अध्यक्ष ओलीको अभिव्यक्तिप्रति उपमहासचिव योगेश भट्टराईको असन्तुष्टि: ‘जितको ग्यारेन्टी कसैले लिएको हुँदैन’

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ १०, २०८२
|
|
७३ पटक हेरिएको
Shares
अध्यक्ष ओलीको अभिव्यक्तिप्रति उपमहासचिव योगेश भट्टराईको असन्तुष्टि: ‘जितको ग्यारेन्टी कसैले लिएको हुँदैन’

सारांश

  • नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू र अन्य नेताहरूबारे दिएको पछिल्लो अभिव्यक्तिप्रति कडा असन्तुष्टि र रोष प्रकट गरेका छन्।
  • बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित अन्तर्वार्तामा अध्यक्ष ओलीले सुरेन्द्र पाण्डे र योगेश भट्टराईले यस पटक जित्ने स्थिति नरहेको तथा बिन्दा पाण्डेको कुनै आधार नभएको भनी टिप्पणी गरेपछि भट्टराईले शुक्रबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
  • ओलीले सोही अन्तर्वार्तामा गोकुल बाँस्कोटाले कार्यकर्ता पंक्तिमा विभाजन ल्याउँदा अप्ठ्यारो स्थिति सिर्जना भएको समेत बताएका थिए।

नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू र अन्य नेताहरूबारे दिएको पछिल्लो अभिव्यक्तिप्रति कडा असन्तुष्टि र रोष प्रकट गरेका छन्। बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित अन्तर्वार्तामा अध्यक्ष ओलीले सुरेन्द्र पाण्डे र योगेश भट्टराईले यस पटक जित्ने स्थिति नरहेको तथा बिन्दा पाण्डेको कुनै आधार नभएको भनी टिप्पणी गरेपछि भट्टराईले शुक्रबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। ओलीले सोही अन्तर्वार्तामा गोकुल बाँस्कोटाले कार्यकर्ता पंक्तिमा विभाजन ल्याउँदा अप्ठ्यारो स्थिति सिर्जना भएको समेत बताएका थिए।

अध्यक्षको यस्तो अभिव्यक्तिबाट आफू चिन्तित र दुःखी भएको उल्लेख गर्दै भट्टराईले चुनावमा कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट नलिएको भन्दै ओलीलाई जवाफ दिएका छन्। आफ्नो मुख्य मिसन सूर्य चिह्न र नेकपा एमालेलाई जिताउनु नै रहेको स्पष्ट पार्दै उनले आफू कुनै पनि हालतमा विचलित वा निरास नभएको बताएका छन्। अहिलेको समयमा पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्नु उचित नहुने भन्दै उनले फागुन २१ गतेको चुनावसम्म आफू संयमित रहने संकेत गरेका छन्।

भट्टराईले अहिले धेरै प्रतिक्रिया नदिने तर फागुन २१ को चुनाव सकिएपछि यी विषयहरूमा कुरा उठाउने उल्लेख गरेका छन्। पार्टीभित्रको आन्तरिक कलह र नेतृत्वको विवादास्पद टिप्पणीले कार्यकर्ता पंक्तिमा अन्योल सिर्जना गरिरहेका बेला भट्टराईको यो भनाइले एमालेभित्रको आन्तरिक शक्ति सन्तुलनमा नयाँ बहस छेडिदिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शर्मा सर्वोच्चको न्यायाधीशमा सर्वसम्मतिले अनुमोदन
शर्मा सर्वोच्चको न्यायाधीशमा सर्वसम्मतिले अनुमोदन
गिरिजाप्रसादको निर्णायक भूमिका नभएको भए कम्युनिष्टले मात्रै गणतन्त्र ल्याउन सक्दैनथ्यौँ : नेम्वाङ
गिरिजाप्रसादको निर्णायक भूमिका नभएको भए कम्युनिष्टले मात्रै गणतन्त्र ल्याउन सक्दैनथ्यौँ : नेम्वाङ
प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको सरकारको प्रष्टोक्ति
प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको सरकारको प्रष्टोक्ति
पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?
पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?
केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्छ : उपाध्यक्ष शाक्य
केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्छ : उपाध्यक्ष शाक्य
सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव
सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव
मधेसी नागरिकले संविधान संशोधन गर्ने पक्षधरलाई मतदान गर्छन् : डा. भटटराई
मधेसी नागरिकले संविधान संशोधन गर्ने पक्षधरलाई मतदान गर्छन् : डा. भटटराई
नेपालमा भारतीय टीभी च्यानलहरूको प्रसारण फेरि बन्द
नेपालमा भारतीय टीभी च्यानलहरूको प्रसारण फेरि बन्द
उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन
उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन
रातमा दुध र रोटी खाँदा के–के फाइदा हुन्छन् ?
रातमा दुध र रोटी खाँदा के–के फाइदा हुन्छन् ?

तपाईंले छुटाउनुभयो कि?