मन्त्रीलाई २ करोड बुझाएर जोगिएकी कामिनीलाई २ अर्बको काण्ड लाग्दै !

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २६, २०७५
|
३
|
५० पटक हेरिएको
Shares
मन्त्रीलाई २ करोड बुझाएर जोगिएकी कामिनीलाई २ अर्बको काण्ड लाग्दै !

सारांश

  • काठमाडाै, २६ वैशाख ।
  • नेपाल टेलिकमको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट हटाउने प्रक्रिया सुरु भएको छ ।
  • कामिनीलाई हटाउनका लागि अहिले भित्र भित्रै वोर्ड बैठक बसिरहेको छ ।

काठमाडाै, २६ वैशाख । नेपाल टेलिकमको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट हटाउने प्रक्रिया सुरु भएको छ ।

कामिनीलाई हटाउनका लागि अहिले भित्र भित्रै वोर्ड बैठक बसिरहेको छ । उनको अनुपस्थितीमा दुई वटा बैठक बसिसकेको छ । यस्तै केही दिन अगाडिमात्र सञ्चार मन्त्रालयमा वोर्ड बैठक राखिएको थियो जहाँ कामिनीको उपस्थिती थिएन् ।

पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले आफ्नै कार्यकालमा उनलाई हटाउने प्रक्रिया अगाडि बढाएका थिए । उनको ठाँउमा जनक शिक्षा सामाग्री केन्द्र डुबाउने अनिल झालाई प्रवन्ध निर्देशक बनाएर ल्याउने प्रक्रिया समेत अगाडि बढेको थियो । तर निर्वाचनताको मुखमा जनताले कर तिरेको पैसा नेपाल टेलिकमबाट दुई करोड रुपैया दिएर आफ्नो पद जोगाएकी थिईन ।

कामिनीमाथि विभिन्न दश वटा अरोपहरु लगाउदै हटाउने प्रक्रिया अगाडि बढेको नेपाल टेलिकम स्रोतले जनाएको छ । टेलिकमलाई धरायसी पारेको र एनसेललाई मोटाउन मुख्य भुमिका खेलेको अरोप सहित उनलाई पदबाट हटाउने तयारी भइरहेको नेपाल टेलिकम स्रोतले जनाएको छ । स्रोतका अनुसार कामिनीलाई जानकारी समेत नदिई नेपाल टेलिकम संचालक समितिको बैठक राखेर उनको विकल्प खोजिएको हो । बैठक संचार तथा सूचना प्रविधि मन्त्रालयमा राखिएको थियो ।

राजभण्डारीको कार्यसम्पादन क्षमता कमजोर भएकाले टेलिकमले अपेक्षित प्रगति गर्न नसकेको निष्कर्ष निकालेको छ । र, उनको विकल्प खोज्नुपर्ने सुझाव दिएको बताइएको छ । उक्त बैठक सञ्चार सचिव तथा नेपाल टेलिकम संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङको अध्यक्षतामा बसेको थियो ।
एनसेल भन्दा १ बर्षअघि फोरजीको अनुमति पाए पनि अहिलेसम्म काठमाडौं र पोखराबाहेक अन्यत्र सेवा विस्तार गर्न नसकेको आरोप पनि कामिनीमाथि लाग्दैआएको छ । एक बर्षपछि फोरजीको अनुमति पाएको एनसेलले २१ जिल्लामा फोरजी सेवा विस्तार गरिसकेको छ भने २९ जिल्लामा छिट्टै फोरजी सेवा पु¥याउन लागेको छ । तर नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले फोरजीको टेण्डर नै टुंगो लगाउन सकेकी छैनन् ।

एकातिर कामिनी विरुद्ध संचार मन्त्रालयमा बोर्ड बैठक बसेर उनको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ भने अर्कोतिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनका विरुद्ध परेको ठोस उजुरीउपर पनि छानबिन सुरु गरिरहेको  हाम्राे र्इकाेनाेमिमा खवर छ । उनको कार्यसम्पादन क्षमता कमजोर भएको बोर्डको निष्कर्षपछि अख्तियार पनि उनका विरुद्ध परेका उजुरी गम्भीर ढगले छानबिनमा लागेको छ ।
सञ्चालक समितिले स्पष्टिकरण सोधेर कारबाही गर्ने तयारी गरेको बुझेपछि प्रबन्ध निर्देशक कामिनी राजभण्डारी भने अहिले बिदामा बसेकी छिन् ।

केही दिन अघि सार्वजनिक बिदा भयो कि टेलिकमको सेवा धरमर हुनुको कारण के हो ? भन्ने प्रश्न प्रधानमन्त्री केपी ओलीले टेलिकमका पदाधिकारीलाई सोधेका थिए । उनले टेलिकमको चक्का फेर्दा हुन्छ कि इञ्जिन नै फेरिदिँउ ? भन्दै टेलिकम पदाधिकारीहरुलाई सेवा सुधार गर्न चेतावनी दिएका थिए ।

अहिले सञ्चारमन्त्रालय आफैं कामिनीको विकल्प खोज्ने गरी अगाडि बढेको छ । टेलिकम स्रोत भन्छ्, ‘प्रबन्ध निर्देशकज्यूले टेलिकम त डुबाउनै खोज्नु भएको जस्तो देखिन्थ्यो । अब आउने नेतृत्व राम्रो आए हुने ।’ यता केही महिनाअघि मात्रै उपभोक्ता हित सम्बन्धि अधिकार उठाउँदैआएको समूह नागरिक अधिकार अभियानले पनि ज्ञापनपत्र बुझाएको थियो । उक्त अभियानका अभियन्ताहरुले टेलिकमको कार्यालयमै पुगेर उच्च अधिकारीहरुसमक्ष गुनासो गरेका थिए ।

एक बर्षपछि फोरजीको अनुमति पाएको एनसेलले २१ जिल्लामा फोरजी सेवा विस्तार गरिसकेको छ भने २९ जिल्लामा छिट्टै फोरजी सेवा पु¥याउन लागेको छ । टेलिकमका उच्च अधिकारीहरु नै एनसेलसँगै मिलेर फोर जी सेवा विस्तारमा ढिलाइ गर्दैआएको गुनासो समेत पछिल्लो समय उठ्न थालेको छ । यसबाहेक टेलिकमले ग्रामीण दूरसंचार कोषको ४ अर्ब ८८ करोडको अप्टिकल फाइवर बिछ्याउने ठेक्का लिए पनि काम अगाडि बढाउन सकेको छैन । अप्टिकल फाइबरको ठेक्का पनि विवादित बन्दैआएको छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Dorna Sirmali

    Goli thoka Bhastachari lai

    Comment Author

    पदम राज गिरि

    पदबाट बर्खास्त गरि सम्पत्ति छानबिन गरि राष्ट्रियकरण गरानुपर्छ ।

    Comment Author

    Bikranta Lama

    भ्रष्ट आइमाई लाई बर्खास्त गर

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ
महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ
आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल
आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल
आजबाट कर्मचारी समायोजन प्रक्रिया शुरु, नयाँ संरचनामा १ लाख ३८ हजार कर्मचारी समायोजन गरिदैं
आजबाट कर्मचारी समायोजन प्रक्रिया शुरु, नयाँ संरचनामा १ लाख ३८ हजार कर्मचारी समायोजन गरिदैं
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
लागू भएन अपाङ्गता अधिकार
लागू भएन अपाङ्गता अधिकार
केन्द्रीय सदस्यहरुलाई फकाउँदै ओली, रात्रीभोजका लागि बोलाए
केन्द्रीय सदस्यहरुलाई फकाउँदै ओली, रात्रीभोजका लागि बोलाए
अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा
अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा
कश्मिर, अयोध्यापछि मोदीको अर्को निशाना समान नागरिक स‌ंहिता?
कश्मिर, अयोध्यापछि मोदीको अर्को निशाना समान नागरिक स‌ंहिता?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

तपाईंले छुटाउनुभयो कि?