रास्वपाको नारायणगढ–बुटवल दबाब यात्रा

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ९, २०८०
|
|
५९ पटक हेरिएको
Shares
रास्वपाको नारायणगढ–बुटवल दबाब यात्रा

सारांश

  • नवलपुर ।
  • राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा सुरु गरेको छ ।
  • पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित भृकुटीचोकबाट दबाबमूलक पदयात्राको सुरुवात गरिएको हो ।

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा सुरु गरेको छ ।

पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित भृकुटीचोकबाट दबाबमूलक पदयात्राको सुरुवात गरिएको हो ।

दबाब यात्रा सुरु हुनु अगाडि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले निर्धारित समयमा सडक विस्तार नहुँदा स्थानीयलाई समस्या परेको भन्दै सडक चाँडो निर्माण गराउन दबाब दिन यात्रा सुरु गरिएको बताए । “यो बाटो बनेको छैन, विकास आयोजना नबन्दा स्थानीयवासी, यात्रु, व्यवसायीदेखि सबैलाई कष्टकरण जीवन भोग्नुपरेको छ”, उनले भने, “यसलाई लिएर नीति निर्माण तहमा पनि कुरा हुन्छ ।” बन्द कोठाभित्र बसेर नीति निर्माण गर्नु र फिल्डमा आएर स्थानीयले भोगेको समस्या एकछिन मात्रै भोग्दा पनि उनीहरुको पीडाको बारेमा बोध हुने उनले बताए ।

“आमसर्वसाधारण सधैँभरि हिँडेका छन्, दौडेका छन्, धूलो बाटोमा सवारीसाधन चलाएका छन्, धूलाम्ये भएका छन्, हिलाम्मे भएका छन्” उनले भने, “तर, हामी नीति निर्माताले पनि सबैतिरबाट दबाब दिनुपर्ने भएकाले यात्रामा हिँडेका हौँ ।” दुई पटक म्याद थप गर्दासमेत समयमा सडक विस्तारको काम नसकिने देखिएपछि यसलाई अझ बढी सार्वजनिक चासोमा ल्याउन र यसको महत्वबारे सबै सामु ल्याउन जरुरी रहेको उनले बताए । समयमै विकास आयोजनाका काम सम्पन्न गराउनका लागि दबाब सृजना गरिएका विभिन्न कार्यक्रममध्येको एउटा कार्यक्रमका रुपमा दबाब यात्रालाई लिएको उनले बताए ।

उनले पैदल यात्रा गरेर तीन दिनमा बुटवल पुग्ने तयारीमा रहेको भन्दै आफ्नो यात्रामा कुनै पनि स्वागत सत्कार नगर्न आग्रह गरेका छन् । “म यात्रामा निस्केको समयमा स्थानीयका कुराहरु सुन्न सक्दिनँ, छलफल गर्न सक्दिन”, उनले भने, “तर, मेरो टिम छ उनिहरुले स्थानीयका गुनासो सुन्ने र छलफल गर्ने काम गर्छन, उनिहरुले सबै कुरा मलाई पछि बताउछन् ।” जनताको भोगाइ थाहा पाउन र चाँडो सडक विस्तारको काम सम्पन्न गर्नका लागि मात्रै यात्रामा निस्किएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारी भित्रको सिन्डकेट खारेज गरेर चर्चा बटुलेका विष्टकाे यस्तो छ सम्पति विवरण
वैदेशिक रोजगारी भित्रको सिन्डकेट खारेज गरेर चर्चा बटुलेका विष्टकाे यस्तो छ सम्पति विवरण
अपराध महाशाखाको ‘हिट लिस्टमा’ यि गुण्डा नाइकेहरु , पुर्व एआइजीका पार्टनर पनि सुचीमा
अपराध महाशाखाको ‘हिट लिस्टमा’ यि गुण्डा नाइकेहरु , पुर्व एआइजीका पार्टनर पनि सुचीमा
अमेरिकीले लगायो ४० सरकारी इरानी अधिकारी माथि प्रतिबन्ध
अमेरिकीले लगायो ४० सरकारी इरानी अधिकारी माथि प्रतिबन्ध
मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गर्‍यो
मंसिर १० र २१ गते हुने प्रदेश र राष्ट्रसभा चुनावका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गर्‍यो
राष्ट्रियस्तरका नेताका रोचक चुनावी प्रतिस्पर्धा यस्तो छ !
राष्ट्रियस्तरका नेताका रोचक चुनावी प्रतिस्पर्धा यस्तो छ !
कांग्रेसको छायाँ सरकार केका लागि ? यस्तो छ मिन विश्वकर्माको जवाफ
कांग्रेसको छायाँ सरकार केका लागि ? यस्तो छ मिन विश्वकर्माको जवाफ
महराको विवादित ‘राजिनामा पत्र’ र अवको यात्रा
महराको विवादित ‘राजिनामा पत्र’ र अवको यात्रा
जुम्लाबाट बिदा भए डा गोविन्द केसी
जुम्लाबाट बिदा भए डा गोविन्द केसी
एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाको पहिलो जित
एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाको पहिलो जित
कमल थापाको आरोप : धर्म परिवर्तन गराउनेहरुलाई सरकारको संरक्षण छ
कमल थापाको आरोप : धर्म परिवर्तन गराउनेहरुलाई सरकारको संरक्षण छ

तपाईंले छुटाउनुभयो कि?