विश्वकप फुटबल २०१८: यस्तो छ एउटै समयमा २–२ खेल खेलाउनुकाे रहस्य

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ ११, २०७५
|
|
६२ पटक हेरिएको
Shares
विश्वकप फुटबल २०१८: यस्तो छ एउटै समयमा २–२ खेल खेलाउनुकाे रहस्य

सारांश

  • काठमाण्डौ, ११ असार ।
  •   रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आजदेखि दैनिक चारवटा खेल हुँदैछन् ।
  • यसअघि हरेक दिन तीनवटा खेल खेलाइएको थियो ।

काठमाण्डौ, ११ असार ।  रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आजदेखि दैनिक चारवटा खेल हुँदैछन् ।

यसअघि हरेक दिन तीनवटा खेल खेलाइएको थियो । तर समुहचरणका अन्तिम खेल सुरु भएसँगै दैनिक चारवटा खेल खेलाउन लागिएको हो । चारवटा खेलमध्ये पनि एउटै समयमा दुई दुईवटा खेल हुँदैछन् । समुह चरणबाट अन्तिम १६ मा कुन कुन टिम पुग्छन् भन्ने आजबाट टुङ्गो लाग्दैछ ।

हरेक समुहका खेलमा प्राय एउटा खेलको नतिजाले अर्को खेललाई प्रभावित पार्न सक्ने भएकाले एउटै समयमा दुई दुईवटा खेल खेलाउन लागिएको हो ।

एउटै समुहमा रहेका चार टिम एउटै समयमा खेल्नेछन् । फरक फरक समयमा खेलाउँदा पहिलो खेलको नतिजाअनुसार दोस्रो खेलको रणनीति परिवर्तन हुने वा म्याच फिक्सिङसमेत हुन सक्ने भएकाले एउटै समयमा दुई खेल खेलाउन लागिएको हो ।

जस्तो ः आज हुने दोस्रो समयको खेलमा समूह बी का पोर्चुगल र इरान आमने सामने हुनेछन् । त्यही समयमा स्पेन र मोरक्को खेल्दैछन् । यो खेलमा विजयी हुने टोली अन्तिम १६ मा प्रवेश गर्नेछ ।

पहिलो खेलमा पोर्चुगललाई इरानले हराएको खेलमा पोर्चुगल अन्तिम १६ मा पुग्नका लागि अर्को खेलमा स्पेनले हार्नुपर्ने हुन्छ । यस्तो अवस्थामा अस्वभाविक खेलेर नतिजा बदलिन सक्ने भएकाले एउटै समयमा दुई वटा खेलाउन लागिएको हो ।

समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘ए’ मा रहेका साउदी अरब र इजिप्टबीच प्रतिस्पर्धा हुँदैछ । खेल भोल्गोग्राड एरिना रंगशालामा नेपाली समयअनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ ।

दुवै राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेकाले यो खेल प्रतिष्ठाको लडाइ मात्र हुनेछ । साउदी अरब पहिलो खेलमा आयोजक रूससँग ५–० तथा दोस्रो खेलमा उरुग्वेसँग १–० ले पराजित भएको थियो। इजिप्ट भने पहिलो खेलमा उरुग्वेसँग १–० र रसियासँग ३–१ ले स्तब्ध भएको थियो। समूह ‘ए’ बाट रसिया र उरुग्वे अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।

आजै हुने अर्को खेलमा बेलुका ७ः४५ मा समुह ‘ए’ कै उरुग्वे र रसिया भिड्नेछन् । सो खेल समारा एरिना रंगशालामा हुनेछ । यी दुई टोलीबीचको खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ।

त्यस्तै मोर्डोभिया एरिना सारांस्क रंगशालामा हुने अर्को खेलमा राती ११ः४५ मा समूह बी का पोर्चुगल र इरान आमने सामने हुनेछन्। पोर्चुगलले पहिलो खेलमा स्पेनसँग ३–३ को बराबरी र दोस्रो खेलमा मोरक्कोलाई १–० ले पराजित गरेको थियो ।

इरान भने पहिलो खेलमा मोरक्कोसँग १–० र दोस्रो खेलमा स्पेनसँग समान १–० ले हारेको थियो। यो समूह बाट मोरक्को बाहिरिसकेको छ भने स्पेन र पोर्चुगल र इरान मध्ये एक टोली यो खेलपछि बाहिरिने छन् ।

यता सोही ११ः४५ मै कालिनिन्गराड रंगशालामा हुने अर्को खेलमा स्पेन र मोरक्को खेल्दैछन् । यो खेलमा विजयी हुने टोली अन्तिम १६ मा प्रवेश गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ
रुस-युक्रेन द्वन्द्व : रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते
रुस-युक्रेन द्वन्द्व : रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते
जीएसएम मोबाइल डाटा प्रयोग गरी ५५० सरकारी साइटहरु निशुल्क भिजिट गर्न सकिने
जीएसएम मोबाइल डाटा प्रयोग गरी ५५० सरकारी साइटहरु निशुल्क भिजिट गर्न सकिने
प्रधानमन्त्री ओलीको अबको विदेश भ्रमण भारत वा चिन निश्चित छैन : सल्लाहाकार रिमाल
प्रधानमन्त्री ओलीको अबको विदेश भ्रमण भारत वा चिन निश्चित छैन : सल्लाहाकार रिमाल
कञ्चनपुर महेन्द्रनगर मा लगाईएको कर्फ्यु आज साझ ६ बजे देखी १० बजे सम्म हट्यो
कञ्चनपुर महेन्द्रनगर मा लगाईएको कर्फ्यु आज साझ ६ बजे देखी १० बजे सम्म हट्यो
दाङको दूरदर्शी योजनाको खाका कोर्न केन्द्रदेखि गाउँसम्मका जनप्रतिनिधिहरु एकै थलोमा
दाङको दूरदर्शी योजनाको खाका कोर्न केन्द्रदेखि गाउँसम्मका जनप्रतिनिधिहरु एकै थलोमा
महानगरले तोक्यो पार्किङ शुल्क, मोटरसाइकललाई २५ र कारका लागि प्रतिघण्टा ८० रुपैयाँमात्र
महानगरले तोक्यो पार्किङ शुल्क, मोटरसाइकललाई २५ र कारका लागि प्रतिघण्टा ८० रुपैयाँमात्र
ट्रक रुखमा ठोकिँदा चार जना घाइते
ट्रक रुखमा ठोकिँदा चार जना घाइते
कांग्रेसमा देउवा झन ‘शक्तिशाली’
कांग्रेसमा देउवा झन ‘शक्तिशाली’
९४ स्थानको मतपरिणाम सार्वजनिक, कुन दलले कति स्थान जिते ? (सूचिसहित)
९४ स्थानको मतपरिणाम सार्वजनिक, कुन दलले कति स्थान जिते ? (सूचिसहित)

तपाईंले छुटाउनुभयो कि?