रास्वपाको अनुशासन आयोगले मुकुललाई सोध्यो स्पष्टीकरण

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ १४, २०८१
|
|
९२ पटक हेरिएको
Shares
रास्वपाको अनुशासन आयोगले मुकुललाई सोध्यो स्पष्टीकरण

सारांश

  • काठमाडौं।
  • रास्वपाको अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ।
  • आयोगले ढकाललाई पार्टीको अनुशासन भंग गरेको भन्दै के कारणले यस्तो गरेको भनी शुक्रबार अपराह्न स्पष्टीकरण पत्र थमाएको हो।

काठमाडौं। रास्वपाको अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ।

आयोगले ढकाललाई पार्टीको अनुशासन भंग गरेको भन्दै के कारणले यस्तो गरेको भनी शुक्रबार अपराह्न स्पष्टीकरण पत्र थमाएको हो।

महामन्त्री ढकालले देश दाैडाहा गरी तयार पारेको प्रतिवेदन सभापतिलाई बुझाउनु उचित भए पनि त्यसभित्रका बुँदाहरु मिडियामा सार्वजनिक गरेर ढकालले पार्टीको सामान्य मर्यादासमेत उल्लंघन गरेको पत्रमा उल्लेख गरिएको छ।

ढकालले भने आफूलाई लामिछानेबाहेक अरुले स्पष्टीकरण सोध्न नपाउने भन्दै त्यो पत्र खोलेर नपढ्ने जिकिर गरेका छन । निकटस्थसँग कुरा गर्दै ढकालले आफूलाई जोकोहीले पठाएको पत्रको जवाफ नदिने अडान लिएका हुन् ।

३८ जिल्ला घुमेर ढकालले तयार पारेको ३२ पाने प्रतिवेदनका कारण रास्वपाभित्र खैलाबैला उत्पन्न भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?