कुवेतमा घरेलु कामदारले निजी क्षेत्रमा भिसा परिवर्तन गर्न पाउने

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ २४, २०८१
|
|
६२ पटक हेरिएको
Shares
कुवेतमा घरेलु कामदारले निजी क्षेत्रमा भिसा परिवर्तन गर्न पाउने

सारांश

  • काठमाडौं।
  • कुवेतमा घरेलु कामदारले आफ्नो भिसा निजी क्षेत्रमा परिवर्तन गर्नसक्ने कानुन ल्याएको छ ।
  • कुवेतका उपप्रधान एवं रक्षा र आन्तरिकमन्त्री शेख फहाद अल–युसुफ अल–सबाहले घरेलु कामदार (भिसा २०)लाई निजी क्षेत्र (भिसा १८)मा परिवर्तन गर्ने निर्णय गरेका छन् ।

काठमाडौं। कुवेतमा घरेलु कामदारले आफ्नो भिसा निजी क्षेत्रमा परिवर्तन गर्नसक्ने कानुन ल्याएको छ । कुवेतका उपप्रधान एवं रक्षा र आन्तरिकमन्त्री शेख फहाद अल–युसुफ अल–सबाहले घरेलु कामदार (भिसा २०)लाई निजी क्षेत्र (भिसा १८)मा परिवर्तन गर्ने निर्णय गरेका छन् ।

घरेलु कामदारले स्थानान्तरण गर्नका लागि आफ्नो रोजगारदाताको स्वीकृति प्राप्त गर्नुपर्नेछ । त्यो एउटै रोजगारदाताकामा काम गरेको कम्तीमा १ वर्ष हुनुपर्ने जनाएको छ । यसबाहेक, नयाँ सम्झौतामा प्रत्येक वर्षका लागि १० कुवेती दिनार शुल्क लाग्नेछ भने स्थानान्तरणका लागि ५० केडी शुल्क लाग्ने आन्तरिक मन्त्रालयले जनाएको छ ।

यो निर्णय १४ जुलाईदेखि १२ सेप्टेम्बरसम्म लागू हुनेछ भने आधिकारिक राजपत्रमा प्रकाशितसमेत हुनेछ । यसका प्रावधानहरू कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइने मन्त्रालयले जनाएको छ । यस नयाँ नियमले कुवेतभित्र घरेलु कामदारहरूको आवागमनलाई नियमन गर्न महत्वपूर्ण कदम हुने मन्त्रालयले विश्वास लिएको छ । कुवेत सरकारको यस निर्यणसँगै त्यहाँ रहेका हजारौं नेपाली घरेलु कामदारसमेत लाभान्वित हुनेछन् ।

अब त्यहाँ घरेलु कामदारका रूपमा कार्यरत रहेका नेपालीले आफ्नो भिसा निजी क्षेत्रमा परिवर्तन गर्न पाउने भएपछि मालिकको शारीरिक तथा मानसिक यातनाबाट छुट्कारा मिल्ने भएको छ भने दैनिक उद्धारका लागि अनुनय विनय गर्नेको संख्यामा पनि कमी आउने अपेक्षा गरिएको छ ।

त्यहाँ हरेक दिन १० देखि १५ जना नेपाली महिलाले आफूलाई घर मालिकले बन्धक बनाएको भन्दै उद्धारका लागि आग्रह गर्ने गरेको त्यहाँबाट सामाजिक अभियन्ताहरूले बताउने गरेका छन् । कुवेतमा २५ हजारभन्दा बढी नेपाली महिला घरेलु कामदार रहेका पाइन्छ ।

केही महिनाअघि कुवेतले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार त्यहाँ २५ हजारभन्दा धेरै नेपाली महिलाले घरेलु कामदारका रूपमा काम गर्ने गरेको जनाएको थियो । नेपालले कुवेतमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाए पनि मानव तस्करहरूले प्रलोभन देखाएर कामदार पठाउने गरेका छन् । हाल विभिन्न पेसामा गरी कुवेतमा १ लाख ७ हजार बढी नेपाली कामदार कार्यरत रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाथीभरामा बलि प्रथा घट्दै, वन्यजन्तुको संरक्षणमा सहयोग
पाथीभरामा बलि प्रथा घट्दै, वन्यजन्तुको संरक्षणमा सहयोग
वैदेशिक रोजगारीमा ठगी रोकिएन, अनलाइन प्रणालीमै पनि यसरी ठग्न थालियो
वैदेशिक रोजगारीमा ठगी रोकिएन, अनलाइन प्रणालीमै पनि यसरी ठग्न थालियो
प्रदेश २ का लागि प्रधानमन्त्रीले सुनाए कलेज, हुलाकी सडक, मल कारखानाको योजना
प्रदेश २ का लागि प्रधानमन्त्रीले सुनाए कलेज, हुलाकी सडक, मल कारखानाको योजना
तुलसीपुर उपमहानगरले बनायो यस्तो एकीकृत शहरी विकास योजना
तुलसीपुर उपमहानगरले बनायो यस्तो एकीकृत शहरी विकास योजना
टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी
टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी
कांग्रेस बैठकः पार्टीभित्रको गुट–उपगुट अन्त्य गरौँ
कांग्रेस बैठकः पार्टीभित्रको गुट–उपगुट अन्त्य गरौँ
घुससहित इन्जिनियर यादव र सव–इञ्जिनियर उमा श्रेष्ठ रंगेहात पक्राउ
घुससहित इन्जिनियर यादव र सव–इञ्जिनियर उमा श्रेष्ठ रंगेहात पक्राउ
एमाले नदी हो, यसमा सबै खोला मिसिन्छिन् : प्रधानमन्त्री
एमाले नदी हो, यसमा सबै खोला मिसिन्छिन् : प्रधानमन्त्री
‘मुलुकमा ठूलो फेरबदल ल्याउन राप्रपा एकता’
‘मुलुकमा ठूलो फेरबदल ल्याउन राप्रपा एकता’
आत्मघाती हमलामा तीन जना पत्रकार सहित २३ को मृत्यु !
आत्मघाती हमलामा तीन जना पत्रकार सहित २३ को मृत्यु !

तपाईंले छुटाउनुभयो कि?