दिनु पर्ने बताएकी छन्। जेल म्यानुअलको सन्दर्भमा बुशराले खानलाई ४८ घण्टाभित्र सबै सुविधा उपलब्ध गराउने भनिएको तर १२ दिन बितिसक्दा पनि आफूलाई त्यो सुविधा नदिएको बताइन्।

उनले भनिन्, ‘कारागारको नियम बमोजिम निजी चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउने मेरो श्रीमान्को अधिकार छ । उनले पीटीआई प्रमुखलाई जेल म्यानुअल अनुसार सुविधा नदिएकोमा छानबिन गर्न मागसमेत गरेकी छिन्।

यसबाहेक गत हप्ता पीटीआई कोर कमिटीले पनि इमरान खानलाई ‘स्लो पोइजनिङ’बाट पीडित हुनसक्ने चिन्ता व्यक्त गरेको थियो र उनलाई घरमा पकाएको खाना र पानी उपलब्ध गराउन माग गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथा र शेर्पा विश्वमा नेपालका चिनारीः सभापति देउवा
सगरमाथा र शेर्पा विश्वमा नेपालका चिनारीः सभापति देउवा
काेराेना प्रवेश गर्न नदिन सरकारकाे यस्ताे तयारी
काेराेना प्रवेश गर्न नदिन सरकारकाे यस्ताे तयारी
राष्ट्रपतिले संस्था सुहाउँदो चरित्र बनाउनुपर्छ : खड्का (भिडियो सहित)
राष्ट्रपतिले संस्था सुहाउँदो चरित्र बनाउनुपर्छ : खड्का (भिडियो सहित)
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष  राणा चुनावी अभियानमा
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणा चुनावी अभियानमा
सप्तकोशीले कटान सुरु गरे पछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ
सप्तकोशीले कटान सुरु गरे पछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ
शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ …
शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ …
२० वर्षसम्म शल्यक्रिया गरिरहेका थिए ९ कक्षा पास ‘डाक्टर’, एउटा गल्तीले खुल्यो पोल
२० वर्षसम्म शल्यक्रिया गरिरहेका थिए ९ कक्षा पास ‘डाक्टर’, एउटा गल्तीले खुल्यो पोल
बाजुरामा घरभित्र एक जना महिला मृत फेला
बाजुरामा घरभित्र एक जना महिला मृत फेला
बालेन शाहसंग सर्बोच्चले माग्यो सात दिनभित्र लिखित जवाफ
बालेन शाहसंग सर्बोच्चले माग्यो सात दिनभित्र लिखित जवाफ
भारतमा २० लाख पर्ने गाडी नेपालमा किन ८५ लाख पर्छ ?
भारतमा २० लाख पर्ने गाडी नेपालमा किन ८५ लाख पर्छ ?

तपाईंले छुटाउनुभयो कि?