विहारमा नितिश नेतृत्वको गठबन्धनलाई अग्रता

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक २५, २०७७
|
|
५० पटक हेरिएको
Shares
विहारमा नितिश नेतृत्वको गठबन्धनलाई अग्रता

सारांश

  • विहार विधानसभा चुनावको मतगणनामा वर्तमान मुख्यमन्त्री नितिशकुमार नेतृत्वको गठबन्धनलाई झीनो मतको अग्रता हासिल भएको छ ।
  • पछिल्लो मतपरिणाम अनुसार नितिशको दल जनता दल युनाइटेड र भारतीय जनता पार्टीले एक सय २५ सिटमा अग्रता हासिल गरेको छ ।
  • नितिशलाई लालु यादवका छोरा तेजस्वी यादवको दल राष्ट्रिय जनता दलसहित कँग्रेस आईको गठबन्धनले कडा चुनौती दिइरहेको छ ।

विहार विधानसभा चुनावको मतगणनामा वर्तमान मुख्यमन्त्री नितिशकुमार नेतृत्वको गठबन्धनलाई झीनो मतको अग्रता हासिल भएको छ । पछिल्लो मतपरिणाम अनुसार नितिशको दल जनता दल युनाइटेड र भारतीय जनता पार्टीले एक सय २५ सिटमा अग्रता हासिल गरेको छ ।

नितिशलाई लालु यादवका छोरा तेजस्वी यादवको दल राष्ट्रिय जनता दलसहित कँग्रेस आईको गठबन्धनले कडा चुनौती दिइरहेको छ । मतगणनाको परिणामले कुनै पनि दलले स्पष्ट बहुमत हासिल नगर्ने देखिएको छ । सबैभन्दा बढी सिट तेजस्वी यादव नेतृत्वको दल राष्ट्रिय जनता दलले हासिल गर्ने प्रारम्भिक मतगणनाबाट देखिएको छ ।

नितिशले भाजपाको समर्थनमा पुनः मुख्यमन्त्री हुने सम्भावना बलियो भएको छ । तर, तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दलले कडा चुनौती दिएबाट अवस्था बदलिने सम्भावना नकार्न सकिदैन ।

कोरोना भाइरसको महामारीका बाबजुद विहारमा विधानसभा चुनाव भएको हो । यो चुनावलाई सत्तारुढ भाजपाको कोरोना भाइरसको महामारीपछिको परीक्षाका रुपमा समेत हेरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुधबारको राशिफल
बुधबारको राशिफल
प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक
प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक
पत्रिका, रेडियो, टेलिभिजन र अनलाइनविरुद्ध काउन्सिलमा लाग्यो उजुरीका चाङ
गृहमन्त्रीले अनुगमन गरेको भोलिपल्टै विमानस्थलमा सफ्टवेयर नचल्दा डामाडोल….
गृहमन्त्रीले अनुगमन गरेको भोलिपल्टै विमानस्थलमा सफ्टवेयर नचल्दा डामाडोल….
मोर्चाका कार्यकर्ताले बन्द उलंघन गरेको भन्दै बसमा आगजनी गरे
खाद्यान्नदेखि बिलासिताका सामान किन्न बाहिरियो खर्बौ रुपैयाँँ
खाद्यान्नदेखि बिलासिताका सामान किन्न बाहिरियो खर्बौ रुपैयाँँ
कोरोना प्रकोपः नेपाल भ्रमण वर्ष स्थगित
कोरोना प्रकोपः नेपाल भ्रमण वर्ष स्थगित
प्रधामन्त्री ओली दम्पत्ती डोनाल्ड ट्रम्प जोडीले आयोजना गर्ने स्वागतमा सहभागी हुने
प्रधामन्त्री ओली दम्पत्ती डोनाल्ड ट्रम्प जोडीले आयोजना गर्ने स्वागतमा सहभागी हुने
धनुषामा कांग्रेसका हस्ती  विमलेन्द्र निधि पराजित, राजेन्द्रले बाजी मारे
धनुषामा कांग्रेसका हस्ती विमलेन्द्र निधि पराजित, राजेन्द्रले बाजी मारे
नाम लिस्ट सहित हेर्नुहोस  कुन पार्टीबाट काे–को परे समानुपातिकमा?
नाम लिस्ट सहित हेर्नुहोस कुन पार्टीबाट काे–को परे समानुपातिकमा?

तपाईंले छुटाउनुभयो कि?