सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन १८, २०८०
|
|
५५ पटक हेरिएको
Shares
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो

सारांश

  • काठमाडौँ ।
  • सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ ।
  • सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी गरेको हो ।

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले यही असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो । आयोगको सदस्यमा पूर्वसहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा हुन् ।

सरकारले आयोगलाई तीन महिनाभित्र अनुसन्धान सम्पन्न गरेर सुनको अवैध पैठारी तस्करीको नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरएको ठूलो परिमाणको सुन बरामद गरेको थियो । ‘ब्रेक सु’भित्र लुकाएर ल्याइएको उक्त सुन गालेर जोख्दा ६० किलो सात सय १६ ग्राम पाइएको थियो ।

राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको उक्त सुन प्रकरणको प्रारम्भमा विभाग र पछि सरकारको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरेको थियो । सिआइबीले अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्न देखिएका व्यक्तिविरुद्ध अदातलमा मुद्दा दायर गरेको छ ।

सुन तस्करी प्रकरणका सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायतका दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै लामो समय संसद् अवरुद्ध गरेका थिए । गत भदौ ६ गते सरकार र राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलबीच यही असोज ५ सम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र सोही दिनदेखि आयोगले काम गर्ने सहमति भएको थियो ।

दलहरुबीच सहमति हुन नसक्दा आयोग गठनमा ढिलाइ भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागिता सँगै चीन भ्रमण सम्पन्न गरेर स्वदेश फर्केपछि सरकारले जाँचबुझ आयोग गठन गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस पूर्व राजकुमार दीपेन्द्र शाह तिहारमा गीत गाउदै भैली खेलेको दुर्लभ भिडियो
हेर्नुहोस पूर्व राजकुमार दीपेन्द्र शाह तिहारमा गीत गाउदै भैली खेलेको दुर्लभ भिडियो
काँग्रेस नेता चक्रप्रसाद बास्तोलताको निधन !!!
काँग्रेस नेता चक्रप्रसाद बास्तोलताको निधन !!!
एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा तनाव !
एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा तनाव !
पोष्टर्मको लागि समय लाग्ने भएकोले श्रद्धाञ्जली कार्यक्रम भोलि विहान ८ बजेसम्म स्थगित्
पोष्टर्मको लागि समय लाग्ने भएकोले श्रद्धाञ्जली कार्यक्रम भोलि विहान ८ बजेसम्म स्थगित्
थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते
थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते
डिजेल र मट्टीतेलको मूल्य घट्यो
डिजेल र मट्टीतेलको मूल्य घट्यो
‘लव ब्वाई’ प्रदिप पहिलो पटक थ्रिलरमा, यस्तो छ ‘रोज’ को ट्रेलर !(भिडियाे सहित)
‘लव ब्वाई’ प्रदिप पहिलो पटक थ्रिलरमा, यस्तो छ ‘रोज’ को ट्रेलर !(भिडियाे सहित)
कांग्रेस मात्र होइन, शेरबहादुर-नैतिकता पनि सङ्कटमा !
कांग्रेस मात्र होइन, शेरबहादुर-नैतिकता पनि सङ्कटमा !
निर्वाचन रोकिए देश द्वन्द्वमा जान्छ -पूर्व मन्त्री महेश बस्नेत
निर्वाचन रोकिए देश द्वन्द्वमा जान्छ -पूर्व मन्त्री महेश बस्नेत
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो

तपाईंले छुटाउनुभयो कि?