कर्मचारीको आन्दोलनले प्रतिनिधि सभाको बैठक स्थगित

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ ५, २०८१
|
|
६० पटक हेरिएको
Shares
कर्मचारीको आन्दोलनले प्रतिनिधि सभाको बैठक स्थगित

सारांश

  • काठमाडौं।
  • संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधि सभाको बुधबारको बैठक प्रभावित भएको छ।
  • अतिरिक्त समयमा काम गरेको सेवा सुविधा माग गर्दै कर्मचारी गत जेठ २१ गतेदेखि आन्दोलित छन्।

काठमाडौं। संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधि सभाको बुधबारको बैठक प्रभावित भएको छ।

अतिरिक्त समयमा काम गरेको सेवा सुविधा माग गर्दै कर्मचारी गत जेठ २१ गतेदेखि आन्दोलित छन्।

सो क्रममा कर्मचारीले प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रशारणमा बुधबार अपराह्न ५ बजेपछि सभामुख देवराज घिमिरेलाई मात्रै देखाएका थिए भने बोलेका सांसदलाई देखाएनन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिइसकेपछि सांसदहरूले पुरक प्रश्न गर्न थालेपछि प्राविधिक कर्मचारीहरूले सभामुखलाई मात्रै देखाएर युट्युबटमा प्रत्यक्ष प्रसारण गरेका थिए।

त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रीले जवाफ दिएर पुरक प्रश्न लिएपछि त्यसको जवाफ दिन नपाउँदै सभामुखले सभाको बैठक स्थगित गरे।

प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ।

कर्मचारीहरूले माग पूरा नभएको भन्दै धर्नालगायत आन्दोलनलाई जारी राखेका छन् भने आज प्रतिनिधि सभा बैठक नै प्रभावित बन्न पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कति छ विदेशी मुद्राको विनिमय दर ?
आज कति छ विदेशी मुद्राको विनिमय दर ?
पाँचखाल उपत्यका वातावरण बचाउ अभियानले अर्ध नग्न जुलुस निकाल्ने
पाँचखाल उपत्यका वातावरण बचाउ अभियानले अर्ध नग्न जुलुस निकाल्ने
कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्‍यो : अध्यक्ष ओली
कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्‍यो : अध्यक्ष ओली
नाचगान गरेर जुटाएको पैसाले सामुदायिक भवन
नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ
नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ
विप्लव समूहको बन्दको प्रभाव परेन राजधानीमा
विप्लव समूहको बन्दको प्रभाव परेन राजधानीमा
प्रधानमन्त्री ओलीले नयाँ वर्षको यस्तो दिए शुभकामना
प्रधानमन्त्री ओलीले नयाँ वर्षको यस्तो दिए शुभकामना
मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत
मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत
काँग्रेस र माओवादीको गठबन्धन भए पनि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली फराकिलो मत अन्तरले अगाडि !
काँग्रेस र माओवादीको गठबन्धन भए पनि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली फराकिलो मत अन्तरले अगाडि !
विश्वकप फुटबल २०१८: यस्तो छ एउटै समयमा २–२ खेल खेलाउनुकाे रहस्य
विश्वकप फुटबल २०१८: यस्तो छ एउटै समयमा २–२ खेल खेलाउनुकाे रहस्य

तपाईंले छुटाउनुभयो कि?