उपल्लो मुस्ताङका हिमतालको ड्रोन अनुगमन: तत्काल बाढीको जोखिम नरहेको निष्कर्ष, पूर्वतयारी तीव्र

Asmita-Newsdesk Asmita-Newsdesk
|
आइतबार, भाद्र १४, २०८३
|
|
१० पटक हेरिएको
Shares
उपल्लो मुस्ताङका हिमतालको ड्रोन अनुगमन: तत्काल बाढीको जोखिम नरहेको निष्कर्ष, पूर्वतयारी तीव्र

सारांश

  • भोटेकोशीमा आएको भीषण बाढीपछि सम्भावित विपद्को पूर्वतयारीस्वरूप उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्र र कालीगण्डकी नदी प्रणालीका मुहानहरूमा तीव्र पारिएको स्थलगत तथा ड्रोन अनुगमनका क्रममा हालसम्म कुनै तत्काल जोखिम नदेखिएको निष्कर्ष निकालिएको छ।
  • स्थानीय प्रशासन, सशस्त्र प्रहरी बलको नेचुङस्थित बीओपी, नेपाल प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको संयुक्त प्राविधिक टोलीले चीन सीमा नजिकैका मुहान र घ्याकरछु तालको सूक्ष्म अध्ययन गरी तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल जोखिम नरहेको जानकारी दिएको छ।
  • गत वर्ष छुआमा पिक क्षेत्रबाट लेदोसहितको बाढी आएकाले त्यसबाट पाठ सिक्दै टोलीले नेपाल-चीन सीमा स्तम्भ १८ र १९ नजिकका कालीगण्डकीका दुई मुख्य मुहान तथा पाँच हजार पाँच सय ५० मिटर उचाइमा रहेको घ्याकरछु तालमा ड्रोन उडाएर हिमनदीको वर्तमान अवस्था परीक्षण गरेको हो।

भोटेकोशीमा आएको भीषण बाढीपछि सम्भावित विपद्को पूर्वतयारीस्वरूप उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्र र कालीगण्डकी नदी प्रणालीका मुहानहरूमा तीव्र पारिएको स्थलगत तथा ड्रोन अनुगमनका क्रममा हालसम्म कुनै तत्काल जोखिम नदेखिएको निष्कर्ष निकालिएको छ।

स्थानीय प्रशासन, सशस्त्र प्रहरी बलको नेचुङस्थित बीओपी, नेपाल प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको संयुक्त प्राविधिक टोलीले चीन सीमा नजिकैका मुहान र घ्याकरछु तालको सूक्ष्म अध्ययन गरी तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल जोखिम नरहेको जानकारी दिएको छ।

गत वर्ष छुआमा पिक क्षेत्रबाट लेदोसहितको बाढी आएकाले त्यसबाट पाठ सिक्दै टोलीले नेपाल-चीन सीमा स्तम्भ १८ र १९ नजिकका कालीगण्डकीका दुई मुख्य मुहान तथा पाँच हजार पाँच सय ५० मिटर उचाइमा रहेको घ्याकरछु तालमा ड्रोन उडाएर हिमनदीको वर्तमान अवस्था परीक्षण गरेको हो।

भौगोलिक रूपमा अत्यन्त दुर्गम मानिने यी हिमाली क्षेत्रहरूमा जिपीएस प्रविधिको प्रयोग गरी सम्भावित जोखिमयुक्त हिमतालहरूको पहिचान गरिएको छ र सोही आधारमा उच्च पर्वतीय तालहरूको अवस्था निरन्तर मूल्याङ्कन गर्ने रणनीति टोलीले अपनाएको छ।

विपद् जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले सुरु गरिएको यो अभियानलाई आगामी दिनमा चुमजुङस्थित छुआमा पिक र लोघेकर दामोदरकुण्ड-१ को चराङमाथिको हिमाली क्षेत्रसम्म विस्तार गरी नियमित अनुगमनलाई निरन्तरता दिइने भएको छ।

यस अनुगमन र पूर्वतयारीले सम्भावित हिमपहिरो तथा हिमताल विस्फोटनको जोखिमबाट स्थानीय समुदायको रक्षा गर्न, क्षति कम गर्न र विपद् व्यवस्थापनलाई थप व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवासंघ नेपालले भाद्रमा अाफ्नो राष्ट्रिय महाँधिबेसन् गर्दै ।
युवासंघ नेपालले भाद्रमा अाफ्नो राष्ट्रिय महाँधिबेसन् गर्दै ।
समाजवादी पार्टी निर्वाचान आयोगमा दर्ता, डा. भट्टराईको वरियता चौथो
समाजवादी पार्टी निर्वाचान आयोगमा दर्ता, डा. भट्टराईको वरियता चौथो
एमालेले साह्रै पेल्न थाल्यो, दुई चरणको चुनावमा हामीले धक्का खायौं ,माओवादीसँगै मिल्नुस्,देउवा
एमालेले साह्रै पेल्न थाल्यो, दुई चरणको चुनावमा हामीले धक्का खायौं ,माओवादीसँगै मिल्नुस्,देउवा
मुखै फोरेर भन्छन्, ‘बासी खाना खाएर हिड्ने ?’ धेरैजसोले मुख बिगार्छन्
मुखै फोरेर भन्छन्, ‘बासी खाना खाएर हिड्ने ?’ धेरैजसोले मुख बिगार्छन्
मन्त्रिपरिषद्मा पुनर्गठन हुनसक्ने प्रचण्डको संकेत
मन्त्रिपरिषद्मा पुनर्गठन हुनसक्ने प्रचण्डको संकेत
कांग्रेस पाँचथर–काठमाडौँ सम्पर्कसमितिमा नयाँ नेतृत्व
कांग्रेस पाँचथर–काठमाडौँ सम्पर्कसमितिमा नयाँ नेतृत्व
प्रधानमन्त्री दाहालसँग  चिनियाँ राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री दाहालसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
प्रदेश नं ७ मा १९८ जना कुष्ठरोगी उपचारमा
‘जेनजी’ आन्दोलनका मृतकका परिवारको जाहेरी प्रहरीले आयोगमा पठायो
‘जेनजी’ आन्दोलनका मृतकका परिवारको जाहेरी प्रहरीले आयोगमा पठायो
उम्मेदवारी दर्ता सकियो, कसरी चुनिन्छन् भावी राष्ट्रपति
उम्मेदवारी दर्ता सकियो, कसरी चुनिन्छन् भावी राष्ट्रपति

तपाईंले छुटाउनुभयो कि?