बाबुरामको प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १०, २०७४
|
|
६० पटक हेरिएको
Shares
बाबुरामको प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ

सारांश

  • १० मंसिर, गोरखा ।
  • गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित नयाँशक्ति पार्टीका कार्यकर्ता पक्राउ परेका छन् ।
  • पक्राउ परेका ५ जनालाई जौबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

१० मंसिर, गोरखा । गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित नयाँशक्ति पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका ५ जनालाई जौबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा प्रयोग गरिएको गाडी र नगद १ लाखसहित ती व्यक्तिहरुलाई जौबारी प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा गाडी चालक गोरखा-११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका-१० का डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ छन् । त्यसैगरी गोरखा नगरपालिका-६ का भरतकुमार श्रेष्ठ र गोरखा-८का खुशबहादुर थापासमेत पक्राउ परेका छन् ।

गाडीभित्र रहेको कालो रङको ब्यागमा नगद १ लाख रुपैयाँ भेटिएको आज राति १ बजे गोरखा जिल्ला क्षेत्र नम्बर-२ दुई अन्तर्गत शिरानचोक गाउँपालिका- ८ गोपालडाँडा स्थानीय युवाहरुले उक्त गाडी, नगद रकम र ५ जना युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको माओवादी केन्द्रका एक नेताले  बताए ।

अजिरकोटबाट भालुस्वरातर्फ आउँदै गरेको ग २ च १७२५ नम्बरको जीप गाडीमा उक्त नगद र प्रचार सामाग्री भेटिएको स्थानीय प्रत्यक्षदर्शीको भनाइ छ ।

‘एक लाख नगद र नयाँशक्तिका प्रचार सामाग्रीसहित राति शंकास्पद अवस्थामा उनीहरुलाई पक्राउ गरी कष्टडीमा राखिएको छ,’ गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले अनलाइनखबरसँग भने, ‘मौन समयमा उक्त गाडी र नगद कुन प्रयोजनका लागि लगिएको थियो भन्नेबारे अनुसन्धान हुन बाँकी छ, हामी सबै प्रहरीहरु चुनाबकी फिल्डमा खटिएका छौं, मतदान सकिएपछि उनीहरुमाथि अनुसन्धान अघि बढाइनेछ ।’

पैसा बाँडेको एकअर्कामाथि आरोप

बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीले मतदाताहरुलाई पैसा बाँडेको र आचारसंहिता उल्लंघन गरेको जौबारीका स्थानीय माओवादी कार्यकर्ताले आरोप लगाएका छन् ।

नयाँ शक्तिका नेताहरुले भने पैसा बाँड्नलाई बोकेको नभई सो रकम कार्यकर्ता परिचालनका क्रममा उनीहरुका साथमा रहेका बुथ खर्च भएको बताएका छन् । मौन समयअघि गाडीमा राखिएका प्रचार समाग्रीहरु नियन्त्रण लिएर आचारसंहिता उल्लंघनको प्रचार गरिएको नयाँ शक्तिको दाबी छ ।

प्रहरीले नियन्त्रणमा लिएको गाडी नयाँशक्ति पार्टीका समानुपातिक उम्मदेवारको रहेको सो पार्टीले जनाएको छ ।

तर, नयाँ शक्ति पार्टीले मतलादाहरुलाई रक्सी र मासु खुवाउनेदेखि पैसा बाँड्नेसम्मका काम गरिरहेको माओवादी केन्द्रका नेताहरुले दाबी गरेका छन् ।

माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले  भने- ‘बाबुरामजीका कार्यकर्ताबाट हाम्रा साथीहरुले पैसा बरामद गरिरहेका छन् । कतिपय ठाउँमा त एउटा झोलामा पैसा र अर्कोमा मासुसमेत बरामद भएको छ, उहाँहरु पैसा बाँडेर मतदातालाई प्रभावित बनाउन खोजिरहनुभएको छ ।’

उता श्रेष्ठका प्रत्यासी डा. बाबुरामले भने- ‘यो यथार्थ होइन, हामीले त्यसरी पैसा बाँड्ने कल्पना पनि गर्न सकिँदैन । बाबुरामको नेचर नै त्यस्तो होइन । बरु उहाँहरुले गाउँगाउँमा कति खर्च गरिरहनुभएको छ, हामीलाई थाहा छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”
मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”
कसरी सम्भव भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम टुंगो ?
कसरी सम्भव भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम टुंगो ?
स्रोह्र आतङ्ककारी मारिए
स्रोह्र आतङ्ककारी मारिए
प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले इजलास पाए
प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले इजलास पाए
बुधवारदेखि बेपत्ता सासु र बुहारी मृत फेला !
बुधवारदेखि बेपत्ता सासु र बुहारी मृत फेला !
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु, १०० भन्दा बढी संक्रमित
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु, १०० भन्दा बढी संक्रमित
प्रशासनिक सुधारमा सरकारको कडा कदम: पेन्सनभोगी करार कर्मचारी हटाइए, नयाँ ‘पूल’ प्रणाली लागू
प्रशासनिक सुधारमा सरकारको कडा कदम: पेन्सनभोगी करार कर्मचारी हटाइए, नयाँ ‘पूल’ प्रणाली लागू
भरतपुरमा  रेनुकाे अग्रता झन् बढ्याे
भरतपुरमा रेनुकाे अग्रता झन् बढ्याे
नेकपा निकट पत्रकारलाई पार्टी कार्यालय बोलाएर सम्झाइयो
नेकपा निकट पत्रकारलाई पार्टी कार्यालय बोलाएर सम्झाइयो
चल्ने भयो काठमाडौंमा मोनो रेल, यस्तो छ तयारी
चल्ने भयो काठमाडौंमा मोनो रेल, यस्तो छ तयारी

तपाईंले छुटाउनुभयो कि?