प्रधानमन्त्री देउवा चुनावी दौडाहामा

Abhiyanpost Abhiyanpost
|
शनिबार, कार्तिक २५, २०७४
|
|
६२ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवा चुनावी दौडाहामा

सारांश

  • पाँचथर, २५ कात्तिक : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज पाँचथर, ताप्लेजुङ र सोलुखुम्बुको चुनावी आमसभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।
  • प्रधानमन्त्री देउवाले पाँचथरको फिदिम नगरपालिकामा रहेको लब्रेकुटीमा फाल्गुनन्दको १३३ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
  • आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी आमसभालाई सम्बोधन गर्न पूर्व क्षेत्रमा निस्किने क्रममा प्रधानमन्त्री देउवाले आमसभालाई सम्बोधन गर्नु अघि ताप्लेजुङमा रहेको पाथीभरा देवीको दर्शन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस ताप्लेजुङले जनाएको छ ।

पाँचथर, २५ कात्तिक : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज पाँचथर, ताप्लेजुङ र सोलुखुम्बुको चुनावी आमसभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाले पाँचथरको फिदिम नगरपालिकामा रहेको लब्रेकुटीमा फाल्गुनन्दको १३३ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हुनुहुन्छ ।

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी आमसभालाई सम्बोधन गर्न पूर्व क्षेत्रमा निस्किने क्रममा प्रधानमन्त्री देउवाले आमसभालाई सम्बोधन गर्नु अघि ताप्लेजुङमा रहेको पाथीभरा देवीको दर्शन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस ताप्लेजुङले जनाएको छ । पाथीभरा दर्शनपछि ताप्लेजुङको तोक्मेडाँडामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

तोक्मेको आमसभापछि प्रधानमन्त्री देउवाले पाँचथर र सोलुखुम्बुको चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङले जानकारी दिनुभयो । सभापति देउवासँगै काँग्रेस नेता बालकृष्ण खाँण पनि आमसभामा आउने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा ताप्लेजुङ आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो । जिल्लास्तरीय कार्यक्रमलाई ताप्लेजुङमा प्रधानमन्त्री देउवा, नेता खाँण, पाँचथर प्रतिनिधिसभाका उम्मेदवार भीष्मराज आङदेम्बे, प्रदेशसभा उम्मेदवार नरेन्द्रकुमार केरुङ, सुरेन्द्रकुमार दाहाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपभोक्ता स्वास्थ्य जोगाउन बजारमा सरकारको छापा: सयभन्दा बढी नक्कली वस्तु नियन्त्रणमा
उपभोक्ता स्वास्थ्य जोगाउन बजारमा सरकारको छापा: सयभन्दा बढी नक्कली वस्तु नियन्त्रणमा
कांग्रेस महासमिति बैठक लम्बिने संकेत
कांग्रेस महासमिति बैठक लम्बिने संकेत
कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छः नेत्री सुजाता कोइराला..
कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छः नेत्री सुजाता कोइराला..
कोशी अञ्चल यातायातका लेखापाल घुससहित पक्राउ
कोशी अञ्चल यातायातका लेखापाल घुससहित पक्राउ
वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन
वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन
घोराहीमा बन्न थाल्यो चालीस लाखको लागतमा मनदिल भ्यूटावर
घोराहीमा बन्न थाल्यो चालीस लाखको लागतमा मनदिल भ्यूटावर
ओलीको नेतृत्वमा माघ ७ गतेभित्र नयाँ सरकार बन्छ : महेश बस्नेत
ओलीको नेतृत्वमा माघ ७ गतेभित्र नयाँ सरकार बन्छ : महेश बस्नेत
केसीको निधनमा कांग्रेसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने
केसीको निधनमा कांग्रेसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने
एसइईको नतिजा प्रकाशित
एसइईको नतिजा प्रकाशित
सङ्घीय संसद्को अधिवेशन आजदेखि सुरु हुँदै, यस्तो छ कार्यसूची
सङ्घीय संसद्को अधिवेशन आजदेखि सुरु हुँदै, यस्तो छ कार्यसूची

तपाईंले छुटाउनुभयो कि?