इराकको विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन १०, २०८०
|
|
५४ पटक हेरिएको
Shares
इराकको विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु

सारांश

  • बग्दाद।
  • उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तिमा १०० जनाको मृत्यु भएको छ।
  • सो आगलागीमा परेर अन्य १५० जना घाइते भएका छन्, सो घटनाको विस्तृत बिवरण आउन बाँकी छ।

बग्दाद। उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तिमा १०० जनाको मृत्यु भएको छ। सो आगलागीमा परेर अन्य १५० जना घाइते भएका छन्, सो घटनाको विस्तृत बिवरण आउन बाँकी छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सो घटनामा पर्ने पीडित मध्ये दुलहा र दुलहीसमेत रहेको बताइएको छ। इराकको उत्तरी निनेवेह प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार साँझ आगलागी भएको हो।

आगलागी के कारणले भएको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन् तर प्रारम्भिक रिपोर्टहरूका अनुसार बिबाह उत्सबमा आतिशबाजी गरेपछि आगलागी सुरु भएको बताइएको छ।

इराकी समाचार एजेन्सी नीनाले पोस्ट गरेको तस्बिरले दर्जनौं अग्निनियन्त्रकहरू आगो निभाइ रहेको देखिएको छ भने स्थानीय पत्रकारहरूले सामाजिक सञ्जालमा राखेका तस्विरहरूले कार्यक्रम मुख्य हलको जलेर ध्वस्त भएको अवशेषहरू देखिएको छ।

भवनमा रहेका ज्वालामुखी प्यानलहरूले आगो फैलाउन मद्दत गरेको हुन सक्छ, जसले गर्दा छतका केही भागहरू खसेको हुन सक्छ। ‘अत्यधिक ज्वलनशील, कम लागतको निर्माण सामग्रीको प्रयोगको कारण आगोले हलका केही भागहरू ध्वस्त पारेको छ, जुन आगो लाग्दा केही मिनेटमै भत्किन पुगेको थियो,’ इराकको नागरिक रक्षा निर्देशनालयले जानकारी दिँदै भन्यो।

समाचार एजेन्सी रोयटर्सका एक संवाददाताले खिचेको भिडियोमा अग्निनियन्त्रकहरू बुधबार बिहान सबेरै जीवित व्यक्तिहरूको खोजीमा भवनको भग्नावशेषमा चढेको देख्न सकिन्छ।

स्थानीय समय अनुसार करिब १०ः ४५ बजे भवनमा आगलागी हुँदा त्यहाँ सयौं मानिस उत्सव मनाइरहेका प्रत्यक्षदर्शीहरूले बताएका छन्। ‘हामीले हलबाट बाहिर निस्केयौ तर हलमा आगो बलिरहेको देख्यौं। व्यवस्थापन गर्नेहरू बाहिर निस्किए र तर ती पनि बच्न सकेनन, बाहिर निस्कनेहरू पनि घाइते भएका छन,’ ३४ वर्षीय इमाद योहानाले भने । उनी सो आगलागीमा सुरु भएर भागेर बाँचेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकअर्काको लागि ज्यानै दिने बादल गृहमन्त्री भएलगत्तै विप्लवलाई पक्राउ पुर्जी
एकअर्काको लागि ज्यानै दिने बादल गृहमन्त्री भएलगत्तै विप्लवलाई पक्राउ पुर्जी
काठमाडौँमा दिउँसो मालवाहक सवारी चलाउन रोक
काठमाडौँमा दिउँसो मालवाहक सवारी चलाउन रोक
लाइसेन्स लिन आठ घुमाउनु पर्ने ब्यबस्था खारेज , लाइसेन्स सम्बन्धि नयाँ ब्यबस्था शुरु
लाइसेन्स लिन आठ घुमाउनु पर्ने ब्यबस्था खारेज , लाइसेन्स सम्बन्धि नयाँ ब्यबस्था शुरु
अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु
अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु
भूकम्पको धक्का महसुस
भूकम्पको धक्का महसुस
नेकपासँग एकताको तयारीमा फोरम र नयाँ शक्ति !
नेकपासँग एकताको तयारीमा फोरम र नयाँ शक्ति !
पूर्वी रुकुममा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु
पूर्वी रुकुममा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
एकता संयोजन समिति बैठक बस्दै, यी हुन् तीन एजेन्डा
एकता संयोजन समिति बैठक बस्दै, यी हुन् तीन एजेन्डा
विश्व कप क्रिकेटः दक्षिण अफ्रिकाको लज्जासपद हार, इंग्ल्याण्ड १०४ रनले विजयी
विश्व कप क्रिकेटः दक्षिण अफ्रिकाको लज्जासपद हार, इंग्ल्याण्ड १०४ रनले विजयी

तपाईंले छुटाउनुभयो कि?