अप्रिलियाको नयाँ ‘एसआर १७५’ स्कुटर नेपाली बजारमा सार्वजनिक, मूल्य ४ लाख ५६ हजार ५००

Asmita-Newsdesk Asmita-Newsdesk
|
मंगलबार, भाद्र ९, २०८३
|
|
३० पटक हेरिएको
Shares
अप्रिलियाको नयाँ ‘एसआर १७५’ स्कुटर नेपाली बजारमा सार्वजनिक, मूल्य ४ लाख ५६ हजार ५००

सारांश

  • नेपाली बजारमा नयाँ मोडलका स्कुटर तथा दुईपाङ्ग्रे सवारी थपिँदै गएको अवस्थामा अप्रिलियाले आफ्नो नयाँ ‘एसआर १७५’ स्कुटर औपचारिक रूपमा भित्र्याएको छ।
  • नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्पले भदौ ९ गते मंगलबारदेखि सुरु भएको बहुप्रतीक्षित ‘नाडा अटो शो २०२६’ को मञ्च प्रयोग गर्दै यस स्कुटरको बिक्री सुरु गरेको हो।
  • कम्पनीले ४ लाख ५६ हजार ५०० रुपैयाँ मूल्य निर्धारण गरी नेपाली बजारमा उतारेको यस स्कुटरलाई नाडा अटो शोका अवसरमा खरिद गर्ने ग्राहकका लागि २८ हजार रुपैयाँ बराबरको छुट सुविधा समेत उपलब्ध गराएको छ।

नेपाली बजारमा नयाँ मोडलका स्कुटर तथा दुईपाङ्ग्रे सवारी थपिँदै गएको अवस्थामा अप्रिलियाले आफ्नो नयाँ ‘एसआर १७५’ स्कुटर औपचारिक रूपमा भित्र्याएको छ। नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्पले भदौ ९ गते मंगलबारदेखि सुरु भएको बहुप्रतीक्षित ‘नाडा अटो शो २०२६’ को मञ्च प्रयोग गर्दै यस स्कुटरको बिक्री सुरु गरेको हो।

कम्पनीले ४ लाख ५६ हजार ५०० रुपैयाँ मूल्य निर्धारण गरी नेपाली बजारमा उतारेको यस स्कुटरलाई नाडा अटो शोका अवसरमा खरिद गर्ने ग्राहकका लागि २८ हजार रुपैयाँ बराबरको छुट सुविधा समेत उपलब्ध गराएको छ। भारतीय बजारमा एसआर १६० को परिमार्जित रूपमा आएको यो मोडल अब नेपाली बजारमा बिक्रीका लागि उपलब्ध भएको हो।

मुख्यतः रेसिङ डीएनए र आधुनिक प्रविधि मन पराउने युवा पुस्तालाई लक्षित गर्दै तयार पारिएको यस स्कुटरमा १७४.७ सीसीको बीएस६ इन्जिन जडान गरिएको छ, जसले १३.८ बीएचपी पावर र १४.१४ एनएम टर्क उत्पन्न गर्छ। यसमा अप्रिलियाको टुनो ४५७ मोटरसाइकलमा रहेको जस्तै ५.५ इन्चको रङ्गीन टीएफटी डिस्प्ले र ब्लुटुथ कनेक्टिभिटी जस्ता अत्याधुनिक सुविधाहरू समाविष्ट छन्।

सुरक्षा र कार्यसम्पादनलाई ध्यानमा राख्दै स्कुटरमा १४ इन्चको अलोय ह्विल, सिंगल च्यानल एबीएस, डिस्क ब्रेक, पूर्ण एलईडी लाइट सेटअप तथा टेलिस्कोपिक र मोनोसक सस्पेन्सन प्रणाली प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसको आक्रामक रेसिङ स्पोर्ट्स लुक्स र नयाँ डेकल्सले सडकमा छुट्टै पहिचान दिने विश्वास लिइएको छ।

नाडा अटो शोमा सुरु भएको यसको बिक्रीले नेपाली अटो क्षेत्रमा नयाँ उत्साह थप्ने र प्रिमियम स्कुटर खण्डमा प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले शीर्षनेताहरु दुई नम्बर प्रदेशमा केन्द्रित (को-कहाँ ?)
एमाले शीर्षनेताहरु दुई नम्बर प्रदेशमा केन्द्रित (को-कहाँ ?)
संगठन सुदृढ नभएका कारण चुनावमा पराजय भोग्नु परेको निष्कर्ष
नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा कोरोना भाइरसको संक्रमण
नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा कोरोना भाइरसको संक्रमण
सरकारले भन्यो, ‘विदेशमा अलपत्र कामदार ल्याउने गृहकार्य भइरहेको छ’
सरकारले भन्यो, ‘विदेशमा अलपत्र कामदार ल्याउने गृहकार्य भइरहेको छ’
सुरुङमार्गबाट नेपाललाई बंगलदेशसँग जोड्ने विषय अगाडि बढिसकेकाे छ: आपूर्तिमन्त्री  यादव
सुरुङमार्गबाट नेपाललाई बंगलदेशसँग जोड्ने विषय अगाडि बढिसकेकाे छ: आपूर्तिमन्त्री यादव
मन्त्री भुसालद्वारा पशुपन्छी विकास कार्यालय छड्के अनुगमन
मन्त्री भुसालद्वारा पशुपन्छी विकास कार्यालय छड्के अनुगमन
पाकिस्तानमा बन्दुकधारीको आक्रमण, १४ यात्रुको मृत्यु
पाकिस्तानमा बन्दुकधारीको आक्रमण, १४ यात्रुको मृत्यु
काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प, कृत्रिम मूल्यवृद्धि
काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प, कृत्रिम मूल्यवृद्धि
जन्मउत्सबको अवसरमा युवसंघका नेताले गरे बृद्दाश्रम र अनाथालयमा सहयोग !
जन्मउत्सबको अवसरमा युवसंघका नेताले गरे बृद्दाश्रम र अनाथालयमा सहयोग !
अर्काे प्रश्न साेधेकाे भन्दै डाेनाल्ड ट्रम्पले गरे पत्रकारको परिचय पत्र निलम्बन
अर्काे प्रश्न साेधेकाे भन्दै डाेनाल्ड ट्रम्पले गरे पत्रकारको परिचय पत्र निलम्बन

तपाईंले छुटाउनुभयो कि?