जुर्मुरायो नेकपा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर २४, २०७६
|
|
४४ पटक हेरिएको
Shares
जुर्मुरायो नेकपा

सारांश

  • सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ।
  • पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार बसेको सचिवालय बैठकले मंसिर २९ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको हो।
  • नेकपाको स्थायी समितिको बैठक दुईदिनमै टुंग्याउनेगरी बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार बसेको सचिवालय बैठकले मंसिर २९ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको हो।

नेकपाको स्थायी समितिको बैठक दुईदिनमै टुंग्याउनेगरी बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। पार्टी एकीकरण भएको डेढ वर्ष वर्ष वितिसक्दा पनि एकीकृत संरचनाहरु सुशुप्त अवस्थामा छन्। अहिलेसम्म एकीकृत केन्द्रीय समितिको बैठक बस्‍न सकेको छैन भने स्थायी समितिको बैठक पनि एक वर्षदेखि बस्‍न सकेको थिएन। पोलिटब्यूरो कमिटी अहिलेसम्म गठन हुन सकेको छैन। सचिवालय बैठक पनि नियमित छैन। एकीकरणपछि तदर्थरुपमा पार्टी चलाइएको भन्दै तल्लो तहबाट विरोध र गुनासो व्यापक भएको छ।

त्यस्तै आजको सचिवालय बैठकमा संगठन विभागले कार्ययोजनासमेत पेश गरेको छ। सचिवालय समिति मार्फत् पार्टी अध्यक्षका लागि उक्त कार्ययोजना पेश गरिएको हो।
अन्नपूर्ण पोष्ट्बाट

(thetelegramnews.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?