सीमा नाकामा भारतीय ज्यादतीविरुद्ध प्रदर्शन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन २७, २०७३
|
|
३०२ पटक हेरिएको
Shares
सीमा नाकामा भारतीय ज्यादतीविरुद्ध प्रदर्शन

सारांश

  •   २७ फागुन, कैलाली ।
  • भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर नेपालीको मृत्यु भएको विरोधमा कैलाली र कञ्चनपुरमा व्यापक बिरोध प्रदर्शन भइरहेको छ ।
  • कैलाली सदरमुकाम धनगढीबाट राष्ट्रिय झण्डासहित सीमा नाका त्रिनगर पुगेका स्थानीयबासीले भारतीय ज्यादतीबिरुद्ध प्रदर्शन गरिरहेका छन् ।

 

२७ फागुन, कैलाली ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर नेपालीको मृत्यु भएको विरोधमा कैलाली र कञ्चनपुरमा व्यापक बिरोध प्रदर्शन भइरहेको छ ।


कैलाली सदरमुकाम धनगढीबाट राष्ट्रिय झण्डासहित सीमा नाका त्रिनगर पुगेका स्थानीयबासीले भारतीय ज्यादतीबिरुद्ध प्रदर्शन गरिरहेका छन् । नाका क्षेत्रमा प्रहरीले लगाएको काँडेतार छिचोल्दै गौरिफान्टा नाका प्रबेश गर्न लागेका आक्रोशित नेपालीहरुलाई प्रहरीले नाकाको ढाट नजिकै रोकेको छ ।

उनीहरुले भारतको ज्यादतीबिरुद्ध कारबाही नगरेको भन्दै नेपाली सुरक्षाकर्मीको पनि बिरोध गरेका छन् ।

कञ्चनपुरको आनन्दबजारमा पनि बिहानैदेखि नेपालीहरुले प्रदर्शन गरिरहेका छन् । उनीहरुले हिजो साँझ एक भारतीय ट्याक्टरमा आगजनीसमेत गरेका थिए । सम्भावित दुर्घटना रोक्न सीमाक्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सीमा विवाद उत्कर्षमा पुगेपछि अहिले कैलाली र कञ्चनपुरका सबै सीमानाका बन्द गरिएको छ । कैलाली र कञ्चनपुरमा ३/३ वटा सीमानाका छन् ।

कञ्चनपुरको आनन्दबजारमा भारतीय हस्तक्षेपको विरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एक नेपाली गोविन्द गाैतमको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाललाई ठूलाे सफलता, अाक्रामक देखिएका हसन सागरकाे शिकार !
नेपाललाई ठूलाे सफलता, अाक्रामक देखिएका हसन सागरकाे शिकार !
पहिले लहलहैमा विहे अहिले पछुतो
पहिले लहलहैमा विहे अहिले पछुतो
अन्तरप्रदेश चल्ने सवारीसाधनले सङ्घबाटै अनुमति लिन अनिवार्य गरिँदै
अन्तरप्रदेश चल्ने सवारीसाधनले सङ्घबाटै अनुमति लिन अनिवार्य गरिँदै
बाबुराम भट्टराईले भने’ जनयुद्ध गर्छाै’
बाबुराम भट्टराईले भने’ जनयुद्ध गर्छाै’
बाबुराम मौकापरस्त, काँग्रेसको उम्मेदवार पनि मै हुँ : नारायणकाजी
बाबुराम मौकापरस्त, काँग्रेसको उम्मेदवार पनि मै हुँ : नारायणकाजी
कर्णाली स्वास्थ्य प्रतिष्ठान घटना छानबिन गर्न कार्यदल
कर्णाली स्वास्थ्य प्रतिष्ठान घटना छानबिन गर्न कार्यदल
प्रधानमन्त्री ओलीलाई गुरुङको कटाक्ष, “यो राष्ट्रवाद हो कि लम्पसारवाद प्रमज्यू ?”
प्रधानमन्त्री ओलीलाई गुरुङको कटाक्ष, “यो राष्ट्रवाद हो कि लम्पसारवाद प्रमज्यू ?”
दुई महिनापछि काठमाडौं महानगरका कार्यकारी अधिकृत फेरिए
दुई महिनापछि काठमाडौं महानगरका कार्यकारी अधिकृत फेरिए
भरतपुरमा पुनः मतदानबिरुद्ध काठमाडौंमा एमालेको प्रदर्शन
भरतपुरमा पुनः मतदानबिरुद्ध काठमाडौंमा एमालेको प्रदर्शन
पूर्णखोप सुनिश्चितताका लागि वैशाख ११ देखि खोप सप्ताह मनाइने
पूर्णखोप सुनिश्चितताका लागि वैशाख ११ देखि खोप सप्ताह मनाइने

तपाईंले छुटाउनुभयो कि?