नेप्से परिसूचक ४३.८९ अंकले घट्यो, कारोबार रकम पनि ओरालो

Asmita-Newsdesk Asmita-Newsdesk
|
सोमबार, भाद्र १५, २०८३
|
|
९ पटक हेरिएको
Shares
नेप्से परिसूचक ४३.८९ अंकले घट्यो, कारोबार रकम पनि ओरालो

सारांश

  • धितोपत्र बजारमा सोमबार लगानीकर्ताको  परिसूचकमा ह्रास आउँदा समग्र सेयर बजारमा मन्दी छ।
  • पूँजी बजारको तीव्र उतारचढाव र बिक्री चाप बढेका कारण कारोबार मापक परिसूचकसँगै कुल कारोबार रकम र अधिकांश उपसमूहका सूचकहरू समेत दोहोरो अंकले ओरालो लागेका हुन्।
  • नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक ४३ दशमलव ८९ अङ्कले घटेर दुई हजार ५१३ दशमलव ४२ को विन्दुमा सीमित हुन पुगेको छ।

धितोपत्र बजारमा सोमबार लगानीकर्ताको  परिसूचकमा ह्रास आउँदा समग्र सेयर बजारमा मन्दी छ। पूँजी बजारको तीव्र उतारचढाव र बिक्री चाप बढेका कारण कारोबार मापक परिसूचकसँगै कुल कारोबार रकम र अधिकांश उपसमूहका सूचकहरू समेत दोहोरो अंकले ओरालो लागेका हुन्।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक ४३ दशमलव ८९ अङ्कले घटेर दुई हजार ५१३ दशमलव ४२ को विन्दुमा सीमित हुन पुगेको छ। यसैगरी ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक ६ दशमलव ६८ अङ्कले घट्दै ४४४ दशमलव ४३ मा झरेको छ भने फ्लोट र सेन्सेटिभ फ्लोट सूचकमा पनि गिरावट दर्ता भएको छ।

स्थानीय धितोपत्र बजारमा भएको यस गिरावट बिच आज विभिन्न कम्पनीका ९३ लाख २२ हजार १८५ कित्ता सेयर रु तीन अर्ब ६४ करोड ८६ लाखभन्दा बढी मूल्यमा खरिद बिक्री भएका छन्। १३ मध्ये १२ वटा उपसमूहको सूचक नकारात्मक रहँदा केवल एउटा उपसमूहमा मात्र हरियो बत्ती बलेको छ।

बजारमा रहेका कुल कम्पनीहरू मध्ये २५३ वटाको सेयर मूल्य घट्दा जम्मा २१ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् भने चार कम्पनीको मूल्य स्थिर रह्यो। घट्दो बजारका बिच पनि उपकार लघुवित्त, घोराही सिमेन्ट र एनआइसी एसिया डिबेञ्चरका शेयरधनीहरूले प्रतिफल हासिल गर्न सफल भएका छन्।

अर्कातिर मैलुङ खोला जलविद्युत्, रसुवागढी हाइड्रोपावर र एमबिएल इक्युटि फण्डका सेयरधनीहरूले भने आज सर्वाधिक मूल्य गुमाउनु परेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?