त्रिशूली दुर्घटना( अपडेट) मृत्यु हुनेको संख्या अाठ पुग्याे

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर १३, २०७४
|
|
५५ पटक हेरिएको
Shares
त्रिशूली दुर्घटना( अपडेट)  मृत्यु हुनेको संख्या अाठ पुग्याे

सारांश

  • चितवन, १३ मंसिर  त्रिशूली दुर्घटनामा मृत्यु हुनेको अाठ पुगेको छ भने घाइतेको संख्या २५ पुगेको छ ।
  • दुर्घटनास्थलमै पानीमुनि बस फेला परेको छ ।
  • दुर्घटनास्थलमा रहनुभएका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यकाअनुसार मृतकको सनाखत हुनसकेको छैन ।

चितवन, १३ मंसिर  त्रिशूली दुर्घटनामा मृत्यु हुनेको अाठ पुगेको छ भने घाइतेको संख्या २५ पुगेको छ ।

दुर्घटनास्थलमै पानीमुनि बस फेला परेको छ । दुर्घटनास्थलमा रहनुभएका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यकाअनुसार मृतकको सनाखत हुनसकेको छैन ।

मृतक ८ मध्ये २ जनाको मात्रै सनाखत भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा देवदह-१०, गोदाहका दीपक पाण्डे र पवन महत छन् ।

घाइतेमध्ये दुई जनालाई हेलिकप्टरबाट र सात जनालाई एम्बुलेन्समा काठमाडौँं पठाइएको छ । बाँकी १६ जनालाई भरतपुरतर्फ ल्याइएको छ । पुरानो मेडिकल कलेजमा नौ जनाको उपचार भइरहेको छ भने बाँकी घाइतेलाई भरतपुरतर्फ ल्याइदै छ ।

काठमाडौंँबाट अर्घाखाँची जान आउँदै गरेको बस इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा आज बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार लु २ ख २९१ नम्बरको उक्त बस त्रिशूलीमा खसेको हो । काठमाडाैतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नम्बरको ट्रकमा ठोक्किँएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । ट्रकका चालक र सहचालक पनि सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।

ट्रकको अघिल्लो भाग कुच्चिएको छ । सडक सामान्य घुमाउरो भएको उहाँले जानकारी दिनुभयो । बस घटनास्थलमै नदीको करिब २५ मिटर गहिराइमा फेला परेको गोताखोरलाई उद्धृत गर्दै शर्माले बताउनुभयो ।

बस नदीबाट झिक्नका लागि प्रयास थालिएको छ । दुर्घटनास्थल मुग्लिनबाट १३ किलोमिटर काठमाडाैतर्फ पर्दछ । घटना बिहान ९ः१५ बजे भएको हो । सो बस काठमाडौँबाट बिहान ५ः४० बजे हिँडेको प्रहरीले जनाएको छ ।

बसले काठमाडौँंको काउन्टरबाट २८ जना यात्रुको चलानी लिएको देखिन्छ भने दुईजना बीचबाटोबाट चढाएको घाइतेहरुले बताएका छन् । चालक र सहचालक गरी बसमा ३२ जना रहेको देखिन्छ । शर्माले बाटोमा यात्रु थपेको नथपेको एकिन हुन नसकेको भन्दै नदीमा बेपत्ता हुनसक्ने आशंकामा खोजी कार्य जारी राखिएको बतानुभयो ।

उहाँले भन्नुभयो, “एक दुई जना बेपत्ता भएको हुनसक्ने अनुमानमा खोजी कार्यलाई जारी राखेका छौं ।” नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले घटना भए लगत्तैबाट उद्धार कार्यलाई जारी राखेका छन् ।

 दुई घाइते अलपत्र

उद्धारमा पुगेका एम्बुलेन्सले ठाउँ नभएको भन्दै छाडिएपछि दुर्घटनाका दुई घाइते अलपत्र परेका हुन् । घाइते अर्घाखाँची अजुरी-४ की ४९ वर्षीया सरिता न्यौपाने र उनका छोरा केशरमणि न्यौपाने कुरिनघाटको मनोकामना पोलिक्लिनिकमा अलपत्र अवस्थामा छन् ।

अर्का अलपत्र घाइते ध्रुव दोमासेको परिवारले आफ्नै खर्चमा हेलिकप्टर मगाएर बिरामी काठमाडौंको ग्रान्डी अस्पताल पुर्‍याएको छ । उक्त हेलिकप्टरमा घाइते निशा थापा पनि पठाइएको पारिवारिक स्रोतले जनाएको छ । उद्धार गर्नुअघि उनीहरु पनि कुरिनघाटको मनकामना पोलिक्लिनिकमा थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?