विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन २४, २०८०
|
|
५७ पटक हेरिएको
Shares
 विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा

सारांश

  • काठमाडौँ ।
  • अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फिफा विश्वकप–२०२६ को पहिलो चरणअन्तर्गत लाओसविरुद्ध खेलका लागि आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ ।
  • नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फिफा विश्वकप–२०२६ को पहिलो चरणअन्तर्गत लाओसविरुद्ध खेलका लागि आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

प्रशिक्षक एनेसेले लाओसविरुद्धको खेल आफनो लागि अवसर भएको बताउँदै टिममा रहेका नयाँ र ऊर्जावान युवाको सहभागिताले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यूरोड टिमका फरवार्ड सञ्जीव विष्ट पहिलो पटक राष्ट्रिय टोलीमा प्रवेश गरेका हुन् ।

विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले भोलि लाओससँग खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साझ ५ः३० बजे हुनेछ ।

होम एण्ड अवेका आधारमा हुने उक्त छनोट खेलमा नेपालले लाओससँग दोस्रो खेल यही असोज ३० गते उसकै मैदानमा खेल्नेछ । यस खेलको विजेता टोलीले विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।

राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले लाओसविरुद्धको खेलका लागि आफनो टोलीले राम्रो अभ्यास गरेको बताउनुभयो । छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरणकुमार लिम्बू, दीप कार्की र अभिषेक बराल छन् । डिफेन्डरमा सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी र अमृत श्रेष्ठ छन् ।

मिडफिल्डरमा एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छुन्जु र मनिष डाँगी छन् भने फरवार्डमा अन्जन विष्ट, आयुष घलान, जिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जीव विष्ट रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋणः प्रधानमन्त्री
आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋणः प्रधानमन्त्री
प्रधानमन्त्री ओलीको घोषणा : साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउँछौं
प्रधानमन्त्री ओलीको घोषणा : साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउँछौं
भदौ १८ गते बिहिवारको राशिफल यस्तो छ
भदौ १८ गते बिहिवारको राशिफल यस्तो छ
न्यायधिवक्ता विरुद्ध मुद्दा दायर
न्यायधिवक्ता विरुद्ध मुद्दा दायर
विगत पाँच दिनदेखि बन्द सप्तरी खुल्ला !!! मधेसी मोर्चाद्वारा  सप्तरी बन्द फिर्ता !!!
विगत पाँच दिनदेखि बन्द सप्तरी खुल्ला !!! मधेसी मोर्चाद्वारा सप्तरी बन्द फिर्ता !!!
नेपाल र बङ्गलादेश आज भिड्दै, नेपालले सचेत भएर खेल्ने
नेपाल र बङ्गलादेश आज भिड्दै, नेपालले सचेत भएर खेल्ने
नेपालको संसदले रोक्न सक्ला र ब्रिटिस गोर्खामा महिला भर्ति ?
नेपालको संसदले रोक्न सक्ला र ब्रिटिस गोर्खामा महिला भर्ति ?
पाकिस्तानी सेनाको गोली लागी दुई भारतीयको मृत्यु…
पाकिस्तानी सेनाको गोली लागी दुई भारतीयको मृत्यु…
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार नाघ्यो
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार नाघ्यो
स्थानीय तह निर्वाचन : कांग्रेस पहिलाे, एमाले दाेस्राे र माओवादी तेस्राे दल

तपाईंले छुटाउनुभयो कि?