प्रशिक्षण शिविर उद्घाटन उपप्रधानमन्त्री थापा

Abhiyanpost Abhiyanpost
|
शनिबार, कार्तिक १८, २०७४
|
|
६० पटक हेरिएको
Shares
प्रशिक्षण शिविर उद्घाटन  उपप्रधानमन्त्री थापा

सारांश

  • उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक संस्कारबाट सुशासन ल्याउन र वर्तमान संविधानलाई कार्यान्वयन गर्नेतर्फ आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई अनिवार्यरुपमा सफल तुल्याउन प्रमुख दलहरु नै सक्रिय हुनुपर्ने बताउनुभएको छ ।
  • उहाँले राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज हेटौँडामा आयोजित दुईदिने प्रशिक्षण प्रशिक्षक शिविरको उद्घाटन गर्दै मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन निर्वाचन नै प्रमुख माध्यम रहेको चर्चा गर्नुभयो ।
  • उहाँले राष्ट्रमा राजनीतिक परिवर्तन भए पनि जनताले आर्थिक समृद्धि, मौलिक हकको प्रत्याभूति र आर्थिक आत्मनिर्भर महसुस गर्न नसकेकाले अहिले हुन लागेको निर्वाचनबाट जनताको मुहारमा उज्यालो छर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक संस्कारबाट सुशासन ल्याउन र वर्तमान संविधानलाई कार्यान्वयन गर्नेतर्फ आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई अनिवार्यरुपमा सफल तुल्याउन प्रमुख दलहरु नै सक्रिय हुनुपर्ने बताउनुभएको छ ।

उहाँले राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज हेटौँडामा आयोजित दुईदिने प्रशिक्षण प्रशिक्षक शिविरको उद्घाटन गर्दै मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन निर्वाचन नै प्रमुख माध्यम रहेको चर्चा गर्नुभयो ।

उहाँले राष्ट्रमा राजनीतिक परिवर्तन भए पनि जनताले आर्थिक समृद्धि, मौलिक हकको प्रत्याभूति र आर्थिक आत्मनिर्भर महसुस गर्न नसकेकाले अहिले हुन लागेको निर्वाचनबाट जनताको मुहारमा उज्यालो छर्ने बताउनुभयो ।

कार्यक्रममा राप्रपाका केन्द्रीय प्रशिक्षण संयोजक भुवन पाठकले राष्ट्रको स्वतन्त्रता, संसदीय प्रजातन्त्रको सुदृढीकरणका साथै जनताको आर्थिकस्तर माथि उठाउन र पार्टीको नीति सिद्धान्तलाई जनताको घरदैलोमा पु¥याउन पार्टीले निर्वाचनका क्रममा पार्टीका केन्द्रीय पदाधिकारी, जिल्लाका पदाधिकारीलाई प्रशिक्षण दिन लागेको बताउनुभयो ।

दुई दिनसम्म चल्ने उक्त प्रशिक्षणमा प्रदेश नं १, २ र ३ का जिल्लास्तरका अध्यक्ष, सचिव, कोषाध्यक्ष र केन्द्रीय पदाधिकारी गरी २५५ जनाको सहभागिता रहेको प्रशिक्षण आयोजक समितिले जनाएको छ ।

(https://jeepadvices.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिभरपुल काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश
लिभरपुल काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश
जाजरकोटमा शक्तिशाली भूकम्प, ४० जनाको मृत्यु
जाजरकोटमा शक्तिशाली भूकम्प, ४० जनाको मृत्यु
उडिरहेको एक विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि आपत्कालीन अवतरण
उडिरहेको एक विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि आपत्कालीन अवतरण
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिकमा खतिवडा
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिकमा खतिवडा
बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन
बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन
कोरोना रोकथाम र नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्दै युवा संघ, अध्यक्ष पौडेलद्वारा ८ बुँदे निर्देशन
कोरोना रोकथाम र नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्दै युवा संघ, अध्यक्ष पौडेलद्वारा ८ बुँदे निर्देशन
कार्यदलको प्रतिवेदनपछि पार्टी एकताको औपचारिक घोषणाः प्रचण्ड
कार्यदलको प्रतिवेदनपछि पार्टी एकताको औपचारिक घोषणाः प्रचण्ड
सुनको मुल्य घट्यो, प्रतितोला ९२ हजार
सुनको मुल्य घट्यो, प्रतितोला ९२ हजार
अध्यक्ष नेपालद्वारा सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी
अध्यक्ष नेपालद्वारा सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी
क्रिकेट खेलाडी शक्तिले खेल मैदानमै आँसु झार्दै विदाइ भए
क्रिकेट खेलाडी शक्तिले खेल मैदानमै आँसु झार्दै विदाइ भए

तपाईंले छुटाउनुभयो कि?