इन्जिनियर नआउँदा भूकम्पपीडितको आवास निर्माण प्रभावित

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र १५, २०७४
|
|
५३ पटक हेरिएको
Shares
इन्जिनियर नआउँदा भूकम्पपीडितको आवास निर्माण प्रभावित

सारांश

  • म्याग्दी, १५ भदौ ।
  • राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले म्याग्दी जिल्लामा इञ्जिनियर नखटाउँदा भूकम्पपीडितको आवास निर्माण कार्य प्रभावित बनेको छ ।
  • प्राधिकरणले जिससमार्फत उपलब्ध गराएको पहिलो किस्ता बुझेका लाभग्राहीले इन्जिनियर नआउँदा चाहेर पनि आवास निर्माणको काम अघि बढाउन नपाएका हुन् ।

म्याग्दी, १५ भदौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले म्याग्दी जिल्लामा इञ्जिनियर नखटाउँदा भूकम्पपीडितको आवास निर्माण कार्य प्रभावित बनेको छ । प्राधिकरणले जिससमार्फत उपलब्ध गराएको पहिलो किस्ता बुझेका लाभग्राहीले इन्जिनियर नआउँदा चाहेर पनि आवास निर्माणको काम अघि बढाउन नपाएका हुन् ।

जिल्ला समन्वय समिति म्याग्दीले गत आव २०७३÷७४ मा जिल्लामा ८६८ भूकम्पपीडितको पहिचान गरी पहिलो किस्ताबापत पहिलो चरणमा ६४५ पीडितलाई रु ५० हजारका दरले निजी आवास निर्माणका लागि रु तीन करोड २२ लाख ५० हजार अनुदान वितरण गरेको थियो ।

अहिले पहिलो किस्ता लिन बाँकी रहेका र प्रक्रिया पुगेका लाभग्राहीका लागि भन्दै जिससलाई थप रु तीन करोडको अख्तियारी आए पनि नापजाँच गर्ने इन्जिनियर प्राधिकरणले पठाउन सकेको छैन । बेनी नगरपालिका–१० का भीमराज दर्जीले घर बनाउनका लागि पहिलो किस्ताबापतको अनुदान रकम पाए पनि घर बनाउने कामका लागि प्राविधिक सहयोग नपाएको गुनासो गर्नुभयो ।

जिससका अनुसार, गत आवमा बेनी नगरपालिका क्षेत्रमा ३५९, रघुगंगा गाउँपालिकामा ३४, अन्नपूर्णमा ७३, मंगलामा १२६, मालिकामा ३५ र धौलागिरिमा १८ जना पीडितलाई अनुदान उपलब्ध गराइएको छ । लाभग्राहीलाई पायक पर्ने बैंकमार्फत अनुदान वितरण गरिएको थियो ।

अझै रघुगंगामा १११, अन्नपूर्णमा ४१, बेनी नगरपालिकामा ५८ र धौलागिरिमा १२ जना लाभग्राहीले पहिलो किस्ताबापतको अनुदान बुझ्न बाँकी छ । जिससका सूचना अधिकारी पदम भण्डारीले इञ्जिनियर खटाउन प्राधिकरणलाई पत्रमार्फत ध्यानाकर्षण गरिएको बताउनुभयो ।

जिससले सबै नगर तथा गाउँपालिकामा छुटेका भूकम्पपीडितको नाम समावेश गर्न वडा कार्यालयमार्फत काम गरिरहेको जनाएको छ ।

(https://www.voiceoverherald.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रियल मड्रिडको दोस्रो जित
रियल मड्रिडको दोस्रो जित
मेसी चुक्दा अर्जेन्टिनाका नेपाली समर्थक निराश
मेसी चुक्दा अर्जेन्टिनाका नेपाली समर्थक निराश
नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ताबाट नारायणकाजीले किन दिए राजीनामा ?
नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ताबाट नारायणकाजीले किन दिए राजीनामा ?
युवराज सिंहले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास
युवराज सिंहले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास
निर्मला पन्त हत्या प्रकरण: सबै पुरूषकाे डिएनए परिक्षण गर्न माग !
निर्मला पन्त हत्या प्रकरण: सबै पुरूषकाे डिएनए परिक्षण गर्न माग !
सूचना प्रविधिको पहुँच शहर र सुविधायुक्त क्षेत्रमा मात्र केन्द्रित भयाे: सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटा
सूचना प्रविधिको पहुँच शहर र सुविधायुक्त क्षेत्रमा मात्र केन्द्रित भयाे: सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटा
चान्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु
चान्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु
बाजुरा काँग्रेसबाट ४२ जनाको दाबी
बाजुरा काँग्रेसबाट ४२ जनाको दाबी
इरानले होरमुजको खाडी बन्द गर्यो भने के विश्वमा कस्तो असर पर्छ ?
इरानले होरमुजको खाडी बन्द गर्यो भने के विश्वमा कस्तो असर पर्छ ?
नेपालबाट प्रशोधित घाँस निर्यात सुरु, पहिलो चरणमा १० वटा ट्रक चीन प्रस्थान
नेपालबाट प्रशोधित घाँस निर्यात सुरु, पहिलो चरणमा १० वटा ट्रक चीन प्रस्थान

तपाईंले छुटाउनुभयो कि?