गोर्खा राईफल्सका एक्स–सर्विसमेन हवल्दार गुरुङ्गको ‘जुनी’ सार्वजनिक (भिडियोसहित)

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १८, २०७४
|
|
३८ पटक हेरिएको
Shares
गोर्खा राईफल्सका एक्स–सर्विसमेन हवल्दार गुरुङ्गको ‘जुनी’ सार्वजनिक (भिडियोसहित)

सारांश

  • अहिलेको अवस्थामा नेपाली गीत संगीतको आफ्नै फरक पन भईसकेको छ ।
  • धेरै नया नया कुराहरु नेपाली गीत संगीतमा देखिन थालिसकेको छ ।
  • नया प्रयोगले नेपाली गीत संगीतको स्तर पनि धेरै हदले बढाएको देखिन्छ ।

अहिलेको अवस्थामा नेपाली गीत संगीतको आफ्नै फरक पन भईसकेको छ । धेरै नया नया कुराहरु नेपाली गीत संगीतमा देखिन थालिसकेको छ । नया प्रयोगले नेपाली गीत संगीतको स्तर पनि धेरै हदले बढाएको देखिन्छ । यस्तै एउटा नया कुरा बाहिर आएको छ जुन सुन्दा केहि फरक लाग्न सक्छ तर यो सत्य नै हो । गित एक संगीत अनेक यो सुन्दा अलिक अनौठो लाग्छ तर यो कुरालाई एक्स-सर्विसमेन हवल्दार नीर प्रसाद गुरुङले सम्भव पारेका छन् । उनि रचनाकार हुन् । उनले नेपाली गीत संगीतको इतिहासमा पहिलो पटक एकल शब्द र संगीतमा एउटा पृथक नौलोपनको गीति सङ्ग्रह “जुनि” नामक एल्बम सबैको सामु लिएर आएका छन् जसमा गीतको शब्द एक छ तर उक्त शब्दमा संगीत अनेक छ ।

उनले सार्वजनिक गरेको “जुनि” एल्बममा ४ वटा गित समावेश गरिएको छ । उक्त ४ वटा गीतको शब्द एउटै रहेको छ तर उक्त एउटै शब्दको गीतमा श्रोताहरुले अलग अलग कम्पोज सहितको सुर लयमा गीत सुन्न पाउनुहुनेछ । यहि अनुरुप यति बेला उक्त एल्बमको “यो जुनिमा बाचुन्जेल सम्म” बोलको गीत सार्वजनिक भएको छ जसमा गायक प्रमोद खरेलको स्वर समावेश छ ।

यस गितका संगीत संयोजन बहुचर्चित बि. बि. अनुरागीले गरेका छन् । यस्तै गीतको दिपक सुनारले रेकर्डिङ र शुकुराम बिश्वकर्माले मिक्सिङ-मास्टेरिङ गरेका छन् । गीतको भिडियो पनि निकै राम्रो बनेको छ । प्रकाश धितालको निर्देशन र उत्सव दाहालको छायांकनमा भिडियोमा मोडेलहरु सनम कठायत र अन्जु चौलागाइले निकै नै उत्कृष्ट अभिनय गरेका छन् । भिडियोको सम्पादन गर्ने काम भने निशान घिमिरेले गरेका छन् ।

उक्त एल्बम भित्रको गीतको रचना एक्स-सर्विसमेन हवल्दार नीर प्रसाद गुरुङले एउटा पारिवारिक वातावरण लाई समेटेर बनाएको देखिन्छ । अधिकांशले गीतको शब्दको प्रशंसा गरेको पाईएको छ । सबैले यस गीतको शब्द सुन्दर पाउनुको मुख्य विशेषता भनेको गीत रचना गर्दा धेरै भन्दा धेरै शब्दको “अनुप्रास” मेल खाना आएको पाइन्छ । पढाईमा “एस एल सि” गरेपछी भारतिय सेनामा भर्ती भएर उनले मिलिटरी म्युजिक विङ्ग कलेज मध्य प्रदेश भारतबाट पश्चिमी संगीत ” डो- रे- मि- फा” बाट “ईन्टर अफ म्युजिक” को पढाई गरे ।

यसका साथै उनि संग सैन्य संगीत डिपार्ट्मेन्टमा नै १७ साल काम गरेको अनुभव पनि रहेको छ । इश्वी संवत १९८५ मा भारतीय सेनामा भर्ती भएर १४ गोर्खा ट्रेनिङ्ग सेन्टर हिमाचल प्रदेशको सुबाथुमा ट्रेनिङ्ग पूरा गरि सपथ लिएपछी जर्नल वीर अमर सिंह थापाको पल्टन “द मलौन रेजिमेन्ट” १/१ गोर्खा राईफल्समा सेवा गरेर हवल्दार रैन्कबाट इश्वी संवत २००२ मा सेवाबाट अवकाश लिएर हालमा निरन्तर नेपाली संगीत क्षेत्रमा उनि आबद्ध रहेका छन् । उनले आफ्नो यो एल्बम धेरै लामो समयको प्रयास रहेको बताएका छन् । धेरै सोच विचार र मेहेनत पछि आफुले यो काम सम्भव पारेको उनले बताए ।

उनको यो प्रयासले नेपाली गीत संगीतमा एउटा नयापन थपिएको छ । यस्तै यस्तै व्यक्तिहरुको प्रयासले नै आज सम्म नि नेपाली गीत संगीतको इतिहास ज्युदो रहेको देखिन्छ । नेपाली गीत संगीतको विकासको लागि आफु सधैब प्रयासरत रहेको उनको भनाई छ । उनि यति बेला नेपाल भन्दा बाहिर रहेका छन् । तर उनको मन नेपाली गीत संगीतमा छ । बिदेशमा ब्यस्त जीवनमा रहेका उनि गीत संगीतको लागि भने समयको कमि हुन् दिदैनन । उनले आफ्नो यो फरक प्रयासलाई सबैले साथ दिने विश्वास रहेका छन् । आफ्नो यो प्रस्तुति हेरेर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाब प्रदान गरिदिनुहुनको लागि उनले सबैलाई बिनम्र अनुरोध गरेका छन् ।

https://www.youtube.com/watch?v=3SbHM0urfQY

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरोपीका आमा–बुवा भन्छन्–मेरो छोरालाई फासी होस्
आरोपीका आमा–बुवा भन्छन्–मेरो छोरालाई फासी होस्
विजया दशमीले संकटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
विजया दशमीले संकटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
भक्तपुरमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते
भक्तपुरमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते
गठबन्धन-लोसपाबीच मधेश प्रदेशमा मात्र तालमेल, प्रतिनिधिसभातर्फ ७ सिट पायो
गठबन्धन-लोसपाबीच मधेश प्रदेशमा मात्र तालमेल, प्रतिनिधिसभातर्फ ७ सिट पायो
नेपालको पानी कतारमा निर्यात गर्न छलफल
नेपालको पानी कतारमा निर्यात गर्न छलफल
कोरोनाभाइरसबाट नेपालसहित दक्षिण एसियामा कहाँ, कति सङ्क्रमण ?
कोरोनाभाइरसबाट नेपालसहित दक्षिण एसियामा कहाँ, कति सङ्क्रमण ?
उपेन्द्र यादव भन्छन् : मधेस र मधेसी जनताको लागि एमालेले भोट माग्ने नैतिकता गुमाएको छ
उपेन्द्र यादव भन्छन् : मधेस र मधेसी जनताको लागि एमालेले भोट माग्ने नैतिकता गुमाएको छ
 राष्ट्रिय जनता पार्टीले टेरेन निर्वाचन आयोगको निर्देशन
 राष्ट्रिय जनता पार्टीले टेरेन निर्वाचन आयोगको निर्देशन
प्रधानमन्त्री ओलीको विदेशीसँग साँठगाँठ रहेको भीम रावलको आरोप
प्रधानमन्त्री ओलीको विदेशीसँग साँठगाँठ रहेको भीम रावलको आरोप

तपाईंले छुटाउनुभयो कि?