माओवादी भन्छ- सरकार छाड्ने कुरा गौण भइसक्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
४१ पटक हेरिएको
Shares

सारांश

७ कात्तिक, काठमाडौं । माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने भएको छ । यसअघि माओवादी नेताहरुले तिहारलगत्तै मनोनयन दर्ता गरेपछि सरकार छाड्ने अभिव्यक्ति दिएका थिए ।

तर, मनोनयन दर्ता भएको दुई दिन बितिसक्दा पनि माओवादी मन्त्रीहरु विनाविभागीय हैसियतमा सरकारमा कायमै छन् ।

सरकार कहिले छाड्ने भन्ने अनलाइनखबरको प्रश्नमा माओवादी प्रवक्ता पम्फा भुसालले चुनावमा केन्दि्रत भएकाले सरकार छाड्ने कुरा गौण भएको बताइन् । ‘अहिलेको प्रमुख काम निर्वाचन हो । सरकार छाड्ने कुरा सहायक भइसक्यो,’ उनले भनिन् ।

सत्ता साझेदार दल माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा राप्रपालाई समावेश गरी माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट मुक्त गरेका थिए ।

त्यसलाई माओवादीले चुनाव सार्ने षडयन्त्रको संज्ञा दिएको थियो । चुनावी तयारी गरिरहेका बेला प्रदेश र प्रतिनिधिसभा निर्वाचन सार्ने षडयन्त्र भइरहेको सूचना पाएको बताउँदै माओवादीले चुनाव सुनिश्चित नभएसम्म सरकारमै रहने घोषणा गरेको थियो ।

१० मंसिरमा निर्धारित चुनावको मनोनयन दर्ता भइसकेकाले अब चुनाव सर्ने आशंका हटिसकेको छ । तर, माओवादी सरकारबाट बाहिरिन अनिच्छुक देखिएको छ ।

देउवा-प्रचण्ड भेटले बदलियो परिस्थिति

मनोनयन दर्ताको अघिल्लो दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो । उक्त भेटमा भएको छलफलको विषयबस्तु सार्वजनिक भइसकेको त छैन तर माओवादी नेता हरिबोल गजुरेलले देउवासँगको छलफलमा सकारात्मक भएकाले अब परिस्थिति बदलिनसक्ने बताए ।

उनले भने, ‘शेरबहादुरजीसँग सकारात्मक छलफल भइरहेको छ । परिस्थिति पहिलेभन्दा सहज बनेको छ ।’

गजुरेलले ‘सकारात्मक छलफल’को अन्तर्य खुलाउन चाहेनन् । उनले अझै पनि चुनाव सार्ने चलखेल भइरहेको आशंका व्यक्त गरे । उक्त शंका दूर भए सरकारबाट फिर्ता हुने पनि बताए ।

गजुरेलले भने, ‘अहिले चुनावको वातावरण बन्दै गइरहेको देखिएको छ तर पनि विभिन्न ढंगले बिथोल्ने कोशिसहरु भइरहेकै छन् । ती शंका दूर भए फिर्ता हुन्छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीयले पिपल फाल्न नदिएपछि…
स्थानीयले पिपल फाल्न नदिएपछि…
काठमाडौँमा युवतीमाथि एसिड प्रहार
काठमाडौँमा युवतीमाथि एसिड प्रहार
जनचाहनानुसार काम गर्दा स्थानीय तहमा विकास हुने
कुनै नेत्रीले पुरुष नेतालाई ‘तालुखुइले’ भन्न सक्छिन्?
कुनै नेत्रीले पुरुष नेतालाई ‘तालुखुइले’ भन्न सक्छिन्?
सिमा विवाद समस्या:सांसद अम्बिका थापा
सिमा विवाद समस्या:सांसद अम्बिका थापा
सन्दीपको अर्को छलाङ, क्यानडा लिग खेल्ने
सन्दीपको अर्को छलाङ, क्यानडा लिग खेल्ने
तरकारी खेतीबाटै करोडौँको मालिक
तरकारी खेतीबाटै करोडौँको मालिक
ठमेलको रात्रिकालीन आचारसंहिता पालना नहुँदा स्थानीयलाई सास्ती
ठमेलको रात्रिकालीन आचारसंहिता पालना नहुँदा स्थानीयलाई सास्ती
कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा
विशेष अदालतमा आरोपपत्र दायर
विशेष अदालतमा आरोपपत्र दायर

तपाईंले छुटाउनुभयो कि?