अझै चुहिएरै सकिन्छ साढे ११ अर्बको बिजुली

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन १७, २०७३
|
|
२४६ पटक हेरिएको
Shares
अझै चुहिएरै सकिन्छ साढे ११ अर्बको बिजुली

सारांश

  • उर्जामन्त्री जनार्दन शर्माले बिजुली चुहावट तीन प्रतिशतले घटेको दावी गरेका छन् ।
  • करिव २६ प्रतिशत चुहावट हुँदै आएको बिजुली तीन प्रतिशत बिन्दुले घटाएर २३ प्रतिशतमा झारेको उनले बताएका छन् ।
  • आजको नागरिकमा खबर छ ।

उर्जामन्त्री जनार्दन शर्माले बिजुली चुहावट तीन प्रतिशतले घटेको दावी गरेका छन् । करिव २६ प्रतिशत चुहावट हुँदै आएको बिजुली तीन प्रतिशत बिन्दुले घटाएर २३ प्रतिशतमा झारेको उनले बताएका छन् । आजको नागरिकमा खबर छ ।

एक प्रतिशत बिजुली चोरी हुँदा नेपाल विद्युत प्राधिकरणलाई करिब ५० करोड नोक्सान हुन्छ । तीन प्रतिशत बिजुली चुहावट जोगाउन सकिएको खण्डमा एक अर्ब पचास कारोड रुपैयाँ नोक्सान हुनबाट जोगाउन सकिन्छ ।

यस अघि २६ प्रतिशत चुहावट हुँदा प्राधिकरणले विद्युत चुहावटकै कारण बर्सेनि १३ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको थियो । अहिले तीन प्रतिशतले घटेपनि प्राधिकरणले अझै ११ अर्ब ५० करोड रुपैयाँ बिजुली चुहावटकै कारण नोक्सान बेहोर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?