गोबिन्द बल्लभ पन्त नेफ्सा एवार्ड ढकाललाई

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
४९ पटक हेरिएको
Shares
गोबिन्द बल्लभ पन्त नेफ्सा एवार्ड ढकाललाई

सारांश

  •   काठमाडौ, २६ कार्तिक।
  • देशभरका बीटेक खाद्य प्रविधिमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई प्रत्येक   बर्ष प्रदान गरिने ‘गोविन्द बल्लभ पन्त नेफ्सा एवार्ड’ सन २०१७ का प्रकृति ढकाललाई प्रदान गरिएको छ।
  • त्रिभुवन विश्वबिद्यालयबाट पदमश्री इन्टरनेशनल कलेज काठमाडौंकी प्रकृति ढकाललाई प्रदान  गरिने जानकारी गोबिन्द बल्लभ पन्त नेफ्सा स्मृति  ट्रस्टका उपाध्यक्ष तथा वरिष्ठ  खाद्य  बैज्ञानिक हरिहर गुरागाईले दिएका छन्।

 

काठमाडौ, २६ कार्तिक। देशभरका बीटेक खाद्य प्रविधिमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई प्रत्येक   बर्ष प्रदान गरिने ‘गोविन्द बल्लभ पन्त नेफ्सा एवार्ड’ सन २०१७ का प्रकृति ढकाललाई प्रदान गरिएको छ।

त्रिभुवन विश्वबिद्यालयबाट पदमश्री इन्टरनेशनल कलेज काठमाडौंकी प्रकृति ढकाललाई प्रदान  गरिने जानकारी गोबिन्द बल्लभ पन्त नेफ्सा स्मृति  ट्रस्टका उपाध्यक्ष तथा वरिष्ठ  खाद्य  बैज्ञानिक हरिहर गुरागाईले दिएका छन्।

ट्रस्टका उपाध्यक्ष हरिहर गुरागाई ( क्यानडा ) , डा. भवानी चम्लागाई  ( फिनल्यान्ड ), नवराज दाहाल ( नेपाल ) र अमुल घिमिरे ( नेपाल) रहेको खाध्य बैज्ञानिकहरुको मूल्याकंन टोलीले ट्रस्टको मापदण्ड अनुसार प्राप्त निबेदनहरु बाट यो नतिजा प्रकाशित गरेका हुन ।

ट्रस्टका  अध्यक्ष हिक्मत थापाका अनुसार गत छ बर्ष देखी दिइदै आएको यो पुरस्कारले नेपालका विश्वबिधालयमा  खाध प्रबिधीमा अध्ययनरत विद्यार्थीहरुलाई हौसला मिलिरहेको विश्वाश गरिएको छ |यस अघि सन २०१७ को पुर्बान्चल बिश्वबिद्यालयको लागि यो पुरस्कार क्याफोडाट कलेज काठमाडौ कि अनु अर्याललाई प्रदान गरि सकिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?