जब म्याराडोनाले मेसीको जर्सी बोकेर हुटिङ गरिरहेका थिए …

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
५७ पटक हेरिएको
Shares
जब म्याराडोनाले मेसीको जर्सी बोकेर हुटिङ गरिरहेका थिए …

सारांश

  • सन् १९८६ को विश्वकप अर्जेन्टिनाले जित्दा नायक थिए डिएगो म्याराडोना।
  • त्यही सफलताले उनलाई महान् खेलाडी बनायो।
  • उनी प्रतियोगितकै सर्बोत्कृष्ट खेलाडी पनि भएका थिए।

सन् १९८६ को विश्वकप अर्जेन्टिनाले जित्दा नायक थिए डिएगो म्याराडोना। त्यही सफलताले उनलाई महान् खेलाडी बनायो। उनी प्रतियोगितकै सर्बोत्कृष्ट खेलाडी पनि भएका थिए। लगत्तै सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिना फाइनल पुगेको थियो र उपाधि जित्‍न सकेन।

म्याराडोना र अर्जेन्टिनाले जितेको उक्त उपाधिका कारण हरेक विश्वकपको पुर्वसन्ध्यादेखि अर्जेन्टिनाको चर्चा हुन्छ। म्याराडोनायता अर्जेन्टिनाले विश्वकप उपाधि जित्न सकेको छैन। सन् २०१० मा म्याराडोना आफै प्रशिक्षक थिए तर अर्जेन्टिना क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेन।

चार वर्षअघि ब्राजिलमा सम्पन्न पछिल्लो विश्वकपमा अर्जेन्टिना फाइनल पुग्यो तर उपाधि जित्न असफल भयो। समकालिन फुटबलमा महान् खेलाडी लियोनल मेसीले अर्जेन्टिनाका लागि उपाधि जित्न नसकेकोमा उनको कमजोरी औंल्याउँने गरिएको छ।

पाँच पटक फिफा वर्ष खेलाडी अवार्ड र क्लबस्तरमा सबै सफलता हात पारिसकेका मेसीकै प्रेरणामा अर्जेन्टिना अघिल्लो विश्वकपमा फाइनल पुगेको थियो।

जारी विश्वकपमा मेसी र अर्जेन्टिना टोलीमात्र रुस गएका छैनन्,  म्याराडोनाले पनि दर्शक दिर्घामा बसेर अर्जेन्टिनाको हौसला बढाइरहेका छन्। मेसीको यो सम्भावित अन्तिम विश्वकप भएकाले पनि म्याराडोनाले मेसीको हौसला बढाइरहेका छन्।

तर उनको हौसला परिणाममुखी हुन सकेको छैन। पहिलो खेलमा आईसल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना समूहगत चरणको दोस्रो खेलमा बिहीबार राती क्रोएसियासँग ३-० गोलले पराजित भएपछि पहिलो चरणबाटै बाहिरिने सम्भावना बढेको छ।

बिहीबार क्रोएसियाविरुद्धको खेलमा मेसीको जर्सी बोकेर खेल हेरिरहेका म्याराडोना टोलीको कमजोर प्रदर्शन र असफलता तथा क्रोएसियाको लगातारको गोलका कारण निकै निराश देखिए। म्याराडोना स्तब्ध भए। 

(https://www.speedclean.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामूख र उपसभामूख बारे प्रचण्डको यस्तो जवाफ !
सभामूख र उपसभामूख बारे प्रचण्डको यस्तो जवाफ !
कोरोना संक्रमित महिलाले छोरा जन्माइन्
कोरोना संक्रमित महिलाले छोरा जन्माइन्
निर्मला पन्त प्रकरण: आफूलाई राजा साहेब ठानेका विष्टले अन्य प्रहरीलाई पनि आफूसँगै अनुसन्धानमा ताने !
निर्मला पन्त प्रकरण: आफूलाई राजा साहेब ठानेका विष्टले अन्य प्रहरीलाई पनि आफूसँगै अनुसन्धानमा ताने !
Snail mail Order Brides – Comfortable, Well-Educated, Distinct, and Ready to Start a Family
मन्त्री बस्नेतकाे दाबी: पाँच वर्षभित्र स्वास्थ्य सेवा निःशुल्क गर्ने आधार तयार गर्छु
मन्त्री बस्नेतकाे दाबी: पाँच वर्षभित्र स्वास्थ्य सेवा निःशुल्क गर्ने आधार तयार गर्छु
अमेरिकाले अफगानिस्तानबाट आफ्ना ५४ सय सेना फिर्ता लैजाने
अमेरिकाले अफगानिस्तानबाट आफ्ना ५४ सय सेना फिर्ता लैजाने
सरकारी कार्यालयमा व्यापक आर्थिक अपारदर्शिता
‘Dhadak’ director reveals the atmosphere on sets after Janhvi Kapoor resumed shooting post Sridevi’s demise!
‘Dhadak’ director reveals the atmosphere on sets after Janhvi Kapoor resumed shooting post Sridevi’s demise!
मकवानपुरमा पनि लागु औषध बिरुद्द्को अन्तरास्ट्रिय दिवस मनाइयो
मकवानपुरमा पनि लागु औषध बिरुद्द्को अन्तरास्ट्रिय दिवस मनाइयो
भारतीय पाइलट अभिनन्नदलाई वाघा सीमाबाट भारतलाई बुझाउने
भारतीय पाइलट अभिनन्नदलाई वाघा सीमाबाट भारतलाई बुझाउने

तपाईंले छुटाउनुभयो कि?