कानून अभावमा निर्वाचन रोकिँदैनः कानूनमन्त्री

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन १, २०७४
|
|
३८ पटक हेरिएको
Shares
कानून अभावमा निर्वाचन रोकिँदैनः कानूनमन्त्री

सारांश

  • पोखरा ।
  • कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले कानूनको अभावमा देशका कुनै पनि निर्वाचन नरोकिने बताएका छन् ।
  • पोखराबाट प्रकाशन हुने ‘समाधान’ राष्ट्रिय दैनिकको आज यहाँ आयोजित १६ औँ वार्षिकोत्सव समारोहमा उनले संविधानको कार्यान्वयनका लागि सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्वलाई आत्मसात् गर्दै दृढ विश्वासका साथ आवश्यक कानून निर्माणको कार्य अघि बढेको बताए ।

पोखरा । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले कानूनको अभावमा देशका कुनै पनि निर्वाचन नरोकिने बताएका छन् ।

पोखराबाट प्रकाशन हुने ‘समाधान’ राष्ट्रिय दैनिकको आज यहाँ आयोजित १६ औँ वार्षिकोत्सव समारोहमा उनले संविधानको कार्यान्वयनका लागि सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्वलाई आत्मसात् गर्दै दृढ विश्वासका साथ आवश्यक कानून निर्माणको कार्य अघि बढेको बताए ।

सो अवसरमा व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले अबको पत्रकारिता विकास र समृद्धिका लागि र राजनीति विकासका लागि हुनुपर्नेमा जोड दिँदै सञ्चार जगत् निराशा नभई सकारात्मक सोच र धारणा अभिवृद्धि गराउनेतर्फ उन्मुख बन्नुपर्नेमा जोड दिए ।

‘समाधान’ का प्रधानसम्पादक नारायण कार्कीले आगामी दिनमा निरन्तर रचानात्मक सुझाव तथा सहयोगको माग गरे । पत्रिकाका सम्पादक रामकृष्ण ज्ञवालीले पत्रकारिता क्षेत्रमा नै अघोषित प्रतिबन्ध जस्तो जर्जरपूर्ण अवस्थामा २०५९ असोज १ देखि समाजलाई सुसूचित गर्ने लक्ष्यका साथ सञ्चालित पत्रिकाले जनताका लागि निरन्तर पत्रकारिता गर्दै आएको बताए ।

समाधान मिडिया प्रालिका अध्यक्ष उमानाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा यस वर्षको उत्कृष्ट वितरक सम्मान कृष्ण नेपाली, उत्कृष्ट बजार सम्मान महेन्द्र ढुंगाना र उत्कृष्ट समाचारदाता सम्मान अर्जुन गिरीलाई दिइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या
श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या
अधिकारकर्मी खतिवडाको प्रश्न: सेवाको लागी पहुँचवालाहरु वाट सिफारीस गर्ने कहिलेसम्म ?
अधिकारकर्मी खतिवडाको प्रश्न: सेवाको लागी पहुँचवालाहरु वाट सिफारीस गर्ने कहिलेसम्म ?
‘रञ्जित तामाङ एमाले मुख्यालयमा र नविना लामा पेरिसडाँडामा अनसन बस्ने’
‘रञ्जित तामाङ एमाले मुख्यालयमा र नविना लामा पेरिसडाँडामा अनसन बस्ने’
नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १०८ कार्टुन मदिरा बरामद
नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १०८ कार्टुन मदिरा बरामद
एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीति छाड्छु  : घर्ती
एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीति छाड्छु : घर्ती
बुधवार अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित पुष्टि
बुधवार अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित पुष्टि
‘म आफैं जेल जान्थे’, तर छोरीको विवाहपछि : गायक प्रकाश ओझा
‘म आफैं जेल जान्थे’, तर छोरीको विवाहपछि : गायक प्रकाश ओझा
“मदनभण्डारीले भन्नुभएको छ,राजनीतिको रङ्ग खैरो र रेडक्रसको  रङ्ग हरियो हुन्छ रे “-पूर्वउद्योगमन्त्री बस्नेत
“मदनभण्डारीले भन्नुभएको छ,राजनीतिको रङ्ग खैरो र रेडक्रसको रङ्ग हरियो हुन्छ रे “-पूर्वउद्योगमन्त्री बस्नेत
पहिराले अरनिको राजमार्ग ठप्प
पहिराले अरनिको राजमार्ग ठप्प
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार

तपाईंले छुटाउनुभयो कि?