संविधान दिवसले लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनाओस् : पूर्वअध्यक्ष रेग्मी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन २, २०८०
|
|
७६ पटक हेरिएको
Shares
संविधान दिवसले लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनाओस् : पूर्वअध्यक्ष रेग्मी

सारांश

  • काठमाडौं ।
  • मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संवैधानिक विधि र विधानको पालना एवम् अनुसरण गर्दै लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
  • नवौँ संविधान दिवसका अवसरमा रासससँग कुराकानी गर्दै उनले संविधानको व्यावहारिक कार्यान्वयनलाई छिटो पूर्णता दिँदै लोकतन्त्रको प्रतिफल जनसमक्ष पुर्‍याउनु नै अहिलेको महत्वपूर्ण कार्यभार रहेको बताए ।

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संवैधानिक विधि र विधानको पालना एवम् अनुसरण गर्दै लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

नवौँ संविधान दिवसका अवसरमा रासससँग कुराकानी गर्दै उनले संविधानको व्यावहारिक कार्यान्वयनलाई छिटो पूर्णता दिँदै लोकतन्त्रको प्रतिफल जनसमक्ष पुर्‍याउनु नै अहिलेको महत्वपूर्ण कार्यभार रहेको बताए ।

पूर्वअध्यक्ष रेग्मीले भने, “ढिलो गर्ने छुट कति पनि छैन । तसर्थ, समस्या देखाएर होइन समाधान दिएर परिणाममुखी काम गर्न सके मात्र संविधानको मर्म र भावनाअनुरुप अघि बढिएको ठहर्छ ।” जनअपेक्षाअनुरुप परिणाममा संविधानको उद्देश्य प्रतिबिम्बित हुने कार्य सबैलाई आग्रह गर्दै उनले संविधान दिवस मनाउनुको सार्थकता सिद्ध गर्न सुझाव दिए ।

ऐतिहासिक सङ्घर्ष र आन्दोलनबाट भत्किँदै तथा फेरिँदै वर्तमान लोकतान्त्रिक संविधानको प्राप्ति र कार्यान्वयनमा आएको घटना स्मरण गराउँदै पूर्वअध्यक्ष रेग्मीले भने, “हामी समीक्षा गरौँ आठ वर्षमा जनताको आकाङ्क्षा र संविधानको भावनाअनुसार कति काम गर्न सक्यौँ र कति अगाडि बढ्न सक्यौँ  ?”

पूर्वप्रधानन्यायाधीश रेग्मीले भने, “संवैधानिक अभ्यासमा त्रुटिको कुरा राज्यका उच्च निकायलाई अदालतले पटक–पटक किन सम्झाउनु परिरहेछ ? लेखाजोखा गर्दै अघि बढ्नु आजको आवश्यकता हो ।”

सामाजिक मर्यादा भङ्ग हुने र स्व-अनुशासन भत्काउन उद्यत प्रवृत्तिले लोकतन्त्र, न्यायपूर्ण समाज, सामाजिक सद्भाव सुदृढ होला रु भनी प्रश्न गर्दै उनले शान्ति द्वन्द्वकालीन मुद्दाको १७ वर्षसम्म समाधान नहुँदा समाजमा द्वन्द्व र सङ्घर्षलाई सम्झाउने काम गरिरहेको बताए ।

पूर्वअध्यक्ष रेग्मीले संविधान कार्यान्वयनका लागि बनाइनुपर्ने कतिपय कानुन अझ निर्माण हुन बाँकी रहेको तथा सङ्घीयताको कार्यान्वयनमा गर्नुपर्ने काम समेत प्रसस्तै बाँकी रहेको बारे सरोकारवाला पक्षको ध्यानाकर्षण गराए । उनले संविधान दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुखद भविष्यका लागि शुभकामना दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुरु अस्त हुँदा पशुपतिमा यज्ञ गर्न लागिएको भन्दै कथाव्यास समितिको आपत्ति
गुरु अस्त हुँदा पशुपतिमा यज्ञ गर्न लागिएको भन्दै कथाव्यास समितिको आपत्ति
दोलखाको भीमेश्वर मन्दिरमा पसिना
दोलखाको भीमेश्वर मन्दिरमा पसिना
यसरी मिल्यो भागबण्डा : आजै मन्त्रीमण्डल विस्तार गर्ने देउवाको तयारी
यसरी जोगियो साउदी राजाको दरबार
यसरी जोगियो साउदी राजाको दरबार
प्रदेश प्रमुखमा नेता महन्थ ठाकुरका सम्धिदेखि सिएनएनका हिरोसम्म
प्रदेश प्रमुखमा नेता महन्थ ठाकुरका सम्धिदेखि सिएनएनका हिरोसम्म
एसइई परीक्षाका लागि सामग्री जिल्ला पठाउन शुरु
धर्ती नफाटुन्जेल सहिराख : ती दाइ भनाउँदा ब्यक्ति निद्रामै मेरो स्तन अँठयाइरहेका रहेछन
वारि र पारिकाे मिलेमताेमा सीमामा अपराध बढ्दै
वारि र पारिकाे मिलेमताेमा सीमामा अपराध बढ्दै
मनाेरञ्जन समाचार : बलिउड अभिनेत्री करीना अब राजनीतिमा, कांग्रेले उम्मेद्वार बनाउने तयारी
मनाेरञ्जन समाचार : बलिउड अभिनेत्री करीना अब राजनीतिमा, कांग्रेले उम्मेद्वार बनाउने तयारी
सर्वोच्चको आदेश उल्टियो, सिजीले मोवाइल सञ्चालन गर्न नपाउने
सर्वोच्चको आदेश उल्टियो, सिजीले मोवाइल सञ्चालन गर्न नपाउने

तपाईंले छुटाउनुभयो कि?