जिल्ला अस्पतालमा छैन ब्लड बैंक, डाक्टरले आफै‌ रगत दिएर बचाए विरामी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र ९, २०७४
|
|
३४ पटक हेरिएको
Shares
जिल्ला अस्पतालमा छैन ब्लड बैंक, डाक्टरले आफै‌ रगत दिएर बचाए विरामी

सारांश

  • हेमन्ती केसी जाजरकोट ।
  •  राम्रो लगाउने र निगो मसिनो खाने रहर ,इच्छा कसलाई पो हुँदैन र ?
  • अर्काको काम गरेर ल्याएको रकमले विहान र वेलुका छाक टार्न नै मुस्लिक हुने गर्छ , छेडागाड नगरपालिका ११ कि लक्ष्मी चदाराको परिवारलाई ।
  • हेमन्ती केसी

जाजरकोट । राम्रो लगाउने र निगो मसिनो खाने रहर ,इच्छा कसलाई पो हुँदैन र ? अर्काको काम गरेर ल्याएको रकमले विहान र वेलुका छाक टार्न नै मुस्लिक हुने गर्छ , छेडागाड नगरपालिका ११ कि लक्ष्मी चदाराको परिवारलाई । आफ्नो जमिनमा उत्पादन भएको अन्नले वर्ष दिन खान नपुग्ने चदारा परिवारले कसरी पोषणयुक्त खाना, हरेक वार खाना चार भन्ने नारालाई अंगिकार गर्न सक्छ र ?

लक्ष्मीको सानै उमेरमा विवाह भयो । विवाह गरेको एक वर्ष नवित्दै गर्भवती भएकी लक्ष्मीको अहिले ३ महिनाको छोरा छ । पोषणयुक्त खाना नपाउनु र सुत्केरी हुँदा आवश्यक स्याहारसुसार नहुँदा र पेट भरी खाना नहुँदा अहिले लक्ष्मी रगतको कमीले जाजरकोट अस्पतालमा भर्ना भएको ७ दिन भयो । अस्पतालमा रगत दिनका लागि ब्लड वैक नहुँदा लक्ष्मीका परिवारले बाहिर लिनका लागि डाक्टरले सल्लाह दिएका थिए ।

तर, लक्ष्मीको परिवारसंग वाहिर जिल्लामा उपचार गर्नका लागि रकम नहुँदा घर फर्काउने तयारी भएको वेला जाजरकोट अस्पतालका मनका धनी डाक्टर भुपेन्द्र मल्लले आफ्नो रगत दिएर पनि विरामी बचाउने निर्णय लिए । सबैजना समस्यामा परेका बेला ‘आउनुहोस म दिन्छु रगत’ भनेर सुनाएपछि लक्ष्मीका श्रीमान् रामवहादुर चदारा श्रीमती बाँच्ने भइन् भन्दै खुसीको सिमा नै रहेन । डाक्टर भुपेन्द्रको रगतकै कारण लक्ष्मीको जीवन वच्ने आशा पलायो । अहिले थप रगतका लागि डाक्टर भुपेन्द्रले नेपाली सेनासंग सम्पर्क गरिरहेको बताए ।

मल्लका अनुसार बिरामीको निकै कम रगत भएपछि शरिर पहेलो हुँदै गएको थियो । जाजरकोट अस्पतालमा दैनिक बिरामीको संख्य बढेपनि ब्लड बै‌‌क नहुँदा हजारौ रकम खर्चेर जिल्ला वाहिर या नेपाली सेना ,प्रहरीको रगत दिएर बिरामीको जीवन बचाइरहेको अस्पताल प्रशासनले जनाएको छ । यहाँका ग्रामीण भेगका सुत्केरी महिलालाई प्रयाप्त पोषणयुक्त खानाको अभाव र पुरातनवादी संस्कारले गर्दा सुत्केरीहरु पीडा भोग्दै आएका छन् ।

नयाँपत्रिका

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?