सप्तरीमा छठ पूजाघाट सजाउँदै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
५२ पटक हेरिएको
Shares
सप्तरीमा छठ पूजाघाट सजाउँदै

सारांश

  • राजविराज, ९ कात्तिक   छठपर्व मनाउनका लागि सप्तरीका विभिन्न जलाशयलाई विहानैदेखि सजाउने कार्य भइरहेको छ ।
  • छठपर्व शुरु हुनुअघि नै सप्तरीको राजविराजसहित जिल्लाको विभिन्न तालतलाउ, खोला र नदीमा आज सरसफाइ गर्दै पूजाघाट बनाउने कार्य तीव्ररुपमा भइरहेको छ ।
  • सप्तरीको सदरमुकाम राजविराजमा रहेको कल्टु पोखरी, तुरुन्ती र भगवती पोखरीसहितका पोखरीमा वर्षौंदेखि थुपारिएको फोहरलाई सफा गरी आज (बेलुकी) अस्ताउँदो सूर्यको अर्घ दिनको लागि आज बिहानैदेखि घाटको सरसफाइ एवं घाट निर्माण कार्य तीव्ररुपमा भइरहेको राजविराज–३ का विजय रजकले बताउनुभयो ।

राजविराज, ९ कात्तिक   छठपर्व मनाउनका लागि सप्तरीका विभिन्न जलाशयलाई विहानैदेखि सजाउने कार्य भइरहेको छ ।

छठपर्व शुरु हुनुअघि नै सप्तरीको राजविराजसहित जिल्लाको विभिन्न तालतलाउ, खोला र नदीमा आज सरसफाइ गर्दै पूजाघाट बनाउने कार्य तीव्ररुपमा भइरहेको छ ।

सप्तरीको सदरमुकाम राजविराजमा रहेको कल्टु पोखरी, तुरुन्ती र भगवती पोखरीसहितका पोखरीमा वर्षौंदेखि थुपारिएको फोहरलाई सफा गरी आज (बेलुकी) अस्ताउँदो सूर्यको अर्घ दिनको लागि आज बिहानैदेखि घाटको सरसफाइ एवं घाट निर्माण कार्य तीव्ररुपमा भइरहेको राजविराज–३ का विजय रजकले बताउनुभयो ।

सफा गरिएको पोखरीमा कागज, केलाको बोट र अशोकको पात तथा विद्युतीय बत्तीबाट सजाउने कार्यसमेत भइरहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै सप्तरी र सुनसरीको सिमानामा पर्ने भारदहस्थित सप्तकोशी ब्यारेजमा पनि आज बिहानैदेखि सफाइ तथा सजाउने कार्य भइरहेको स्थानीय वीरेन्द्र प्रमाणीले जानकारी दिनुभयो ।

बिशेषगरी भारत सुपौल जिल्लाको वीरपुर र भीमनगरलगायत सप्तरी र सुनसरी जिल्लाका विभिन्न शहरका व्यक्ति छठपर्व मनाउनका लागि प्रत्येक वर्ष यहाँ आउने गर्छन् । छठ पर्व मनाउनका लागि कोशी ब्यारेजमा करिब एक किलोमिटरसम्म घाट निर्माण गरिएको बताइएको छ ।

परिवारको सुख, सुस्वास्थ्य, समृद्धि र शान्तिको कामनाका लागि मनाइने यो पर्व आज साँझ अस्ताउँदो र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन हुने छ ।

छठ सामग्रीको मूल्य बृद्धि
छठ पर्वमा प्रसादका रूपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसबाट निर्मित नाङ्लो, कोनियाँ र माटाका भाडाकँुडालगायतका सामानको मूल्य दोब्बरभन्दा बढीले बृद्धि भएकाले आमउपभोक्ता मारमा परेका छन् ।

यसको नियन्त्रणका लागि सम्बन्धित निकायले समेत कुनै चासो नदेखाएकाले व्यापारीलाई बढी फाइदा र उपभोक्तलाई घाटा भइरहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चौँतीस वर्षदेखि १८० बिघा सरकारी जमीन अतिक्रमित
चौँतीस वर्षदेखि १८० बिघा सरकारी जमीन अतिक्रमित
The 1975’s Liberating New Song Dares You To ‘Give Yourself A Try’
The 1975’s Liberating New Song Dares You To ‘Give Yourself A Try’
फाँसीपछि तीन दिन शव झुण्ड्याउने फैसलाविरुद्ध मुर्सरफको पुनरावेदन
फाँसीपछि तीन दिन शव झुण्ड्याउने फैसलाविरुद्ध मुर्सरफको पुनरावेदन
काठमाडाँ उपत्यकामा शनिवार थपिए ११७७ कोरोना संक्रमित
काठमाडाँ उपत्यकामा शनिवार थपिए ११७७ कोरोना संक्रमित
देउवा–खड्का पुरानो सम्बन्ध धरापमा, गुट परिवर्तन गर्ने मुडमा खड्का
देउवा–खड्का पुरानो सम्बन्ध धरापमा, गुट परिवर्तन गर्ने मुडमा खड्का
उपेन्द्रलाई बेवास्ता गर्दै ओली-प्रचण्डको मोह राजेन्द्र महतोप्रति !
उपेन्द्रलाई बेवास्ता गर्दै ओली-प्रचण्डको मोह राजेन्द्र महतोप्रति !
‘दुवै हातमा लड्ड्’ भन्दाभन्दै देउवा झन् अप्ठ्यारोमा
‘दुवै हातमा लड्ड्’ भन्दाभन्दै देउवा झन् अप्ठ्यारोमा
पूर्व मिस नेपाल मलिना बनिन् मिस नेपाल यूएसको प्रशिक्षक
पूर्व मिस नेपाल मलिना बनिन् मिस नेपाल यूएसको प्रशिक्षक
विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
चिनियाँ नेता येझाउसहितको टोलीद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता
चिनियाँ नेता येझाउसहितको टोलीद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?