नेपालको विजयी सुरुवात, कुवेत ५८ रनले पराजित

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन २३, २०८२
|
|
५५ पटक हेरिएको
Shares
नेपालको विजयी सुरुवात, कुवेत ५८ रनले पराजित

सारांश

  • काठमाडौं।
  • आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ।
  • बुधबार भएको खलेमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको हो।

काठमाडौं। आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार भएको खलेमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको हो।

नेपालले जितका लागि दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेतले १८.१ ओभरमा ८३ रन बनाउँदा सबै विकेट गुमायो। कुवेतका लागि वेलुकरन एन्टोले सर्वाधिक २६ तथा यासिन पटेलले १९ रन बनाए। नेपालका लागि ललित राजवंश, सन्दीप लामिछाने र रोहित कुमार पौडेलले समान दुई दुई विकेट लिए भने सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले एक एक विकेट लिए।

यसअघि ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा भएको खेलमा ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएका थियो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए। उनले ५६ बलमा तीन छक्का र तीन चौकासहित ६६ रन बनाएका हुन। यस्तै , गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान २०÷२० रन बनाए भने कप्तान रोहित पौडेलले १६ बनाए।

कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुइ–दुई ‘विकेट’ लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘उज्यालो जनकपुरधाम’ अभियानले फेरियो नगरको स्वरूप र सुरक्षा अवस्था
‘उज्यालो जनकपुरधाम’ अभियानले फेरियो नगरको स्वरूप र सुरक्षा अवस्था
जिपले ठक्कर दिदा मोटरसाइकल चालककाे मृत्यु ,चालकसँग भेटियो पेस्तोल !
जिपले ठक्कर दिदा मोटरसाइकल चालककाे मृत्यु ,चालकसँग भेटियो पेस्तोल !
हातमा रित्तो थाल, चम्चा र डाडु बोकेर महिलाहरुको विरोध प्रदर्शन
हातमा रित्तो थाल, चम्चा र डाडु बोकेर महिलाहरुको विरोध प्रदर्शन
सपना चौधरी कांग्रेसमा प्रवेश गरेकै हुन् ?
सपना चौधरी कांग्रेसमा प्रवेश गरेकै हुन् ?
गुरु अशोक राईलाई भारि मतले हराए जयकुमारले
गुरु अशोक राईलाई भारि मतले हराए जयकुमारले
प्रदेश एकमा २९ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश एकमा २९ जनामा कोरोना संक्रमण पुष्टि
बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन हस्तान्तरण
बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन हस्तान्तरण
स्पट फिक्सिङ गम्भीर अपराध हो, निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गरियोस् : पारस खड्का
स्पट फिक्सिङ गम्भीर अपराध हो, निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गरियोस् : पारस खड्का
चुनावपछि वामपन्थीको स्थायी सरकार बन्ने दावी : ओली
चुनावपछि वामपन्थीको स्थायी सरकार बन्ने दावी : ओली
नारायणगढ-मुग्लिन सडक : वर्षाभरि पहिराको जोखिम
नारायणगढ-मुग्लिन सडक : वर्षाभरि पहिराको जोखिम

तपाईंले छुटाउनुभयो कि?