तारा एयरका दुई क्याप्टेनबीच मन्थली विमानस्थलमा झगडा, प्रहरीमा उजुरी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १७, २०८०
|
|
६१ पटक हेरिएको
Shares
तारा एयरका दुई क्याप्टेनबीच मन्थली विमानस्थलमा झगडा, प्रहरीमा उजुरी

सारांश

  • मन्थली ।
  • रामेछाप विमानस्थलमा दुई पाइलटबीच हात हालाहाल भएको छ ।
  • आज बिहान काठमाडौँ कोटेश्वर निवासी तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाहलाई सोही एयरका क्याप्टेन सञ्जीव श्रेष्ठले थप्पड हानी धकेलेका थिए ।

मन्थली । रामेछाप विमानस्थलमा दुई पाइलटबीच हात हालाहाल भएको छ । आज बिहान काठमाडौँ कोटेश्वर निवासी तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाहलाई सोही एयरका क्याप्टेन सञ्जीव श्रेष्ठले थप्पड हानी धकेलेका थिए ।

क्याप्टेन शाहले आफू बिहान ८ः३० बजे लुक्लाबाट रामेछापको मन्थली विमानस्थलमा आएको विमानबाट ओर्लिएको र क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानका लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै हात मिलाउने क्रममा श्रेष्ठले थप्पड हानेको बताए ।

वरिष्ठ क्याप्टेन शाहले आफूमाथि हातपात गर्ने श्रेष्ठमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन दिनुभएको जिल्ला प्रहरी र्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डिएसपी) होमबहादुर पराजुलीले जानकारी दिए ।

“आफूमाथि कुटपिट भएको भन्दै निवेदन दर्ता गर्न आउनुभएको थियो, क्याप्टेन श्रेष्ठलाई फोन गरेर सोध्दा उहाँले म लुक्ला छु हाम्रो सामान्य विवाद भएको हो म त्यहीँ आएर छलफल गरौँला भन्नुभएको थियो”, डिएसपी पराजुलीले भन। उनल् यस विषयमा अनुसन्धान गरिरहेको बताए ।

दुई पाइलटबीच के कारणले विवाद भएको हो भन्ने विषयमा आफूलाई जानकारी नभएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख अशोक थापाले बताए । उनका अनुसार घटनापछि क्याप्टेन शाह भएको विमान मन्थली विमानस्थलमा ग्राउण्डेड गरिएको छ भने लुक्ला पुगेका श्रेष्ठलाई पनि लुक्ला विमानस्थलमै ग्राउण्डेड गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध
देउवाले ठाकुरलाई भनेः संविधान संशोधन हुन्छ, समर्थन फिर्ता नलिनुस्
देउवाले ठाकुरलाई भनेः संविधान संशोधन हुन्छ, समर्थन फिर्ता नलिनुस्
एेतिहासीक भेटमा किमको प्रश्नः यहाँ आइपुग्न किन यति मुस्किल भयो?
एेतिहासीक भेटमा किमको प्रश्नः यहाँ आइपुग्न किन यति मुस्किल भयो?
 नेकपा विधानबाट ‘जबज’ हटाइँदै
 नेकपा विधानबाट ‘जबज’ हटाइँदै
जातले पनि गर्नु गर्यो, शिक्षकदम्पतीको जागिर खोसियो, गाउँबाट लखेटियो
जातले पनि गर्नु गर्यो, शिक्षकदम्पतीको जागिर खोसियो, गाउँबाट लखेटियो
ठेकेदारकै मिलेमतोमा ठेक्का प्रणाली
ठेकेदारकै मिलेमतोमा ठेक्का प्रणाली
पहिलो चरण चुनाव : प्रत्यक्षतर्फको मतपत्रको छपाई सकियो
पहिलो चरण चुनाव : प्रत्यक्षतर्फको मतपत्रको छपाई सकियो
How come Do Persons Think That Online Dating Is Worth That? Here Is A few of the Benefits Of Internet dating!
२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?
२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?
“फलानोलाई हराउनुस त भन्दिन लोकतन्त्रवादीलाई कुनै हालतमा जिताउनुस्” मन्त्री थापा ।
“फलानोलाई हराउनुस त भन्दिन लोकतन्त्रवादीलाई कुनै हालतमा जिताउनुस्” मन्त्री थापा ।

तपाईंले छुटाउनुभयो कि?