देशभर बाढीपहिरोमा परी एक सय आठको मृत्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ३०, २०८१
|
|
३८ पटक हेरिएको
Shares
देशभर बाढीपहिरोमा परी एक सय आठको मृत्यु

सारांश

  • काठमाडौं।
  • अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिराका कारण हालसम्म एक सय आठ जनाको मृत्यु भएको छ ।
  • प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरालगायत विपद्मा परी आज दिउँसोसम्म एक सय आठ जनाको मृत्यु भएको हो।

काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिराका कारण हालसम्म एक सय आठ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरालगायत विपद्मा परी आज दिउँसोसम्म एक सय आठ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा आठ जना रहेका छन्।

यस्तै उक्त घटनामा परेर एक सय १९ जना घाइते भएका छन् । घाइते हुनेमा काठमाडौं उपत्यकामा आठ जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा नौ जना, बागमती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन्।

घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परेका ५३ जनाको उद्धार गरिएको र छ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ। बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेको बताइएको छ । यस्तै, दुई सय तीन वटा घर, ७५ वटा गोठ, ४१ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।

पाँच सय १६ वटा पशुचौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार पाँच सय ५२ घर परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलीसम्म देशका अधिकांश स्थानमा वर्षा हुनसक्ने, सतर्क रहन आग्रह
भोलीसम्म देशका अधिकांश स्थानमा वर्षा हुनसक्ने, सतर्क रहन आग्रह
गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिकामा एमाले विजयी
गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिकामा एमाले विजयी
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिइने
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिइने
यो हो काठमाडौँको पहिलो मोटरसाइकल !
यो हो काठमाडौँको पहिलो मोटरसाइकल !
राप्रपालाई समर्थन गर्ने सहमति पछि कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी ।
राप्रपालाई समर्थन गर्ने सहमति पछि कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी ।
एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री
एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री
समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छः महामन्त्री थापा
समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छः महामन्त्री थापा
घुस सहित ३ जना कर्मचारी रंगेहात पक्राउ
घुस सहित ३ जना कर्मचारी रंगेहात पक्राउ
असार तेस्रो सातासम्ममा मोरङमा ३५ प्रतिशत रोपियो धान
असार तेस्रो सातासम्ममा मोरङमा ३५ प्रतिशत रोपियो धान
अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी पहिलोपटक नेपालमा सुरु
अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी पहिलोपटक नेपालमा सुरु

तपाईंले छुटाउनुभयो कि?