टी-२० विश्वकपमा आज दुई खेल हुँदै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ३१, २०८१
|
|
५२ पटक हेरिएको
Shares
टी-२० विश्वकपमा आज दुई खेल हुँदै

सारांश

  • काठमाडौं।
  • जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदै छन्।
  • आज समूह सी अन्तर्गत वेस्ट इन्डिज र न्यूजिल्याण्ड खेल्दै छन्।

काठमाडौं। जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदै छन्।

आज समूह सी अन्तर्गत वेस्ट इन्डिज र न्यूजिल्याण्ड खेल्दै छन्। ट्रीनीडाडको ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार विहान ६; १५ बजेदेखि शरू हुने छ।

वेस्ट इन्डिजले जारी विश्वकपका आफ्ना शुरुका दुवै खेलमा जित हासिल गरेर ४ अंक बटुलेको छ। वेस्ट इन्डिजले युगाण्डा र पिएनजीलाई पराजित गरेको थियो। त्यस्तै न्यूजील्याण्डले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग हार बेहोरेर खराब शुरुवात गरेको छ।

वेस्ट इन्डिज र न्यूजील्याण्डबीच अहिलेसम्म कुल १९ टी-२० खेल भएका छन्, जसमा न्यूजील्याण्डले ११ खेल जितेको छ भने वेस्ट इन्डिजले ६ खेल जितेको छ। त्यस्तै २ खेल बिना नतिजा सकिएका छन्।

त्यस्तै आज अर्को खेल समूह डी अन्तर्गत बंगलादेश र नेदरल्याण्डसबीच हुँदै छ। सेन्ट भिसेन्टस्थित अर्नोस भेल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ।

दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ। यस अघि दुवैले खेलेका २-२ खेलमा एक जित र एक हार बेहोरेका छन्। बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रीकासँग पराजित भएको थियो।

यस समुहबाट दक्षिण अफ्रिकाले ३ खेलमा तिनै खेल जितेर सुपर ८ मा पुगिसकेको छ भने श्रीलंकाले ३ खेलमा २ हार र एक नेपालसँगको खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको छ । श्रीलंकाको यस विश्वकपमा सुपर ८ को सम्भावना लगभग सकिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
नेपाल तरुण दललाई पूर्णता दिन छलफल
नेपाल तरुण दललाई पूर्णता दिन छलफल
हुम्लामा आँखा शिविर
हुम्लामा आँखा शिविर
प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृह सुधारबारे गठित समिति, उपसमिति पदाधिकारीबीच भेटघाट 
प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृह सुधारबारे गठित समिति, उपसमिति पदाधिकारीबीच भेटघाट 
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने
युवा संघ नेपालको नवौ राष्टिय महाधिवेशन २०७४ असोज २२ देखि २४ गते सम्म काठमाण्डौमा….
युवा संघ नेपालको नवौ राष्टिय महाधिवेशन २०७४ असोज २२ देखि २४ गते सम्म काठमाण्डौमा….
नेपालको नयाँ नक्शा पाठ्यक्रमको पुस्तकमा समावेश गरेपछि भारतमा चासो
नेपालको नयाँ नक्शा पाठ्यक्रमको पुस्तकमा समावेश गरेपछि भारतमा चासो
माग पूरा गर्न हड्ताल गर्ने दिन गए : प्रधानमन्त्री
माग पूरा गर्न हड्ताल गर्ने दिन गए : प्रधानमन्त्री
 शीर्ष नेताले कहाँबाट गर्ने छन् मतदान ?
 शीर्ष नेताले कहाँबाट गर्ने छन् मतदान ?
सुपर ओभरमा जितपछि मुम्बई प्लेअफमा
सुपर ओभरमा जितपछि मुम्बई प्लेअफमा

तपाईंले छुटाउनुभयो कि?