युवराज सिंहले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २७, २०७६
|
|
५४ पटक हेरिएको
Shares
युवराज सिंहले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

सारांश

  • मुम्बई।
  • भारतलाई २०११ को विश्वकप जिताउन मुख्य भूमिका निर्वाह गरेका क्रिकेटर युवराज सिंहले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरका छन्।
  • युवराजले २०११ को विश्वकपमा ९ खेलमा ९०.

मुम्बई। भारतलाई २०११ को विश्वकप जिताउन मुख्य भूमिका निर्वाह गरेका क्रिकेटर युवराज सिंहले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरका छन्। युवराजले २०११ को विश्वकपमा ९ खेलमा ९०.५० को औसतबाट ३६२ रन र १५ विकेट लिएका थिए। उनी विश्वकपमा प्लेयर अफ द सीरीज पनि चुनिएका थिए। २०११ को विश्व कपका क्रममा युवराज क्यान्सरसँग लडिरहेका थिए। यद्यपी त्यो बेला युवराजलाई क्यान्सर भएको कसैलाई पनि थाहा थिएन। अष्ट्रेलिया विरुद्ध क्वार्टर फाइनलमा सुरुमा डाक्टरले उनलाई नखेल्न सुझाव दिएका थिए। तर उनी मैदानमा उत्रिएनन् मात्रै होइन् भारतको जितको हिरोसमेत भए। उनले उक्त खेलमा ५७ रनको पारी लेखेका थिए। युवराजले ४० टेस्टको ६२ पारीमा ३३.९२ को औसतले १९०० रन बनाएका थिए।

त्यसमा तीन शतक छन् भने ११ अर्धशतक बनाएका थिए। उनले ३०४ वनडेको २७८ पारीमा ३६.५५ को औसतले ८७०१ रन बनाएका थिए। उनले वनडे इन्टरनेशनलमा १४ शतक र ५२ अर्धशतक लगाएका थिए। युवराजले ५८ टी–२० इन्टरनेशनल पनि खेलेका थिए। त्यसमा २८.०२ को औसतबाट ११७७ रन बनाएका थिए। उनले टेस्टमा ९, वनडेमा १११ र टी–२० इन्टरनेशनलमा २८ विकेट लिएका थिए।

सन्यास घोषणा गर्दै युवराजले भने–म बाल्यकालदेखि बुवाले देखाएको बाटोमा हिँडे र देशकालागि खेल्ने बुवाको इच्छालाई पछ्याएँ । मेरा समर्थक, जसले सधैं मेरो समर्थन गरे, उनीहरुलाई म धन्यवाद दिन चाहन्छु। मेरो लागि २०११ को विश्वकप जित्नु, म्यान अफ द सीरीज हुने सपना जस्तै थियो। त्यसपछि मलाइ क्यान्सर भयो। यो आकाशबाट जमिनमा आउनु जस्तै थियो। त्यो बेला मेरो परिवार र मेरा सथर्मक मसँगै थिए।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शहीद स्मारक ‘ए’ डिभिजन लिगः पहिलो खेल एनआरटी र आर्मी बिच !
शहीद स्मारक ‘ए’ डिभिजन लिगः पहिलो खेल एनआरटी र आर्मी बिच !
यसो भएमा देउवाले आजै प्रधानमन्त्री छोड्ने
यसो भएमा देउवाले आजै प्रधानमन्त्री छोड्ने
कोरोना अपडेटः बुधबार ५८६ संक्रमित थपिए
कोरोना अपडेटः बुधबार ५८६ संक्रमित थपिए
दोस्रो फान अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, २० विधामा छक्कापञ्जा
दोस्रो फान अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, २० विधामा छक्कापञ्जा
सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल
सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल
उपहार एफएमले मोक्तान दम्पत्तिलाई लाइफ अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने
उपहार एफएमले मोक्तान दम्पत्तिलाई लाइफ अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने
प्रधानमन्त्री भन्छन्ः अब दल होइन, विकासका लागि कार्यदल
प्रधानमन्त्री भन्छन्ः अब दल होइन, विकासका लागि कार्यदल
बाल संरक्षण र लैंगिक हिंसा न्युनिकरणमा जनप्रतिनिधि सचेत बन्दै
बाल संरक्षण र लैंगिक हिंसा न्युनिकरणमा जनप्रतिनिधि सचेत बन्दै
नेपाली जडीबुटीको बजार विस्तार: पूर्वी नाकाबाट १४ करोडको निर्यात, बङ्गलादेशमा बढ्यो माग
नेपाली जडीबुटीको बजार विस्तार: पूर्वी नाकाबाट १४ करोडको निर्यात, बङ्गलादेशमा बढ्यो माग
Ways to Meet Your Soulmate

तपाईंले छुटाउनुभयो कि?