सफा गर्नुपूर्व रानीपोखरीको माटाको सर्वेक्षण

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन २, २०७३
|
|
५०४ पटक हेरिएको
Shares
सफा गर्नुपूर्व रानीपोखरीको  माटाको सर्वेक्षण

सारांश

  • रानीपोखरी सफा गर्नुपूर्व आज पोखरीमा रहेको माटाको सर्वेक्षण गरिएको छ ।
  • गत वर्ष वैशाख १२ को भूकम्पका कारण पोखरीका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरी र वरपरसमेत क्षति पुगेको थियो ।
  • उक्त पोखरी पुनःनिर्माणकै अवसर पारी सयौँ वर्षपछि सफा गर्न लागिएको हो ।

रानीपोखरी सफा गर्नुपूर्व आज पोखरीमा रहेको माटाको सर्वेक्षण गरिएको छ ।

गत वर्ष वैशाख १२ को भूकम्पका कारण पोखरीका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरी र वरपरसमेत क्षति पुगेको थियो । उक्त पोखरी पुनःनिर्माणकै अवसर पारी सयौँ वर्षपछि सफा गर्न लागिएको हो । पोखरीमा रहेको माटाले सोस्नुपर्ने भन्दा बढी पानी सोसेकाले खानी तथा भूगर्भ विभागले उक्त माटो सर्वेक्षण गरेकोे रानीपोखरीको पुनःनिर्माणको जिम्मा पाएको छ ।

आज गरिएको सर्वेक्षण नतिजा दुई दिनपछि मात्र आउनेछ । नतिजापछि उक्त माटो पोखरीमा रहनका लागि कतिको उपयुक्त छ भन्ने जानकारी पाइने छ ।

दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराइएको इतिहासमा उल्लेख छ । धेरै नदी, कुण्ड र तीर्थस्थलका जलले भरिएको ऐतिहासिक महत्व बोकेको ‘विष्णुतीर्थ’को पुनःनिर्माणको मौका छोपी पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदैछ । गत पुसको पहिलो सातामा नै पोखरीमा रहेका माछा बालाजु बाइसधारा र कमलपोखरीमा सारी पोखरी सफा गर्ने तयारी रहे पनि विविध कारणले गर्दा ढिला भइरहेको छ ।

(hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?