त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ २६, २०८०
|
|
६२ पटक हेरिएको
Shares
त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट

सारांश

  • काठमाडौं।
  • त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवार अल्पसूची (सर्ट लिष्ट) मा परेका छन्।
  • सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ती सूचीलाई बिहीबार सार्वजनिक गरेको छ।

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवार अल्पसूची (सर्ट लिष्ट) मा परेका छन्। सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ती सूचीलाई बिहीबार सार्वजनिक गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उक्त सूचीमा पर्नेमा कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायण बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा छन्।

त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेकोे समिति गठन गरेका थिए। हाल शिक्षाध्यक्ष शिवलाल भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कति छ विदेशी मुद्राको विनिमय दर ?
आज कति छ विदेशी मुद्राको विनिमय दर ?
कांग्रेस हार्‍यो, तर देउवा र देशले हारेनन्
कांग्रेस हार्‍यो, तर देउवा र देशले हारेनन्
स्नातक तह एमबिबीएस र बिडीएसको लाइसेन्स परीक्षाफल प्रकाशित
स्नातक तह एमबिबीएस र बिडीएसको लाइसेन्स परीक्षाफल प्रकाशित
प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै
प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै
न्यायाधीश हरि फुयाँलले अग्नि सापकोटा विरूद्धको रिट नहेर्ने
न्यायाधीश हरि फुयाँलले अग्नि सापकोटा विरूद्धको रिट नहेर्ने
कञ्चनपुर १ मा बिना मगर दोब्बर मतान्तरले विजयी
कञ्चनपुर १ मा बिना मगर दोब्बर मतान्तरले विजयी
उच्च अदालतमा दुई न्यायाधीश सिफारिस
उच्च अदालतमा दुई न्यायाधीश सिफारिस
ललितानिवास जग्गाकाण्डले नेकपाभित्र उत्तराधिकारको झगडा छताछुल्ल; माधव नेपाल गुटलाई ठूलो चोट
ललितानिवास जग्गाकाण्डले नेकपाभित्र उत्तराधिकारको झगडा छताछुल्ल; माधव नेपाल गुटलाई ठूलो चोट
यी हुन् दुर्घटनाग्रस्त विमानमा सवार यात्रु
यी हुन् दुर्घटनाग्रस्त विमानमा सवार यात्रु
काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा, बाँस्कोटाको बिरासत तोड्न हुमागाईँलाई कति कठिन ?
काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा, बाँस्कोटाको बिरासत तोड्न हुमागाईँलाई कति कठिन ?

तपाईंले छुटाउनुभयो कि?