घोराहीमा बन्न थाल्यो चालीस लाखको लागतमा मनदिल भ्यूटावर

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन १, २०७४
|
|
६० पटक हेरिएको
Shares
घोराहीमा बन्न थाल्यो चालीस लाखको लागतमा मनदिल भ्यूटावर

सारांश

  • काठमाडौं, १ फागुन ।
  • घोराही उपमहानगरपालिकाको ढोडेनीमा करीव ४० लाखको लागतमा भ्यूटावर निर्माण हुने भएको छ ।
  • सिटीभिजन इन्टरनेशनल इनर्जी कम्पनी प्रालि बुटवलसँग ३ महिनाभित्र काम सम्पन्न गर्ने सहमति भएको छ ।

काठमाडौं, १ फागुन । घोराही उपमहानगरपालिकाको ढोडेनीमा करीव ४० लाखको लागतमा भ्यूटावर निर्माण हुने भएको छ । सिटीभिजन इन्टरनेशनल इनर्जी कम्पनी प्रालि बुटवलसँग ३ महिनाभित्र काम सम्पन्न गर्ने सहमति भएको छ ।

छानासहित १७ मिटर अग्लो “मनदिल भ्यूटावर” निर्माण गर्नका लागि पुन परिवारको आर्थिक सहयोग हुने भएको छ । अरनेरी क्याप्टेन मनबहादुर पुन र दिलमाया पुनमगरको नामबाट निर्माण गरिने भ्यूटावरका लागि पुन परिवारका जेठा छोरा सिङ्गापुर सेनाका सेवानिवृत्त निरीक्षक गुमानबहादुर पुन र मालती पुन, माइला छोरा व्यवसायी तथा दाङ जिल्ला फुटबल संघका महासचिव नरेन्द्र पुन र रन्जिता पुन, कान्छा छोरा डा. वसन्त पुन र डा. सनिता गुरूङ पुन लगायत पुन परिवारको बौद्ध गुम्बासँग सहमति अनुसार उक्त कामको थालनी गरिएको हो ।

भ्यूटावर बनिसकेपछि टिकटबाट उठेको रकम भ्यूटावर संरक्षण, बौद्ध गुम्वालाई सहयोग र बाँकी सबै बालमन्दिर स्कूलका विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्नमा खर्च गर्ने सहमति भएको छ । यसबाट दाङको पर्यटनको विकासमा पनि सहयोग मिल्ने माइला छोरा नरेन्द्र पुनले बताए । उक्त भ्यूटावरबाट दाङ उपत्यकाको पूरै दृश्यावलोकन गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बसभित्रै चुरोट पिउनेदेखि ट्वाइलेसटसम्म : काठमाडौँ–लुम्बिनी पर्यटकीय यातायात
बसभित्रै चुरोट पिउनेदेखि ट्वाइलेसटसम्म : काठमाडौँ–लुम्बिनी पर्यटकीय यातायात
कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, दुईको मृत्यु, सय जना घाइते
कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, दुईको मृत्यु, सय जना घाइते
-र्यापर गायक ‘यमबुद्ध’को शव नेपाल ल्याई अन्त्येष्टि (भिडियो सहित्)
सुडानः मूल्यवृद्धि विरुद्धको प्रर्दशनमा १९ जनाको मृत्यु
सुडानः मूल्यवृद्धि विरुद्धको प्रर्दशनमा १९ जनाको मृत्यु
राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट
राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट
बसाइँसराइ रोक्न स्थानीय तहलाइ चुनौती
बसाइँसराइ रोक्न स्थानीय तहलाइ चुनौती
लाइसेन्समा पास गराइदिन फेल भएका डाक्टरको गगन थापालाई फोन !
लाइसेन्समा पास गराइदिन फेल भएका डाक्टरको गगन थापालाई फोन !
मेसीलाई उनैले लगानी गरेको स्वास्थ्य चौकी उद्घाटन गर्न नेपालमा निम्तो
मेसीलाई उनैले लगानी गरेको स्वास्थ्य चौकी उद्घाटन गर्न नेपालमा निम्तो
३३ वर्षीय प्रेमीकाका साथ सरकारी निवास सरे बेलायती प्रधानमन्त्री
३३ वर्षीय प्रेमीकाका साथ सरकारी निवास सरे बेलायती प्रधानमन्त्री
How to Find Love upon Matrimony Sites

तपाईंले छुटाउनुभयो कि?