अब राजनीतिक संघर्षको युग सकियो : ओली

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष ४, २०७४
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • भक्तपुर, ३ पुस , नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब राजनीतिक संघर्षको युग सकिएको बताउनुभएको छ ।
  • आज बालकोटस्थित उहाँकै निवासमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अब सामाजिक विसंगती विरुद्धका अभियान द्रुतगतिमा अघि बढ्ने छ भन्नुभयो ।
  • उहाँले दलित समुदायले आरक्षणमा मात्र भर नपरेर प्रतिष्पर्धाका लागि आफूलाई तयार पार्नुपर्ने बताउँदै निश्चित समयका लागि मात्रै राज्यका विभिन्न निकायमा आरक्षणको व्यवस्था गरिने हुँदा खुला प्रतिस्पर्धामा जान तयार हुन लाग्नु पर्नेमा जोड दिनुभयो ।

भक्तपुर, ३ पुस , नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब राजनीतिक संघर्षको युग सकिएको बताउनुभएको छ ।

आज बालकोटस्थित उहाँकै निवासमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अब सामाजिक विसंगती विरुद्धका अभियान द्रुतगतिमा अघि बढ्ने छ भन्नुभयो ।

उहाँले दलित समुदायले आरक्षणमा मात्र भर नपरेर प्रतिष्पर्धाका लागि आफूलाई तयार पार्नुपर्ने बताउँदै निश्चित समयका लागि मात्रै राज्यका विभिन्न निकायमा आरक्षणको व्यवस्था गरिने हुँदा खुला प्रतिस्पर्धामा जान तयार हुन लाग्नु पर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले अब नेपालमा छुवाछूत प्रथा लामो समय कायम नरहने प्रष्ट्याउँदै विगतका राजनीतिक आन्दोलनले यो विषयलाई अलिपछि पारेपनि अब पछि नपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “छुवाछूत नेपाली समाजमा सोच्नै नसकिने कलंक हो, यसको अवशेष पनि रहदैन, यसलाई हटाइन्छ, अब सामाजिक विसंगति विरुद्धका अभियान सुरु हुन्छन् ।”

नेपाली संस्कृतिले छुवाछूतको कल्पना नगरेको भए पनि संस्कृतिलाई विकृत बनाएर छुवाछूत घुसाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले अबको युग कोहीबाट अपमानित, अपहेलित वा तिरस्कृत हुने समय नभई अब सबैले आत्मसम्मानका साथ बाँच्न पाउने युगको सुरुवात भएको बताउनुभयो ।

उहाँले छुवाछूत अन्त्यका लागि एमालेले विगत देखिनै महत्वपूर्ण भूमिका खेल्दै आएको चर्चा गर्दै दलित समुदायलाई राज्यका उपल्लो तहमा स्थान दिएको स्मरण गर्नुभयो ।

एमालेले सामाजिक सचेतना फैलाउन र जातीय छुवाछूत हटाउनकै लागि मुक्ति समाजलाई वर्गीय संगठनको रुपमा अघि बढाएको पनि अध्यक्ष ओलीले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि सरकारी वकीलको सम्मेलन राष्ट्रपति भण्डारीले उद्घाटन गर्दै
आजदेखि सरकारी वकीलको सम्मेलन राष्ट्रपति भण्डारीले उद्घाटन गर्दै
केशव स्थापितले गगन थापा लाई दिए  यस्तो   चुनौती
केशव स्थापितले गगन थापा लाई दिए यस्तो चुनौती
एनआरएनए आईसीसीको सह–कोषाध्यक्षमा ददीवल खड्काको बलियो सम्भावना
एनआरएनए आईसीसीको सह–कोषाध्यक्षमा ददीवल खड्काको बलियो सम्भावना
ट्रक खोलामा खस्दा १ को घट्नास्थल मै मृतु १ गम्भीर घाईते।।
ट्रक खोलामा खस्दा १ को घट्नास्थल मै मृतु १ गम्भीर घाईते।।
प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग्दै केसीले गरे तनहुँमा निवेदन दर्ता
प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग्दै केसीले गरे तनहुँमा निवेदन दर्ता
राजपा,फोरम र संघीय समाजवादीसँग गठबन्धन बनाउने प्रचण्डको चाहना
राजपा,फोरम र संघीय समाजवादीसँग गठबन्धन बनाउने प्रचण्डको चाहना
मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने
मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने
बाह्र कम्पनीको पाँच अर्ब ७१ करोडको हकप्रद शेयर आउँदै
बाह्र कम्पनीको पाँच अर्ब ७१ करोडको हकप्रद शेयर आउँदै
अबदेखि वर्कसपमा यस्तो नयाँ मेसिन राख्नुपर्ने
अबदेखि वर्कसपमा यस्तो नयाँ मेसिन राख्नुपर्ने
डेढ महिनाभित्र हस्तान्तरण हुँदै ‘दरबार हाई स्कुल’
डेढ महिनाभित्र हस्तान्तरण हुँदै ‘दरबार हाई स्कुल’

तपाईंले छुटाउनुभयो कि?