एकीकृत समाजवादीको सचिवालय बैठक आजै, पार्टी एकताको विषय अनुमोदन हुने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
५० पटक हेरिएको
Shares
एकीकृत समाजवादीको सचिवालय बैठक आजै, पार्टी एकताको विषय अनुमोदन हुने

सारांश

  • काठमाडौं।
  • एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्न सचिवालय बैठक आज हुँदैछ ।
  • बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

काठमाडौं। एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्न सचिवालय बैठक आज हुँदैछ ।

बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

लोकतान्त्रिक प्रणाली रक्षाका लागि आगामी फागुनमा हुने चुनावमा सहभागी हुने जनाएको पार्टीले र निष्पक्ष निर्वाचनमा जोड दिएको छ । समान विचार भएका दलहरुबीच सहकार्य तथा एकताको विषय बैठकबाट अनुमोदन हुनेछ । पार्टीले समाजवादी मोर्चामा गोलबद्ध दलसँग एकताको टुङ्गो केही दिनमा लगाउने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?