द म्यान फ्रम काठमाण्डूमा गुल्सनसँग नेपालि कलाकार ।

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर ४, २०७४
|
|
५४ पटक हेरिएको
Shares
द म्यान फ्रम काठमाण्डूमा गुल्सनसँग नेपालि कलाकार ।

सारांश

  • एक्सन जनरामा बन्न लागेको चलचित्र द म्यान फ्रम काठमाण्डूको छायाङ्कन सुरु भएको छ ।
  • द म्यान फ्रम काठमाण्डू क्यूएफएक्स प्रमुख समेत रहेका नकिम उद्दिनले आफ्नो ब्यानर ट्री–सिटी ब्यानरबाट निर्माण गर्न लागेका हुन ।
  • चलचित्रलाई पेमा धोन्डुपले निर्देशन गर्दैछन् ।

एक्सन जनरामा बन्न लागेको चलचित्र द म्यान फ्रम काठमाण्डूको छायाङ्कन सुरु भएको छ ।

द म्यान फ्रम काठमाण्डू क्यूएफएक्स प्रमुख समेत रहेका नकिम उद्दिनले आफ्नो ब्यानर ट्री–सिटी ब्यानरबाट निर्माण गर्न लागेका हुन ।

चलचित्रलाई पेमा धोन्डुपले निर्देशन गर्दैछन् । धाेन्डुपले हलिउड र बलिउड चलचित्रकाे निर्देशन गरिसकेका छन ।

यस पटक  गुल्सनलाई लिएर पेमा नेपाल आइपुगेका छन् । बलिउड ब्याडम्यानले चिनिने गुल्सन यस चलचित्रमा भिलेन भूमिकामा देखिने भएका छन। चलचित्रमा उनी अबु मियाँ नामक खलनायकको भूमिकामा हुनेछन् ।

हलिउडमा स्टन्ट कोरियोग्राफरले समेत चिनिने जोसे म्यानुअएल यस चलचित्रका मुख्य अभिनेताको रूपमा छन् । लस एन्जल्समा बसोबास गर्ने  हिन्दु–मुस्लिम गैरआवसिय नेपालीको भूमिकामा देखिन लागेका जोसेको नाम चलचित्रमा फैसल मुस्तफा हुनेछ ।

त्यस्तै चलचित्रमा पाकिस्तानी अभिनेता हमिद शेख पनि मुख्य भूमिकामा देखिने भएका छन् । चलचित्रमा बलिउड र हलिउड कलाकारसँगै नेपाली कलाकारहरू निर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्मा मुख्य भूमिकामा देखिने भएका छन् । तीन करोड बजेट बताइएको सिनेमाको ९० प्रतिशत छायाङ्कन नेपाल र बाँकी हलिउड सहर लस एन्जल्समा हुने निर्माता उद्दिनले बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?