म्यानमारमा भडि्कयो हिंसा, मर्नेको संख्या ८९ पुग्यो

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र १०, २०७४
|
|
४१ पटक हेरिएको
Shares
म्यानमारमा भडि्कयो हिंसा, मर्नेको संख्या ८९ पुग्यो

सारांश

  • नेपित ।
  • म्यानमारको पश्चिम तटीय प्रान्त रखिनेमा शुक्रबारदेखि भड्किएको हिंसामा परी ८९ जना मारिएका छन्, जसमा १२ जना सुरक्षाकर्मी पनि छन् ।
  • अल्पसंख्यक रोहिंग्या समुदायलाई न्याय दिलाउने बताउँदै सशस्त्र गतिविधि गरिरहेको समूहले हिंसा भड्काएको हो ।

नेपित । म्यानमारको पश्चिम तटीय प्रान्त रखिनेमा शुक्रबारदेखि भड्किएको हिंसामा परी ८९ जना मारिएका छन्, जसमा १२ जना सुरक्षाकर्मी पनि छन् ।

अल्पसंख्यक रोहिंग्या समुदायलाई न्याय दिलाउने बताउँदै सशस्त्र गतिविधि गरिरहेको समूहले हिंसा भड्काएको हो । हिंसाका कारण उक्त प्रान्तमा बसोबास गर्ने रोहिंग्या समुदायको ठूलो संख्या बंगलादेशतर्फ भाग्न थालेको छ ।

बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको म्यानमारमा मुस्लिम धर्म मान्ने रोहिंग्या समुदायले लामो समयदेखि अत्याचार खेप्दै आएको छ । बहुसंख्यकहरुको अत्याचार खप्न नसकी थातथलो छाडेर हिँडेका उक्त समुदायका मानिस बंगलादेश, भारत, थाइल्यान्ड, इन्डोनेसियालगायत मुलुकमा शरणार्थी जीवन बिताइरहेका छन् ।

म्यानमारकी नेतृ आङ साङ सुकीको सचिवालयका अनुसार गत वर्षदेखि रखिनेमा सशस्त्र गतिविधि सुरु भएको हो । पछिल्लो हिंसामा मारिने ७७ जना सशस्त्र समुहका सदस्य रहेको दाबी सुकीको सचिवालयको छ ।

हिंसा नियन्त्रणमा लिन सेनाले प्रभावित क्षेत्रमा घेराबन्दी गरेको छ । करिब डेढ सयको संख्यामा रहेका लडाकुहरुले २० वटा प्रहरी चौकीहरुमा आक्रमण गरेका थिए । राइफल, घरेलु विस्फोटक पदार्थको प्रयोग गरेका थिए, लडाकुले ।

सेनाले उनीहरुले बंगाली आतंकवादी बताउने गरेको छ । ‘बंगाली आतंककारीहरु विरुद्ध सेना र प्रहरीले संयुक्त जवाफी कारवाही गरिरहेका छन्,’ म्यानमारका सेना प्रमुख मिन आङ लियाङले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले पहिलो पटक टेस्ट टाेली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै
नेपालले पहिलो पटक टेस्ट टाेली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै
मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद् : सांसद केसी
मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद् : सांसद केसी
कोमल वली सिकिस्त
कोमल वली सिकिस्त
चिकित्साशास्त्र अध्ययन संस्थानमा विद्यार्थीले किन गरे विरोध?
चिकित्साशास्त्र अध्ययन संस्थानमा विद्यार्थीले किन गरे विरोध?
प्रचण्ड-ओलीबीचको छलफलमा रविको प्रवेश, के भयो कुराकानी ?
प्रचण्ड-ओलीबीचको छलफलमा रविको प्रवेश, के भयो कुराकानी ?
नेकपाले कसरी लगायो ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो?
नेकपाले कसरी लगायो ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो?
साउनको पहिलो सोमबारः भगवान शिवको पुजाआराधना गरि मनाईंदै
साउनको पहिलो सोमबारः भगवान शिवको पुजाआराधना गरि मनाईंदै
अविश्वासको प्रस्ताव ल्याएर हटाउन प्रधानमन्त्री ओलीको चुनौती, फेरि दुई तिहाई ल्याउने दाबी
प्रचण्डले किन क्युबाको प्रशंसा गरे ?
प्रचण्डले किन क्युबाको प्रशंसा गरे ?
भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति प्रतिपक्षको आपत्ति
भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति प्रतिपक्षको आपत्ति

तपाईंले छुटाउनुभयो कि?