दशै बिदामा घर गएका प्रअ फर्केनन्, गणित र अंग्रेजीको पढाइ ठप्प

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
५४ पटक हेरिएको
Shares
दशै बिदामा घर गएका प्रअ फर्केनन्, गणित र अंग्रेजीको पढाइ ठप्प

सारांश

  • ३० कात्तिक, दार्चुला ।
  • जिल्लाको मार्मा गाउँपालिका–६ शेरीमा रहेको मालिकार्जुन प्राविका प्रधानाध्यापक (प्रअ) मणिराज आचार्य दशैं बिदामा घर गए पनि अझै  फर्केका छैनन् ।
  • उनी विद्यालयमा अनुपस्थित हुँदा पठनपाठन प्रभावित बनेको छ ।

३० कात्तिक, दार्चुला । जिल्लाको मार्मा गाउँपालिका–६ शेरीमा रहेको मालिकार्जुन प्राविका प्रधानाध्यापक (प्रअ) मणिराज आचार्य दशैं बिदामा घर गए पनि अझै  फर्केका छैनन् । उनी विद्यालयमा अनुपस्थित हुँदा पठनपाठन प्रभावित बनेको छ ।

सुनसरी स्थायी घर भएका प्रअ आचार्य विद्यालय व्यवस्थापनलाई जानकारी नै नगराइ अनुपस्थित रहेको अभिभावकहरुको गुनासो छ ।

शिक्षक अभिभावक संघका सदस्य शंकरसिंह धामीले विना जानकारी प्रअ अनुपस्थित हुँदा पठनपाठन र प्रशासनिक काम प्रभावित भएको बताए ।

आचार्य नफर्कंदा उनले अध्यापन गराउँदै आएको नेपाली, अग्रेजी र गणित विषय विद्यार्थीले पढाउन पाएका छैनन् ।

प्रधानाध्यापक मणिराज आचार्यले भने बिरामी भएकाले विद्यालयमा उपस्थित हुन नसकेको बताए । ‘विद्यार्थीहरुको भविष्यमाथि नै खेलबाड गर्ने मनसायले नभइ विरामी भएकाले विद्यालयमा उपस्थित हुन नसकेको हुँ’, प्रअ आचार्यले भने ।

प्रधानाध्यापक अनुपस्थित भएपछि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलगायतले कारबाहीको माग गर्दै मार्मा गाउँपालिका र जिल्ला शिक्षा कार्यालयलाई निवेदन दिने निर्णय गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साहित्यकार ताना शर्माले पाए लीलाध्वज सम्मान
शहीद घोषणाको प्रमाणपत्र लिएर गोविन्दको घर पुग्दा पनि राहतको पत्तो छैन
शहीद घोषणाको प्रमाणपत्र लिएर गोविन्दको घर पुग्दा पनि राहतको पत्तो छैन
अब नेपालमै मोबाइल सेट उत्पादन गरिने….
अब नेपालमै मोबाइल सेट उत्पादन गरिने….
कतारमा ११ नेपाली कोमामा, को को छन् सूचिसहित
कतारमा ११ नेपाली कोमामा, को को छन् सूचिसहित
आज पनि नेप्सेमा पहिरो, २ अर्बमा कारोबार सिमित
आज पनि नेप्सेमा पहिरो, २ अर्बमा कारोबार सिमित
सर्वोच्च अदालतले गर्याे रिट दर्ता गर्न अस्विकार
सर्वोच्च अदालतले गर्याे रिट दर्ता गर्न अस्विकार
‘केही व्यापारिक घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था किन ?’
‘केही व्यापारिक घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था किन ?’
नेपाल–भारत योगा प्रवद्र्धनको लागि काठमाडौंमा विशेष कार्यक्रम हुँदै
नेपाल–भारत योगा प्रवद्र्धनको लागि काठमाडौंमा विशेष कार्यक्रम हुँदै
दाङमा प्रमाणपत्र धितो राखेर ऋण !
दाङमा प्रमाणपत्र धितो राखेर ऋण !
मन्त्रिपरिषद बैठकः मुख्यसचिव र राजदुत नियुक्तिको सम्भावना, ऊर्जामन्त्रीले कुलमानको नियुक्तिको प्रस्ताव गर्ने
मन्त्रिपरिषद बैठकः मुख्यसचिव र राजदुत नियुक्तिको सम्भावना, ऊर्जामन्त्रीले कुलमानको नियुक्तिको प्रस्ताव गर्ने

तपाईंले छुटाउनुभयो कि?